विशेष महाधिवेशन : प्रतिनिधिको नाम दर्ता गराउनेमा गण्डकीका २५५, सुदूरपश्चिमका १०२ जना मात्रै « Khabarhub

विशेष महाधिवेशन : प्रतिनिधिको नाम दर्ता गराउनेमा गण्डकीका २५५, सुदूरपश्चिमका १०२ जना मात्रै


२७ पुस २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशन अहिले राजधानीको भृकुटीमण्डपमा चलिरहेको छ । महाधिवेशनमा एकातिर नेताहरुले सम्बोधन गर्ने क्रम चलिरहेको छ भने अर्कोतिर महाधिवेशन प्रतिनिधिहरुले आफ्नो नाम दर्ता पनि गराइरहेका छन् ।

महाधिवेशन आयोजक पक्षले ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिहरुले विशेष महाधिवेशनका लागि हस्ताक्षर गरेको दाबी गरेको छ । कांग्रेसको विधान अनुसार ४० प्रतिशत प्रतिनिधिहरुले हस्ताक्षर गरेमात्र पनि विशेष महाधिवेशन डाक्नुपर्ने व्यवस्था छ ।

हालसम्म गण्डकी प्रदेशका २ सय ५५ जना महाधिवेशन प्रतिनिधिहरुले आफ्नो नाम दर्ता गराएका छन् । त्यसैगरी, लुम्बिनी प्रदेशका २ सय ५० जना महाधिवेशन प्रतिनिधिहरुले पनि आफ्नो नाम दर्ता गराएका छन् ।

यद्यपि सभापति शेरबहादुर देउवाको गृहप्रदेशबाट महाधिवेशन प्रतिनिधिको उपस्थिति भने न्यून देखिएको छ । सुदूरपश्चिम प्रदेशबाट हालसम्म केबल १ सय २ जना प्रतिनिधिहरुले मात्रै आफ्नो नाम दर्ता गराएका छन् । त्यस्तै, कर्णाली प्रदेशका १ सय ११ जना प्रतिनिधिहरुले नाम दर्ता गराएका छन् ।

प्रकाशित मिति : २७ पुस २०८२, आइतबार  ४ : २६ बजे

कांग्रेसको क्षेत्रीय अधिवेशनको मिति परिवर्तन

बागमती – भारी वर्षाको सम्भावनालाई दृष्टिगत गरी नेपाली कांग्रेसको १५

प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित

गण्डकी – निरन्तरको वर्षाका कारण पोखरा अन्तरराष्ट्रिय विमानस्थबाट हुने आन्तरिक

सल्यानका ८८ जनामा स्क्रबटाइफस सङ्क्रमण

कर्णाली – सल्यान जिल्लाका तीन स्थानीय तहका ८८ जनामा स्क्रबटाइफसको

सिक्किमको रिम्बी गाउँमा भारी वर्षापछि विशाल पहिरो

सिक्किम – पश्चिम सिक्किमको युक्सोम–ताशिदिङ निर्वाचन क्षेत्रअन्तर्गत रिम्बी गाउँमा लगातार

प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग

काठमाडौं – झारखण्ड गोरखा समाजले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा