आईपीएल : मुम्बईलाई हराउँदै बैंगलुरु शीर्ष स्थानमा « Khabarhub

आईपीएल : मुम्बईलाई हराउँदै बैंगलुरु शीर्ष स्थानमा


२८ बैशाख २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


135
Shares
  • change font
  • change font
  • change font

काठमाडौँं– इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा रोयल च्यलोन्जर्स बैंगलुरुले रोमाञ्चक जित निकालेको छ ।

आइतबार राति राजपुरमा सम्पन्न खेलमा मुम्बई इन्डियन्सलाई अन्तिम बलमा २ विकेटले हराउँदै बैंगलुरु विजयी भएको हो ।

मुम्बईले दिएको १ सय ६७ रनको लक्ष्य बैंगलुरुले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा पूरा ग¥यो ।

बैंगलुरुका क्रुणाल पाण्ड्याले ७३ रनको अर्धशतकीय पारी खेले । यस्तै, जकोब बेथेलले २७, जितेश शर्माले १८ तथा देवदत्त पडिक्कलले १२ रन जोडे । मुम्बईका कोर्बिन बोशले सर्वाधिक ४ विकेट लिए ।

यसअघि, टस हारेर पहिले ब्याटिङ गरेको मुम्बई इन्डियन्सले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १ सय ६६ रन बनाएको थियो ।

मुम्बईका तिलक वर्माले ५७ रनको अर्धशतकीइ इनिङ खेले । यस्तै, नमन धिरले ४७, रोहित शर्माले २२, राज बावले १६ तथा विल ज्याक्सले १० रनको योगदान दिए । बैंगलुरुका भुवनेश्वर कुमारले सबैभन्दा बढी ४ विकेट लिए ।

यो जितसँगै ११ खेलबाट १४ अंकका साथ रोयल च्यालेन्जर्स बैंगलुरु अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ ।

पराजित भएको मुम्बई इन्डियन्सको समान खेलबाट ६ अंक रहेको छ । यो हारसँगै मुम्बई प्रतियोगिताको प्लेअफ दौडबाट बाहिरिएको छ ।

अंक तालिकामा १४–१४ अंक भएका सनराइजर्स हैदराबाद र गुजरात टाइटन्स क्रमशः दोस्रो र तेस्रो स्थानमा छन् ।

प्रकाशित मिति : २८ बैशाख २०८३, सोमबार  ६ : ४० बजे

मनास्लु क्षेत्रमा पदयात्रा नगर्न प्रशासनको आग्रह

गोरखा – जिल्ला प्रशासन कार्यालय गोरखाले आगामी तीनदिन मनास्लु क्षेत्रमा

सोमपाल कामी बने ‘म्यान अफ द म्याच’

काठमाडौं – कर्णाली याक्सका कप्तान सोमपाल कामी नेपाल प्रिमियर लिग

कर्णालीले विराटनगरलाई हराउँदा मैदानमा जे देखियो (तस्बिरहरू)

काठमाडौं – तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा कर्णाली

कर्णालीको रोमाञ्चक जित, विराटनगर लगातार दोस्रो खेलमा पराजित

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा कर्णाली

सोमपाल कामीले प्रहार गरे अर्धशतक

काठमाडौं – नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सोमपाल कामीले नेपाल