दोलखाका युवा नेता खड्काले लिए उम्मेदवारी फिर्ता, कांग्रेसका शिवाकोटीलाई सघाउने « Khabarhub

दोलखाका युवा नेता खड्काले लिए उम्मेदवारी फिर्ता, कांग्रेसका शिवाकोटीलाई सघाउने


२८ माघ २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


138
Shares
  • change font
  • change font
  • change font

दोलखा- युवा नेता एवम् दोलखाबाट संघीय संसद्का स्वतन्त्र उम्मेदवार महेन्द्र खड्काले आफ्नो उम्मेदवारी फिर्ता लिएको जनाएका छन् ।

प्रतिनिधिसभा निर्वाचनका लागि दोलखाबाट उम्मेदवार बनेका उनले नेपाली कांग्रेसका उम्मेदवार अजयबाबु शिवाकोटीलाई समर्थन जनाउँदै आफ्नो उम्मेदवारी स्थगन गरेको घोषणा गरेका हुन् ।

आइतबार तामाकोशी–४, मालुस्थित गोलमेश्वर मन्दिरको प्राङ्गणमा आइतबार आयोजित एक कार्यक्रमबीच उनले उम्मेदवारी फिर्ताको घोषणा गरे । उक्त अवसरमा नेपाली कांग्रेसका उम्मेदवार अजयबाबु शिवाकोटी र कांग्रेस दोलखाका सभापति वर्मा लामाको समेत उपस्थिति रहेको थियो ।

मन्दिरको पवित्र प्राङ्गणमा उभिएर खड्काले अबको निर्वाचनमा शिवाकोटीलाई जिताउन आफू र आफ्नो समूह सक्रिय रहने प्रतिबद्धता जनाएका छन् ।

उम्मेदवारी फिर्ता लिँदै खड्काले जेन-जी पुस्ताका अगुवाहरूले अनुभवी र भिजन भएका व्यक्तिलाई समर्थन गर्दा मात्र समाजमा वास्तविक परिवर्तन आउने विश्वास व्यक्त गरे । उनले भावनामा बहकिएर भन्दा पनि नतिजा दिने नेतृत्वलाई साथ दिनु आजको आवश्यकता रहेको बताए ।

शिवाकोटी जस्तो बौद्धिक र जुझारु नेतृत्वले दोलखाको आवाज संसदमा बुलन्द पार्ने उनको ठम्याइ छ।  उनले उम्मेदवारी फिर्ताको घोषणा गरे पनि मतपत्रमा भने उनको नाम पनि देखिने छ ।

किनकि निर्वाचन आयोगले उम्मेदवारी फिर्ता लिन दिएको समय सकिइसकेको छ ।  खड्काले आफूलाई मत नदिइ अब अजयबाबु शिवाकोटीलाई मत दिनसमेत आग्रह गरेका छन् ।

प्रकाशित मिति : २८ माघ २०८२, बुधबार  ४ : २० बजे

कर्णालीले गुमायो छैठौँ विकेट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

कर्णालीले गुमायो पाचौँ विकेट, हर्मित सिंहले लिए एकै ओभरमा दुई विकेट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

कोलम्बियामा जबर्जस्ती रकम असुलीसँग सम्बन्धित आक्रमणमा छ जनाको मृत्यु

काठमाडौँ– कोलम्बियाको दक्षिणपश्चिमी हुइला विभागको सुजा नगरपालिकास्थित ग्रामीण क्षेत्रमा जबर्जस्ती रकम

सप्तकोशी बोट दुर्घटनाबारे अध्ययन गर्न समिति गठन

विराटनगर– कोशी प्रदेश सरकारले प्रदेशको मुख्यन्यायाधिवक्ता कार्यालयको आर्थिक वर्ष २०८२-८३

इजरायलमा आमनिर्वाचन जारी, नेतान्याहूलाई पूर्वसेनाप्रमुख आइजेनकोटको चुनौती

काठमाडौँ –  इजरायलमा प्रधानमन्त्री बेन्जामिन नेतान्याहू र पूर्वसेनाप्रमुख गादी आइजेनकोटबीच कडा