जनकपुरधाम उपमहानगरपालिकाको दुई अर्ब ४६ करोड ८९ लाख रुपैयाँको संशोधित बजेट
जनकपुरधाम उपमहानगरपालिकाले चालु आर्थिक वर्ष २०८२/८३ का लागि दुई अर्ब ४६ करोड ८९ लाख १६ हजार ८९४ रुपैयाँ वार्षिक संशोधित बजेट विनियोजन गरेको छ ।
आज यहाँ आयोजित चौधौँ नगरसभा (हिउँदे) बैठकले वार्षिक संशोधित बजेट विनियोजन गरेको हो ।

उपप्रमुख किशोरी साहले बजेट प्रतिवेदन प्रस्तुत गर्दै सङ्घीय सरकार तथा प्रदेश सरकार तर्फको समानीकरण, सशर्त, समपूरक, विशेष, राजस्व बाँडफाँट, आन्तरिक राजस्व तथा गत आर्थिक वर्षको समेत गरी उक्त बजेट पेस गरिएको बताइन् ।
उपमहानगरपालिकाले चालु आवको हालसम्म ९९ करोड ४१ लाख २५ हजार ४५७ रुपैयाँ आम्दानी गरेको छभने ४१ करोड सात हजार ८०८ कुल खर्च गरेको प्रस्तुत प्रतिवेदनमा उल्लेख छ । यसअघि चालु आवका लागि १३औँ नगरसभाबाट स्वीकृत भएका अनुमानित आय तथा व्ययका विवरण कार्यान्वयनमा रहेका छन्
सुनको मूल्य बढ्यो , कतिमा भइरहेको छ कारोबार ?
एनसेलले ल्यायो जेन–जी लक्षित ‘युवा सिम’
मापदण्ड विपरीतका संरचना नहट्दा सडक विस्तारमा समस्या
म्याग्दीको घतानमा सडक कालोपत्र
माघ १ गतेदेखि नगद कारोबारको सीमा पाँच लाख मात्र
आगामी माघ १ गतेदेखि नगद कारोबारको सीमा पाँच लाख रुपैयाँ बराबरको हुने भएको छ ।
नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई जारी गरेको एकीकृत निर्देशनमा सो व्यवस्था गरिएको छ ।

पाँच लाखभन्दा बढीको रकम भुक्तानी गर्दा अनिवार्य रुपमा एकाउन्टपेयी चेक वा सम्बन्धित व्यक्तिको खातामा मात्र भुक्तानी गर्नुपर्नेछ । कुनै फर्म, कम्पनी, संस्था वा कार्यालयको नाममा खिचिएका चेकको भुक्तानी समेत एकाउन्टपेयी हुनुपर्ने व्यवस्था गरिएको छ ।
सुदूरपश्चिममा दूधको उपलब्धता बढ्दै
फोक्सिङटारको अस्थायी बेलिब्रिज सञ्चालनमा













प्रतिक्रिया