बाँकेमा ३३ जना उम्मेदवारले खोले बैंक खाता « Khabarhub

बाँकेमा ३३ जना उम्मेदवारले खोले बैंक खाता


११ फाल्गुन २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

नेपालगन्ज– निर्वाचन खर्च प्रयोजनका लागि बाँकेमा ३३ जना उम्मेदवारले मात्रै बैंक खाता खोलेका छन् । प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ का लागि बाँकेमा उम्मेदवार भएका ५६ जनामध्ये अहिलेसम्म १५ जनाले निर्वाचन खर्च प्रयोजनका लागि बैंक खाता नखोलेको निर्वाचन आचारसंहिता अनुगमन समितिले जनाएको छ । 

निर्वाचन क्षेत्र नम्बर १ मा ९, क्षेत्र नम्बर २ मा १४ र क्षेत्र नम्बर ३ मा १० गरी ३३ जना उम्मेदवारले बैङ्क खाता खोलेको निर्वाचन आचारसंहिता अनुगमन समितिका अधिकृत सर्वोदय उपाध्यायले जानकारी दिए । उनका अनुसार अहिलेसम्म आठ जनाले खाता खोल्ने सिफारिस लगेका छन् छभने १५ जनाले अझै केही गरेका छैनन् । 

कोष तथा लेखा नियन्त्रक कार्यालयका प्रमुख कोष नियन्त्रक एवं निर्वाचन आचारसंहिता अनुगमन अधिकृत उपाध्यायले निर्वाचन खर्च प्रयोजनका लागि  फागुन ४ गतेभित्रै सबै उम्मेदवारले खाता खोलिसक्नुपर्नेमा हालसम्म पनि १५ जनाले खाता नखोलेकाले उनीहरूलाई पटक–पटक फोनमार्फत ताकेता गरिएको जानकारी दिए।  

निर्वाचन आचारसंहिताअनुसार उम्मेदवारले व्यक्तिगत खाताबाट खर्च नगरी निर्वाचन प्रयोजनका लागि छुट्टै बैङ्क खाता प्रयोग गर्नुपर्ने कानुनी व्यवस्था छ । सो व्यवस्था कार्यान्वयनको विषयमा निरन्तर अनुगमन भइरहेको बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी एवं अनुगमन अधिकृत पूर्ण बहादुर खत्रीले जानकारी दिए । उनका अनुसार उम्मेदवारको नाम, दल, क्षेत्र र बैङ्कको विवरणसहितको प्रतिवेदन निर्वाचन आयोगमा पठाइने छ । 

तीन निर्वाचन क्षेत्र रहेको बाँकेमा ५६ जना उम्मेदवार चुनावी मैदानमा छन्। निर्वाचन आयोगले क्षेत्र नम्बर १ का लागि ३१ लाख  र क्षेत्र नम्बर २ तथा ३ का लागि २९ लाखसम्मको खर्चको सीमा तोकेको छ । यसबीच, आज निर्वाचन क्षेत्र नं १ को कोहलपुरमा निर्वाचन आचारसंहिता पालना सम्बन्धमा उम्मेदवारहरूसँग छलफल गरिएको छ । 

आचारसंहिता अनुगमन समितिका अधिकृत पूर्णबहादुर खत्रीले निर्वाचन क्षेत्र नं १ मा खासगरी टिसर्ट र टोपीको प्रयोग बढी भएको उजुरी भएकाले त्यसलाई हटाउन उम्मेदवारहरू सहमत भएको जानकारी दिए ।

 “जिल्लाको अन्य निर्वाचन क्षेत्रमध्ये समग्रमा राम्रो छ, केही समस्या देखिएका छन् त्यसलाई समाधान गरिने छ,” उनले भने।

प्रकाशित मिति : ११ फाल्गुन २०८२, सोमबार  ३ : २४ बजे

भारतबाट ५० हजार टन मल ल्याउने प्रक्रिया अन्तिम चरणमा

काठमाडौं – भारतले नेपाललाई रासायनिक मल आपूर्ति गर्ने प्रक्रिया अघि

काठमाडौंको कपन क्षेत्रमा भारी वर्षा

काठमाडौं – पछिल्ला केही दिनदेखि मौसममा आएको बदलीसँगै आज काठमाडौँसहित

आईटी छात्रवृत्तिमा नुवाकोटकी सोफिया च्याम्पियन, सर्लाहीकी प्राथना फस्ट रनरअप

काठमाडौं – अष्ट्रेलियास्थित टेकस्किल्स इन्स्टिच्युट र नेपालट्युब अष्ट्रेलियाको सहकार्यमा सञ्चालित

अमेरिका पठाउने बहानामा ३८ लाख ठगी गर्ने महिला पक्राउ

काठमाडौं – अमेरिका पठाउने बहानामा रु ३८ लाख ५० हजार

सुर्खेतमा जसपा नेपालको प्रदेशस्तरीय भेला, संगठन सुदृढीकरणमा जोड

सुर्खेत – जनता समाजवादी पार्टी (जसपा) नेपालको कर्णाली प्रदेशस्तरीय अगुवा