अध्यादेश खारेज गर्न एमाले सांसद पद्मा अर्यालको माग « Khabarhub

अध्यादेश खारेज गर्न एमाले सांसद पद्मा अर्यालको माग


२८ बैशाख २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


93
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सोमबार बसेको प्रतिनिधिसभामा नेकपा एमालेकी सचिव तथा सांसद पद्मा अर्यालले सरकारले ल्याएका अध्यादेशहरू तत्काल खारेज गर्न माग गरेकी छन्।

संसद्‌मा बोल्दै उनले सरकारले ‘नयाँ सोच र नयाँ गति’ भन्दै अघि बढे पनि व्यवहारमा त्यसको प्रतिविम्ब नदेखिएको र सरकार निर्णय प्रक्रियामा उठ्ने प्रश्नबाट भाग्न खोजिरहेको आरोप लगाइन्। 

अर्यालले न्यायपालिकासम्बन्धी व्यवस्था कार्यपालिकाको इच्छाअनुसार नभई, विधि र प्रक्रियाअनुसार हुनुपर्नेमा जोड दिइन्। उनले राजनीतिक आस्थालाई सीमित गर्ने गरी विद्यार्थी संगठन र ट्रेड युनियनसम्बन्धी प्रावधान अध्यादेशमार्फत ल्याइएको भन्दै आपत्ति जनाइन्।

उनले भनिन्, ‘आज हामी खतराको सङ्घारमा छौं। सरकारले नयाँ सोच र गति भने पनि व्यवहारले त्यो देखाएको छैन। सरकार आफ्ना निर्णयमाथि उठ्ने प्रश्नबाट भाग्न खोजिरहेको छ। न्यायपालिकाको प्रमुख प्रधानमन्त्रीको तर्जुमा अनुसार हुने कुरा ठिक होइन।’

अर्यालले यस्ता कदमले लोकतान्त्रिक मूल्य कमजोर पार्ने र तानाशाही प्रवृत्तितर्फ लैजाने खतरा रहेको दाबी गरिन्। उनले संसद्‌भन्दा सरकार माथि हुन नसक्ने स्पष्ट गर्दै प्रस्तुत सबै अध्यादेशहरू तत्काल खारेज गर्न माग गरिन्।

प्रकाशित मिति : २८ बैशाख २०८३, सोमबार  ४ : १९ बजे

केप भर्डेका गोलकिपर भोजिन्हाको चिलीमा भव्य स्वागत

काठमाडौँ – फिफा विश्वकपमा देशलाई ऐतिहासिक सफलता दिलाएका केप भर्डेका

प्रतिनिधिसभाको बैठक बस्दै, कांग्रेसले प्रस्तुत गरेको जरुरी सार्वजनिक महत्वको प्रस्तावमा छलफल हुने

काठमाडौँ– सङ्घीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक

देशभर मनसुनको प्रभाव : केही भूभागमा भारी वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले देशभर

युएफसी फाइटर एलानको हृदयघातले निधन : युएफसीद्वारा शोक व्यक्त

काठमाडौँ – मिक्स मार्सल आर्ट्स (एमएमए) का चर्चित ब्राजिलियन फाइटर

रुसमा युक्रेनको ड्रोन आक्रमण: ७ जनाको मृत्यु, ४० घाइते

मस्को – दक्षिणी रुसको एक व्यस्त समुद्री किनारमा युक्रेनी ड्रोन