स्वास्थ्य सुधारका लागि बालेनका वाचा : शुद्ध पानीदेखि घर–घर स्वास्थ्य सेवा कार्यक्रम « Khabarhub

स्वास्थ्य सुधारका लागि बालेनका वाचा : शुद्ध पानीदेखि घर–घर स्वास्थ्य सेवा कार्यक्रम


११ फाल्गुन २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता तथा झापा–५ का उम्मेद्वार बालेन्द्र शाह (बालेन) ले आफ्नो बाचा पत्रमा स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राख्दै विभिन्न सुधारात्मक कार्यक्रम अघि सारेका छन् ।

उनले गरिब तथा विपन्न परिवारले स्वास्थ्य उपचार पाउने अधिकारलाई व्यवहारमै सुनिश्चित गर्ने प्रतिबद्धता जनाएका छन् । अस्पतालमा उपचारका लागि आउने विपन्न, असहाय तथा बेवारिसे बिरामीका लागि कुल शैय्यामध्ये १० प्रतिशत शैया छुट्याई निःशुल्क उपचार अनिवार्य रूपमा उपलब्ध गराउने कानुनी व्यवस्था कडाइका साथ कार्यान्वयन गर्ने उल्लेख गरिएको छ।

बाचा पत्रअनुसार दमक अस्पताललाई पहिलो चरणमा ३०० शैय्याको अस्पतालका रूपमा स्तरोन्नति गरिनेछ । ग्रामीण तथा सीमावर्ती क्षेत्रमा सुविधासम्पन्न स्वास्थ्य केन्द्र विस्तार गरी दुर्गम क्षेत्रका नागरिकलाई सहज पहुँच सुनिश्चित गर्ने योजना पनि समेटिएको छ ।

‘प्रत्येक घरमा शुद्ध पानी, परिवारमा स्वस्थ कहानी’ कार्यक्रममार्फत स्वच्छ खानेपानीको सुनिश्चितता गर्ने तथा फरक क्षमता भएका र ज्येष्ठ नागरिक लक्षित ‘घर–घर स्वास्थ्य सेवा कार्यक्रम’ सञ्चालन गरिने जनाइएको छ ।

यस्तै, २४ सै घण्टा निःशुल्क एम्बुलेन्स सेवा सुनिश्चित गर्न नीतिगत सुधार गरिने र अपाङ्गता पुनर्स्थापना केन्द्रको निर्माण सम्पन्न गरी सञ्चालनमा ल्याइने प्रतिबद्धता पनि बाचा पत्रमा उल्लेख छ ।

स्वास्थ्य सेवा सर्वसुलभ, गुणस्तरीय र पहुँचयोग्य बनाउने लक्ष्यसहित प्रस्तुत यी कार्यक्रमलाई कार्यान्वयनमा लैजाने उम्मेद्वार बालेनको दाबी छ ।

प्रकाशित मिति : ११ फाल्गुन २०८२, सोमबार  ३ : ४३ बजे

भारतबाट ५० हजार टन मल ल्याउने प्रक्रिया अन्तिम चरणमा

काठमाडौं – भारतले नेपाललाई रासायनिक मल आपूर्ति गर्ने प्रक्रिया अघि

काठमाडौंको कपन क्षेत्रमा भारी वर्षा

काठमाडौं – पछिल्ला केही दिनदेखि मौसममा आएको बदलीसँगै आज काठमाडौँसहित

आईटी छात्रवृत्तिमा नुवाकोटकी सोफिया च्याम्पियन, सर्लाहीकी प्राथना फस्ट रनरअप

काठमाडौं – अष्ट्रेलियास्थित टेकस्किल्स इन्स्टिच्युट र नेपालट्युब अष्ट्रेलियाको सहकार्यमा सञ्चालित

अमेरिका पठाउने बहानामा ३८ लाख ठगी गर्ने महिला पक्राउ

काठमाडौं – अमेरिका पठाउने बहानामा रु ३८ लाख ५० हजार

सुर्खेतमा जसपा नेपालको प्रदेशस्तरीय भेला, संगठन सुदृढीकरणमा जोड

सुर्खेत – जनता समाजवादी पार्टी (जसपा) नेपालको कर्णाली प्रदेशस्तरीय अगुवा