आईपीएल : मुम्बईलाई हराउँदै बैंगलुरु शीर्ष स्थानमा « Khabarhub

आईपीएल : मुम्बईलाई हराउँदै बैंगलुरु शीर्ष स्थानमा


२८ बैशाख २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


135
Shares
  • change font
  • change font
  • change font

काठमाडौँं– इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा रोयल च्यलोन्जर्स बैंगलुरुले रोमाञ्चक जित निकालेको छ ।

आइतबार राति राजपुरमा सम्पन्न खेलमा मुम्बई इन्डियन्सलाई अन्तिम बलमा २ विकेटले हराउँदै बैंगलुरु विजयी भएको हो ।

मुम्बईले दिएको १ सय ६७ रनको लक्ष्य बैंगलुरुले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा पूरा ग¥यो ।

बैंगलुरुका क्रुणाल पाण्ड्याले ७३ रनको अर्धशतकीय पारी खेले । यस्तै, जकोब बेथेलले २७, जितेश शर्माले १८ तथा देवदत्त पडिक्कलले १२ रन जोडे । मुम्बईका कोर्बिन बोशले सर्वाधिक ४ विकेट लिए ।

यसअघि, टस हारेर पहिले ब्याटिङ गरेको मुम्बई इन्डियन्सले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १ सय ६६ रन बनाएको थियो ।

मुम्बईका तिलक वर्माले ५७ रनको अर्धशतकीइ इनिङ खेले । यस्तै, नमन धिरले ४७, रोहित शर्माले २२, राज बावले १६ तथा विल ज्याक्सले १० रनको योगदान दिए । बैंगलुरुका भुवनेश्वर कुमारले सबैभन्दा बढी ४ विकेट लिए ।

यो जितसँगै ११ खेलबाट १४ अंकका साथ रोयल च्यालेन्जर्स बैंगलुरु अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ ।

पराजित भएको मुम्बई इन्डियन्सको समान खेलबाट ६ अंक रहेको छ । यो हारसँगै मुम्बई प्रतियोगिताको प्लेअफ दौडबाट बाहिरिएको छ ।

अंक तालिकामा १४–१४ अंक भएका सनराइजर्स हैदराबाद र गुजरात टाइटन्स क्रमशः दोस्रो र तेस्रो स्थानमा छन् ।

प्रकाशित मिति : २८ बैशाख २०८३, सोमबार  ६ : ४० बजे

मेसिन र औजारको पूजा पछाडि के छ रहस्य ? यस्तो छ विश्वकर्मा पूजाको धार्मिक कथा

काठमाडौँ – नेपालमा हरेक वर्ष असोज १ गते विश्वकर्मा पूजा

अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने भ्रमणका लागि भारत प्रस्थान

काठमाडौँ – अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने औपचारिक भ्रमणका लागि

जापान र एसियन गेम्सका लागि भारतको टी-२० टोली घोषणा, श्रेयस अय्यर कप्तान

काठमाडौँ – जापानविरुद्धको शृङ्खला र आगामी एसियाली खेलकुद (एसियन गेम्स)

नेपालगन्जमा जलेर नष्ट भएका ३१ हजार लालपुर्जाको स्रेस्ता कायम

बाँके– भूमि प्रशासन कार्यालय नेपालगन्ज बाँकेले ‘जेनजी’ प्रदर्शनका क्रममा जलेर

मेसी र कासेमिरोको गोलमा इन्टर मियामी च्याम्पियन, क्रुज अजुल २-० ले पराजित

काठमाडौँ – इन्टर मियामीले मेक्सिकन क्लब क्रुज अजुललाई २-० ले