मतदाताको मौन विद्रोह कि विवेकपूर्ण छनोट ? « Khabarhub

मतदाताको मौन विद्रोह कि विवेकपूर्ण छनोट ?


२७ फाल्गुन २०८२, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


120
Shares
  • change font
  • change font
  • change font

नेपालको लोकतान्त्रिक अभ्यासमा निर्वाचन केवल प्रतिनिधि चयन गर्ने प्राविधिक प्रक्रिया मात्र होइन, यो त जनताको सामूहिक आकांक्षा, अपेक्षा र भविष्यको दिशावोध गर्ने महत्त्वपूर्ण राजनीतिक कडी पनि हो ।

प्रत्येक निर्वाचनले देशको विद्यमान राजनीतिक प्रवृत्ति, नागरिक चेतना र नेतृत्वप्रतिको जनविश्वासलाई वस्तुगत रूपमा मापन गर्ने अवसर प्रदान गर्दछ । हालै सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ यसै दृष्टिले अर्थपूर्ण देखिएको छ । यसले मुलुकभर व्याप्त जनउत्साह, सक्रिय सहभागिता र परिवर्तनप्रतिको तीव्र तिर्खालाई स्पष्ट रूपमा उजागर गरेको छ।

विशेष गरी पछिल्ला वर्षमा नेपाली समाजमा बढ्दै गएको राजनीतिक चेतना, पारदर्शिता र सुशासनप्रतिको अडिग माग एवं नयाँ राजनीतिक संस्कृतिको खोजीले यस निर्वाचनलाई अझ गरिमामय बनाएको छ ।

नागरिक अब परम्परागत राजनीतिक नारा वा खोक्रा आश्वासनबाट सन्तुष्ट हुने अवस्थामा छैनन् । उनीहरू परिणाममुखी राजनीति, उत्तरदायी नेतृत्व र व्यवहारमा देखिने रूपान्तरण चाहन्छन् । यही परिवर्तित जनमानसले यस पटकको निर्वाचन परिणामको स्वरूप निर्धारण गरेको छ ।

यही ऐतिहासिक पृष्ठभूमिमा काठमाडौँ निर्वाचन क्षेत्र नं. ९ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार डी.पी. अर्याल करिब ३० हजार मतान्तरसहित विजयी भएका छन् । राजधानीको कूटनीतिक र रणनीतिक हिसाबले महत्त्वपूर्ण मानिने यस क्षेत्रमा प्राप्त विजयलाई सामान्य चुनावी सफलता मात्र नभई परिवर्तनप्रतिको जनविश्वासको सशक्त संकेतका रूपमा विश्लेषण गर्न सकिन्छ ।

काठमाडौँ-९ लामो समयदेखि राजनीतिक रूपमा सचेत क्षेत्रका रूपमा परिचित छ । राजधानीको मुख्य प्रशासनिक र सामाजिक गतिविधिसँग प्रत्यक्ष जोडिएको यस क्षेत्रका मतदाताहरूको राजनीतिक परख तुलनात्मक रूपमा सूक्ष्म मानिन्छ । यहाँ विभिन्न समुदाय, पेसा र पृष्ठभूमिका नागरिकको बसोबास भएकाले मतदाताको सोच र अपेक्षामा विविधता छ । त्यसैले यहाँको परिणामलाई राष्ट्रिय राजनीतिको दिशा संकेत गर्ने ‘ब्यारोमिटर’का रूपमा समेत हेरिन्छ ।

विगतका निर्वाचनमा यहाँ विभिन्न शक्तिले वर्चस्व जमाए पनि यस पटकको परिणामले मतदाताको सोचमा आएको ‘प्याराडाइम सिफ्ट’ (चिन्तनगत परिवर्तन) लाई पुष्टि गरेको छ । ३० हजारको भारी मतान्तरले काठमाडौँ–९ का मतदाताले नयाँ राजनीतिक शैली र अभ्यासलाई पूर्ण रूपमा अनुमोदन गरेको देखिन्छ ।

परिवर्तनको आकांक्षा र युवा नेतृत्व

निर्वाचनको मुख्य विशेषता युवापुस्ताको अभूतपूर्व सक्रियता हो । सामाजिक सञ्जाल र सार्वजनिक बहसका माध्यमबाट युवाले नीति निर्माणको तहमा हस्तक्षेपकारी भूमिका खोजेका छन् । उनीहरूको यही सक्रियताले पारदर्शिता र जवाफदेहिताको मागलाई बलियो बनाएको छ । काठमाडौँ–९ को चुनावी अभियानमा पनि युवा र महिला स्वयंसेवकहरूको ऊर्जावान् सहभागिताले नयाँ राजनीतिक लहर सिर्जना गर्न मद्दत पुर्‍यायो ।

निर्वाचन जित्नु राजनीतिक यात्राको एउटा खुड्किलो मात्र हो, वास्तविक अग्निपरीक्षा त त्यसपछि सुरु हुन्छ । मतदाताले सुम्पेको यो अगाध विश्वासलाई कार्यसम्पादनमार्फत पुष्टि गर्नु अर्याल र उनको दलका लागि प्रमुख चुनौती हो । विकास, सुशासन र प्रभावकारी सेवा प्रवाहमा ठोस उपलब्धि हासिल भए मात्र यो जनविश्वास दीर्घकालीन रहनेछ ।

काठमाडौँ–९ को यो परिणाम नेपाली राजनीतिमा एउटा विशिष्ट मोड हो । यो केवल एक व्यक्तिको विजय नभई सुशासन र उत्तरदायी नेतृत्वप्रतिको नागरिक चाहनाको ठुलो विस्फोट हो । यदि निर्वाचित नेतृत्वले यस जनमतको मर्म बुझेर नयाँ राजनीतिक संस्कार स्थापित गर्न सक्यो भने यो परिणाम मुलुकको समग्र राजनीतिक शुद्धीकरणको आधारशिला बन्न सक्छ ।

प्रकाशित मिति : २७ फाल्गुन २०८२, बुधबार  १२ : ३४ बजे

एमाले कार्यवाहक अध्यक्षको जिम्मेवारी थापालाई

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले)को कार्यवाहक अध्यक्षको जिम्मेवारी उपाध्यक्ष

काठमाडौंबाट बाहिरिने यात्रुलाई हैरानी दिने ४८ जना पक्राउ

काठमाडौं – काठमाडौंबाट बाहिरिने यात्रुलाई अनावश्यक हैरानी दिने ४८ जना

एमाले युवाहरूले पार्टी कार्यलय अगाडि जलाए महासचिव पोखरेलको पुत्ला

काठमाडौं – नेकपा एमाले निकट युवा नेताहरुले पार्टी महासचिव शंकर

संसदीय दलको नेता चयनप्रति असन्तुष्टि जनाउँदै एमाले युवाहरूद्वारा विरोध प्रदर्शन

काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (एमाले) सम्बद्ध युवाहरूले पार्टी नेतृत्वप्रति

दलको नेता चयनप्रति सुरेन्द्र पाण्डे असन्तुष्ट, भने : पार्टीभित्रको लोकतन्त्र कमजोर भइसक्यो

काठमाडौं – नेकपा एमालेका नेता सुरेन्द्र पाण्डेले पार्टी भित्र आन्तरिक