लखन थापा मगरको स्मृतिमा फागुन २ गते खुल्ला दौड प्रतियोगिता हुने « Khabarhub

लखन थापा मगरको स्मृतिमा फागुन २ गते खुल्ला दौड प्रतियोगिता हुने


२८ माघ २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपालका प्रथम शहीद लखन थापा मगरको ऐतिहासिक योगदान र बलिदानको स्मरणमा आगामी फागुन २ गते काठमाडौंमा खुल्ला दौड प्रतियोगिता हुने भएको छ ।  

दौड आयोजक आयोजक नेपाली कल्चर मिडियाले बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै  १४९ औँ स्मृति दिवसको अवसरमा प्रथम शहीद लखन थापा मगर स्मृति खुल्ला दौड प्रतियोगिता–२०८२ फागुन २ गते शनिबारका दिन बिहान ६ बजे काठमाडौंको शहीद गेटबाट सुरु हुने जनाएको हो ।

युवापुस्तामा स्वास्थ्य, खेलकुद, संस्कृति र राष्ट्रिय इतिहास प्रतिको जागरण र गौरव फैलाउने उद्देश्यले नेपाली कल्चरको आयोजना, नेपाल मगर संघ, केन्द्रीय समितिको संरक्षकत्व साथै प्रथम शहीद लखन थापा मगर स्मृति प्रतिष्ठानको संयोजनमा उक्त दौड प्रतियोगिता हुन लागेको बताइएको छ ।

एक हजारभन्दा बढी खुल्ला सहभागितामा आधारित रहने प्रतियोगिता १० किलोमिटर दूरी रहने खुल्ला दौड प्रतियोगिता आयोजक समितिका संयोजक रक्ष बहादुर रैका मगरले जानकारी दिए ।

प्रतियोगिता महिला तथा पुरुष विधामा छुट्टाछुट्टै सञ्चालन गरी महिला तथा पुरुष प्रत्येक विधामा प्रथम, द्वितीय र तृतीय, सान्त्वना स्थान हासिल गर्ने धावक तथा धाविकाहरूलाई नगद  र ट्रफी, मेडल तथा प्रमाणपत्र पुरस्कारहरू प्रदान गरिने आयोजकले जनाएको छ । 

प्रकाशित मिति : २८ माघ २०८२, बुधबार  १२ : ५२ बजे

रावल आयोग कार्यान्वयन गर्न भूमि मन्त्रालयले बनायो समिति

काठमाडौं – ​भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन

अवैध लागुऔषध ब्राउनसुगरसहित युवक पक्राउ

सिरहा – सिरहा प्रहरीले आठ ग्राम ८० मिलीग्राम अवैध लागुऔषध

काभ्रे बस दुर्घटना : मृतक ८ मध्ये ४ जनाको पहिचान खुल्यो

काभ्रेपलाञ्चोक – काभ्रेको रोशी गाउँपालिका–७ स्थित बुचाकोटमा शुक्रबार भएको बस

सेवा सहजीकरणमा युवा परिचालन गर्न तयार भयो कार्यविधिको मस्यौदा

काठमाडौं – भूमि व्यवस्था, सहकारी तथा सङ्घीय मामिला मन्त्रालयले ‘सेवा

इरानको निकट समूहद्वारा एफबिआईको ड्रोन ह्याक गरेको दाबी

वासिङ्टन – इरानसँग सम्बन्धित एक ह्याकर समूहले एफबिआई ड्रोनहरू ह्याक