सरकारले संसद्‌मा पुर्‍यायो ८ वटै अध्यादेश  « Khabarhub

सरकारले संसद्‌मा पुर्‍यायो ८ वटै अध्यादेश 


२८ बैशाख २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


174
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सरकारले विभिन्न अध्यादेशहरू प्रतिनिधिसभामा प्रस्तुत गरेको छ। सोमबार बसेको बैठकमा सरकारको सिफारिसमा राष्ट्रपतिबाट जारी भएका आठ वटा अध्यादेश सदनमा पेस गरिएको हो।

बैठकमा कानून मन्त्री सोविता गौतम ले सार्वजनिक खरिद (दोस्रो संशोधन)अध्यादेश २०८३, सार्वजनिक पदाधिकारीको पदमुक्तिसम्बन्धी विशेष व्यवस्था अध्यादेश २०८३ र संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) (पहिलो संशोधन) अध्यादेश २०८३ प्रस्तुत गरिन् । उनले केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश पनि पेस गरे ।

त्यस्तै अर्थमन्त्री डा. स्वर्णिम वाग्ले ले सम्पत्ति शुद्धिकरण निवारण (तेस्रो संशोधन) अध्यादेश प्रस्तुत गरे। भूमि व्यवस्था मन्त्री प्रतिभा रावलले सहकारी (पहिलो संशोधन) अध्यादेश पेस गरिन् ।

यसैगरी स्वास्थ्य मन्त्री निशा मेहताले स्वास्थ्य विज्ञान प्रतिष्ठानसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश प्रस्तुत गरिन्। शिक्षा मन्त्री सस्मित पोखरेल ले विश्वविद्यालयसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश पेस गरेका थिए । 

सरकारले विभिन्न कानुनी र नीतिगत क्षेत्रलाई अद्यावधिक गर्ने उद्देश्यसहित यी अध्यादेशहरू संसद्‌मा अघि सारेको हो।

प्रकाशित मिति : २८ बैशाख २०८३, सोमबार  ३ : २५ बजे

केप भर्डेका गोलकिपर भोजिन्हाको चिलीमा भव्य स्वागत

काठमाडौँ – फिफा विश्वकपमा देशलाई ऐतिहासिक सफलता दिलाएका केप भर्डेका

प्रतिनिधिसभाको बैठक बस्दै, कांग्रेसले प्रस्तुत गरेको जरुरी सार्वजनिक महत्वको प्रस्तावमा छलफल हुने

काठमाडौँ– सङ्घीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक

देशभर मनसुनको प्रभाव : केही भूभागमा भारी वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले देशभर

युएफसी फाइटर एलानको हृदयघातले निधन : युएफसीद्वारा शोक व्यक्त

काठमाडौँ – मिक्स मार्सल आर्ट्स (एमएमए) का चर्चित ब्राजिलियन फाइटर

रुसमा युक्रेनको ड्रोन आक्रमण: ७ जनाको मृत्यु, ४० घाइते

मस्को – दक्षिणी रुसको एक व्यस्त समुद्री किनारमा युक्रेनी ड्रोन