माध्यमिक तहसम्म निःशुल्क शिक्षा, पाठ्यक्रम पुनरावलोकन गरिने घोषणा « Khabarhub

माध्यमिक तहसम्म निःशुल्क शिक्षा, पाठ्यक्रम पुनरावलोकन गरिने घोषणा


२८ बैशाख २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


438
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– माध्यमिक तहसम्म निःशुल्क शिक्षा व्यवस्था कार्यान्वयन गर्ने सरकारले घोषणा गरेको छ । आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले सो बताएका हुन् ।

सार्वजनिक शिक्षामा दीर्घकालीन लगानी गर्दै निजी शिक्षामा नियमन गर्दै सेवामुखी बनाउने नीति सरकारले लिएको छ । 

उच्च शिक्षालाई श्रमबजारसँग आबद्ध गराउने, सामुदायिक विद्यालयमा उच्च गतिको इन्टरनेट र एआई जोडने नीति सरकारले लिएको छ ।

त्यस्तै, सरकारले शिक्षक नियुक्ति पदोन्नति र योग्यतामा आधारित बनाइने र उत्कृष्ट शिक्षक कार्यक्रम सञ्चालन गर्ने नीति लिएको छ ।

यस्तै शिक्षालाई गुणस्तरीय, जीवनोपयोगी तथा रोजगारमुखी बनाउँदै सबै तहको पाठ्यक्रम पुनरावलोकन गरिने जानकारी दिए। साथै, शिक्षण प्रणालीलाई समयानुकूल र व्यावहारिक बनाउँदै विद्यार्थीको सीप तथा क्षमता विकासमा जोड दिइने उल्लेख गरे।

प्रकाशित मिति : २८ बैशाख २०८३, सोमबार  ४ : ५२ बजे

मंगलबारका लागि लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

मंगलबार गणेशको पूजा कसरी गर्ने ?

काठमाडौँ – २०८३ साल साउन १९ गते मंगलबार सन् २०२६

आज २०८३ साल साउन १९ गते मंगलबारको राशिफल

काठमाडौँ – २०८३ साल साउन १९ गते मंगलबार सन् २०२६

झापा गाउँपालिकाद्वारा भूमि प्रशासन सेवा आरम्भ

झापा – झापा गाउँपालिकाले आजदेखि आफ्नै भूमि व्यवस्थापन शाखामार्फत मालपोत

भलिबल सङ्घद्वारा वार्षिक कार्यक्रम सार्वजनिक

काठमाडौं – नेपाल भलिबल सङ्घले चालु आर्थिक वर्षमा विभिन्न १९