स्व. सुरेश मानन्धरलाई राष्ट्रिय झण्डासहित श्रद्धाञ्जली अर्पण गरियो « Khabarhub

स्व. सुरेश मानन्धरलाई राष्ट्रिय झण्डासहित श्रद्धाञ्जली अर्पण गरियो


२७ फाल्गुन २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– हृदयघातका कारण निधन भएका भाषा आयोगका सदस्य, साहित्यकार एवं पत्रकार सुरेश मानन्धरलाई राष्ट्रिय झण्डा ओढाई सम्मानका श्रद्धाञ्जली अर्पण गरिएको छ । 

बुधबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री अनिलकुमार सिन्हाले दिवंगत मानन्धरको पार्थिव शरिरमा राष्ट्रिय झण्डा ओढाई सम्मानका श्रद्धाञ्जली अर्पण गरेका हुन् । 

मंगलबार निधन भएका मानन्धरको पार्थिव शरीरलाई श्रद्धाञ्जलीका लागि बुधबार नेपाल भाषा मंका खलको कार्यालय परिसरमा राखिएको थियो ।

मन्त्री सिन्हा, काठमाडौं महानगरकी कार्यवाहक प्रमुख सुनिता डंगोल लगायतले मानन्धरप्रति अन्तिम श्रद्धाञ्जली अर्पण गरेका थिए । 

श्रद्धाञ्जली अर्पणपछि मन्त्री सिन्हाले नेपाली भाषा, साहित्य तथा पत्रकारिता क्षेत्रमा मानन्धरले पुर्‍याएको योगदानको स्मरण गरे । उनले मानन्धरलाई राज्यका तर्फबाट उचित सम्मान गर्न आफूले आवश्यक पहल गर्ने बताए ।

नेपालभाषा टाइम्सका पूर्व सम्पादकसमेत रहेका मानन्धरले प्रज्ञा प्रतिष्ठानबाट प्रकाशन हुने विभिन्न पत्रपत्रिकाको सम्पादनमा समेत महत्त्वपूर्ण योगदान पुर्‍याएका थिए । विसं २०२३ कात्तिकमा जन्मिएका मानन्धरका श्रीमती र दुई छोरा छन् । 
                                                                                 

प्रकाशित मिति : २७ फाल्गुन २०८२, बुधबार  २ : ०० बजे

ढिलासुस्ती, अनियमितता, भ्रष्टाचार पहिचान र गुनासो सुन्न सर्वोच्चमा संयन्त्र

काठमाडौं । न्यायिक काम कारबाहीमा ढिलासुस्ती, भ्रष्टाचार र अनियमितताका क्षेत्रहरू

पूर्वराजालाई भेट्न नपाएपछि शितल निवास अगाडि एक युवाले आत्मदाह प्रयास

काठमाडौँ । पूर्वराजा ज्ञानेन्द्र शाहलाई भेट्न नपाएको भन्दै शितलनिवास अगाडि

बागमती सरकारबाट बाहिरियो एमाले, भोलि मन्त्रीहरूले राजीनामा बुझाउने

काठमाडौं । बागमती प्रदेश सरकारबाट नेकपा एमाले बाहिरिएको छ ।

वरिष्ठ पशु चिकित्सक घिमिरेलाई सेवाबाट हटाउने निर्णय

काठमाडौं । कृषि, वन तथा पर्यावरण मन्त्रालयले पशु सेवा विभागका

पक्राउ पुर्जी रोक्न कांग्रेस सांसद अभिषेकप्रताप शाह सर्वोच्चमा

काठमाडौं । आफूविरुद्ध जारी भएको पक्राउ पुर्जी बदरको माग राखेर