काठमाडौं– नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशन अहिले राजधानीको भृकुटीमण्डपमा चलिरहेको छ । महाधिवेशनमा एकातिर नेताहरुले सम्बोधन गर्ने क्रम चलिरहेको छ भने अर्कोतिर महाधिवेशन प्रतिनिधिहरुले आफ्नो नाम दर्ता पनि गराइरहेका छन् ।
महाधिवेशन आयोजक पक्षले ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिहरुले विशेष महाधिवेशनका लागि हस्ताक्षर गरेको दाबी गरेको छ । कांग्रेसको विधान अनुसार ४० प्रतिशत प्रतिनिधिहरुले हस्ताक्षर गरेमात्र पनि विशेष महाधिवेशन डाक्नुपर्ने व्यवस्था छ ।
हालसम्म गण्डकी प्रदेशका २ सय ५५ जना महाधिवेशन प्रतिनिधिहरुले आफ्नो नाम दर्ता गराएका छन् । त्यसैगरी, लुम्बिनी प्रदेशका २ सय ५० जना महाधिवेशन प्रतिनिधिहरुले पनि आफ्नो नाम दर्ता गराएका छन् ।
यद्यपि सभापति शेरबहादुर देउवाको गृहप्रदेशबाट महाधिवेशन प्रतिनिधिको उपस्थिति भने न्यून देखिएको छ । सुदूरपश्चिम प्रदेशबाट हालसम्म केबल १ सय २ जना प्रतिनिधिहरुले मात्रै आफ्नो नाम दर्ता गराएका छन् । त्यस्तै, कर्णाली प्रदेशका १ सय ११ जना प्रतिनिधिहरुले नाम दर्ता गराएका छन् ।













प्रतिक्रिया