प्रचण्ड भन्छन् : म्याजिक नम्बरका कुरा नगरौँ, रास्वपालाई हाम्रो शुभकामना छ « Khabarhub

प्रचण्ड भन्छन् : म्याजिक नम्बरका कुरा नगरौँ, रास्वपालाई हाम्रो शुभकामना छ


२७ फाल्गुन २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


384
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल प्रचण्डले दुईतिहाइ नजिकको बहुमत ल्याएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का राम्रा काममा आफूहरूले समर्थन गर्ने बताएका छन् ।

बुधबार काठमाडौंमा सञ्चारकर्मीसँग कुराकानीका क्रममा दाहालले निर्वाचन सफलतापूर्वक भएकोमा खुसी व्यक्त गरे । उनले त्यसक्रममा रास्वपालाई शुभकामना दिए। उनी पछिल्लो चुनावी झट्काका कारण रास्वपासँग नजिकिने प्रयासमा छन् ।

नेपाली कांग्रेस र कम्यनुिस्टहरू पत्तासाफ हुने गरी आए पनि अहिलेको निर्वाचन परिणामलाई सकारात्मक रूपमा लिएको दाहाले बताए ।

‘रास्वपाले जसरी अत्यधिक बहुमत ल्याएको छ, उहाँहरूलाई शुभकामना छ’, उनले भने, ‘उहाँहरूले राम्रो काम गर्नुपर्छ । राम्रो काममा हाम्रो साथ र समर्थन रहनेछ ।’

सञ्चारकर्मीले त्यसक्रममा दाहाललाई म्याजिक नम्बरबारे पनि प्रश्न गरे । म्याजिक नम्बरको दाबीबारे प्रश्न गर्दा उनले जोगिने प्रयास गरे । ‘अहिले म्याजिक-स्याजिकको कुरा भएन। रास्वपालाई हाम्रो शुभकामना छ’, उनले भने ।

२१ फागुनको निर्वाचनमा उनी गोरखाबाट बसाइँ सरेर रुकुमपूर्वमा लडेका थिए । अन्य दलका सबै शीर्ष नेता हार्दा उनी भने माओवादीको गढमा गएर प्रतिनिधि सभा सदस्यमा जितेर आएका छन् ।

२२ वटा मिलेर बने पनि उनको पार्टीले निर्वाचनमा ७ सिट ल्यायो । उता समानुपातिकमा ८ लाख छुन सकेन । दाहालले चुनावअघि आफ्नो पार्टीले बहुमत ल्याउने बताएका थिए । तर कांग्रेस, एमाले जस्तै नेकपा पनि पत्तासाफ हुन पुगेको छ।

प्रकाशित मिति : २७ फाल्गुन २०८२, बुधबार  ७ : १६ बजे

काठमाडौँ महानगरपालिकाको नीति तथा कार्यक्रम पारित

काठमाडौं– आगामी आर्थिक बर्षका काठमाडौँ महानगरपालिकाको नीति तथा कार्यक्रम पारित

अन्तर्राष्ट्रिय योग दिवसमा कैलाश–मानसरोवरमा पहिलो पटक योगाभ्यास हुँदै 

काठमाडौं– विश्व शान्ति तथा आध्यात्मिक समाजले अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा

अन्तर्राष्ट्रिय योग दिवसमा कैलाश मानसरोवरमा योगाभ्यास हुने

काठमाडौँ– अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा यस वर्ष पहिलो पटक कैलाश–मानसरोवर

नेप्से परिसूचक १२ अंकले घट्यो

काठमाडौं– धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज ओरालो

‘समृद्ध र विकसित समाज निर्माण गर्न सहकार्य र समन्वय आवश्यक छ’

भैरहवा– प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले समाजलाई कुसंस्कार र विकृतिबाट मुक्त