हतार हतार हर्कको चन्दा अभियान, भारतले सहमति नदिँदा हट्न सकेको छैन दार्चुलामा महाकालीको तुइन « Khabarhub

हतार हतार हर्कको चन्दा अभियान, भारतले सहमति नदिँदा हट्न सकेको छैन दार्चुलामा महाकालीको तुइन


२७ फाल्गुन २०८२, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


417
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- श्रम संस्कृति पार्टीका संस्थापक तथा सांसद हर्क साम्पाङले दार्चुलास्थित नेपाल-भारत सीमाक्षेत्रको महाकालीमाथि तुइन हटाएर झोलुङ्गे पुल निर्माण गर्न चन्दा संकलन गरिरहेका छन्।

सुनसरी क्षेत्र नम्बर १ बाट विजयी भएलगत्तै उनले सामाजिक सञ्जालमार्फत ‘दार्चुलाको तुइनको साटो झोलुङ्गे पुल बनाउने घोषणा अनुसार १० रुपैयाँदेखि माथि जति सकिन्छ सहयोग गर्न’ आह्वान गर्दै सम्पर्क नम्बरसमेत सार्वजनिक गरेका छन्।

उनको आह्वानपछि देश तथा विदेशमा रहेका समर्थकहरूले सहयोग संकलन सुरू गरेका छन्। तर दार्चुलाको वास्तविक अवस्था भने फरक रहेको स्थानीय सरोकारवालाहरूले बताएका छन्।

हाल दार्चुलाको व्यास गाउँपालिका–२ दुम्लीमा मात्रै एउटा तुइन सञ्चालनमा छ। करिब ७० मिटर लामो यो तुइनको एक छेउ नेपालतर्फको दुम्ली र राप्लामा पर्छ । अर्को छेउ भारतको उत्तराखण्ड राज्यको पिथौरागढ जिल्लामा पर्छ। तुइनको बीचमा नेपाल–भारत सीमा नदी महाकाली बग्छ।

दार्चुला र भारतलाई जोड्ने महाकाली नदीमाथि नौ स्थानमा झोलुङ्गे पुल निर्माण भइसकेका छन्। ती सबै पुल तुइनको विकल्पका रूपमा निर्माण गरिएका हुन्। तर दुम्ली र पिथौरागढलाई जोड्ने यही एउटा तुइन अहिलेसम्म झोलुङ्गे पुलले प्रतिस्थापन गर्न सकिएको छैन।

दार्चुलाबाट फागुन २१ को निर्वाचनमा प्रतिनिधिसभा सदस्यमा निर्वाचित एमालले नेता गणेशसिंह ठगुन्नालेले तुइन हट्न नसक्नुको कारण भारतको अनुमति नपाउनु रहेको बताएका छन्।

ठगुन्नाका अनुसार उक्त स्थानमा पुल निर्माणका लागि नेपाल सरकारबाट बजेट स्वीकृत भइसकेको छ । उक्त बजेट ‘रातो किताब’मै उल्लेख गरिएको छ। तर सीमा नदीमाथि भारत सरकारको अनुमति नपाउँदा निर्माण अघि बढ्न नसकेको ठगुन्नाले जानकारी दिए ।

उनका अनुसार परराष्ट्र मन्त्रालयले पटक–पटक भारत सरकारसँग अनुमति माग्दै पत्राचार गरे पनि स्वीकृति प्राप्त हुन सकेको छैन।

ठगुन्नाले सीमा क्षेत्रको भौगोलिक संवेदनशीलताका कारण पनि अनुमति नआएको बताएका छन्।

दुम्ली क्षेत्र कालापानी, लिपुलेक र लिम्पियाधुरा नजिक पर्ने तथा नेपाल–भारत–चीन सीमासँग सम्बन्धित संवेदनशील क्षेत्र भएकाले भारतले अनुमति नदिएको उनको भनाइ छ।

उनले अध्ययन र कूटनीतिक पहलबिना चन्दा अभियान सुरु गर्नु उपयुक्त नहुने टिप्पणी गरेका छन्। बरू उनले दार्चुला–टिङ्कर सडक जस्ता दीर्घकालीन विकासका योजनामा सहयोग गर्न सुझाव दिएका छन्।

स्थानीयका अनुसार दुम्लीमा पुल निर्माणको पहल सबैले स्वागत गर्ने विषय भए पनि सीमा नदीमा पुल बनाउन नेपाल र भारत दुवै देशको सहमति आवश्यक पर्छ । भारतले सहमति नदिएसम्म उक्त स्थानमा तुइन हटाएर पुल बनाउन नसकिने ठगुन्नाले बताए ।

प्रकाशित मिति : २७ फाल्गुन २०८२, बुधबार  ३ : ०६ बजे

कर्णालीले गुमायो पाचौँ विकेट, हर्मित सिंहले लिए एकै ओभरमा दुई विकेट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

कोलम्बियामा जबर्जस्ती रकम असुलीसँग सम्बन्धित आक्रमणमा छ जनाको मृत्यु

काठमाडौँ– कोलम्बियाको दक्षिणपश्चिमी हुइला विभागको सुजा नगरपालिकास्थित ग्रामीण क्षेत्रमा जबर्जस्ती रकम

सप्तकोशी बोट दुर्घटनाबारे अध्ययन गर्न समिति गठन

विराटनगर– कोशी प्रदेश सरकारले प्रदेशको मुख्यन्यायाधिवक्ता कार्यालयको आर्थिक वर्ष २०८२-८३

इजरायलमा आमनिर्वाचन जारी, नेतान्याहूलाई पूर्वसेनाप्रमुख आइजेनकोटको चुनौती

काठमाडौँ –  इजरायलमा प्रधानमन्त्री बेन्जामिन नेतान्याहू र पूर्वसेनाप्रमुख गादी आइजेनकोटबीच कडा

एनपीएलमा चाँदीको बल पुरस्कार, पहिलो विजेता बने शेर मल्ल !

काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा एक्स्ट्रिम इनर्जी