हतार हतार हर्कको चन्दा अभियान, भारतले सहमति नदिँदा हट्न सकेको छैन दार्चुलामा महाकालीको तुइन « Khabarhub

हतार हतार हर्कको चन्दा अभियान, भारतले सहमति नदिँदा हट्न सकेको छैन दार्चुलामा महाकालीको तुइन


२७ फाल्गुन २०८२, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


417
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- श्रम संस्कृति पार्टीका संस्थापक तथा सांसद हर्क साम्पाङले दार्चुलास्थित नेपाल-भारत सीमाक्षेत्रको महाकालीमाथि तुइन हटाएर झोलुङ्गे पुल निर्माण गर्न चन्दा संकलन गरिरहेका छन्।

सुनसरी क्षेत्र नम्बर १ बाट विजयी भएलगत्तै उनले सामाजिक सञ्जालमार्फत ‘दार्चुलाको तुइनको साटो झोलुङ्गे पुल बनाउने घोषणा अनुसार १० रुपैयाँदेखि माथि जति सकिन्छ सहयोग गर्न’ आह्वान गर्दै सम्पर्क नम्बरसमेत सार्वजनिक गरेका छन्।

उनको आह्वानपछि देश तथा विदेशमा रहेका समर्थकहरूले सहयोग संकलन सुरू गरेका छन्। तर दार्चुलाको वास्तविक अवस्था भने फरक रहेको स्थानीय सरोकारवालाहरूले बताएका छन्।

हाल दार्चुलाको व्यास गाउँपालिका–२ दुम्लीमा मात्रै एउटा तुइन सञ्चालनमा छ। करिब ७० मिटर लामो यो तुइनको एक छेउ नेपालतर्फको दुम्ली र राप्लामा पर्छ । अर्को छेउ भारतको उत्तराखण्ड राज्यको पिथौरागढ जिल्लामा पर्छ। तुइनको बीचमा नेपाल–भारत सीमा नदी महाकाली बग्छ।

दार्चुला र भारतलाई जोड्ने महाकाली नदीमाथि नौ स्थानमा झोलुङ्गे पुल निर्माण भइसकेका छन्। ती सबै पुल तुइनको विकल्पका रूपमा निर्माण गरिएका हुन्। तर दुम्ली र पिथौरागढलाई जोड्ने यही एउटा तुइन अहिलेसम्म झोलुङ्गे पुलले प्रतिस्थापन गर्न सकिएको छैन।

दार्चुलाबाट फागुन २१ को निर्वाचनमा प्रतिनिधिसभा सदस्यमा निर्वाचित एमालले नेता गणेशसिंह ठगुन्नालेले तुइन हट्न नसक्नुको कारण भारतको अनुमति नपाउनु रहेको बताएका छन्।

ठगुन्नाका अनुसार उक्त स्थानमा पुल निर्माणका लागि नेपाल सरकारबाट बजेट स्वीकृत भइसकेको छ । उक्त बजेट ‘रातो किताब’मै उल्लेख गरिएको छ। तर सीमा नदीमाथि भारत सरकारको अनुमति नपाउँदा निर्माण अघि बढ्न नसकेको ठगुन्नाले जानकारी दिए ।

उनका अनुसार परराष्ट्र मन्त्रालयले पटक–पटक भारत सरकारसँग अनुमति माग्दै पत्राचार गरे पनि स्वीकृति प्राप्त हुन सकेको छैन।

ठगुन्नाले सीमा क्षेत्रको भौगोलिक संवेदनशीलताका कारण पनि अनुमति नआएको बताएका छन्।

दुम्ली क्षेत्र कालापानी, लिपुलेक र लिम्पियाधुरा नजिक पर्ने तथा नेपाल–भारत–चीन सीमासँग सम्बन्धित संवेदनशील क्षेत्र भएकाले भारतले अनुमति नदिएको उनको भनाइ छ।

उनले अध्ययन र कूटनीतिक पहलबिना चन्दा अभियान सुरु गर्नु उपयुक्त नहुने टिप्पणी गरेका छन्। बरू उनले दार्चुला–टिङ्कर सडक जस्ता दीर्घकालीन विकासका योजनामा सहयोग गर्न सुझाव दिएका छन्।

स्थानीयका अनुसार दुम्लीमा पुल निर्माणको पहल सबैले स्वागत गर्ने विषय भए पनि सीमा नदीमा पुल बनाउन नेपाल र भारत दुवै देशको सहमति आवश्यक पर्छ । भारतले सहमति नदिएसम्म उक्त स्थानमा तुइन हटाएर पुल बनाउन नसकिने ठगुन्नाले बताए ।

प्रकाशित मिति : २७ फाल्गुन २०८२, बुधबार  ३ : ०६ बजे

नेपाली सेनाको ९६ जना सैनिकलाई दर्ज्यानी चिह्न प्रदान

भक्तपुर – भक्तपुरको सूर्यविनायकस्थित रणशेर गण सूर्यविनायक ब्यारेकमा आज नौ

पश्चिम नवलपरासीमा व्यावसायिक मेवाखेती सुरु

नवलपरासी – बर्दघाट सुस्ता पश्चिम नवलपरासीमा अर्ग्यानिक मेवाखेतीबाट प्रशस्त आम्दानी

आईपीएल : आरसीबीविरुद्ध गुजरातको शानदार सुरुवात

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपीएल) २०२६ अन्तर्गत ३४औँ खेलमा

अवैध रूपमा भारतबाट नेपाल भित्र्याइएका इलेक्ट्रिक स्कुटर नियन्त्रणमा

पर्सा – सशस्त्र प्रहरी बल नेपाल पर्साले अवैध रूपमा भारतबाट

सुकुम्वासी समस्या दीर्घकालीन रुपमा समाधान गर्न सरकारलाई कांग्रेसको सुझाव

काठमाडौं – नेपाली कांग्रेसले सुकुम्वासी बस्तीका समस्याको दीर्घकालीन समाधानका लागि