सत्तामोहले थला परेको कांग्रेस « Khabarhub

सत्तामोहले थला परेको कांग्रेस



नेपाली काँग्रेस देशको सबैभन्दा पुरानो लोकतान्त्रिक पार्टी हो । नेपालमा प्रजातन्त्रको स्थापना, पुनः स्थापना तथा संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापनामा यसको भूमिका अग्रणी र महत्वपूर्ण रहेको छ । नेपाली जनताले यस पार्टीमाथि विश्वास गरी तीन पटक बहुमत पनि प्रदान गरेको हो, तर पार्टी भित्रको अन्तरकलहका कारण यस पार्टीले जनादेशको सम्मान गर्न नसकी आन्तरिक विवादकै कारण सत्ताबाट बाहिरिएको हो ।

जनआन्दोलन–२ को सफलता पश्चात काँग्रेस वामपन्थी दलसँगको सहकार्य र सहयात्राका कारण अद्र्धवामपन्थको चरित्र बोक्न बाध्य भयो । जसरी नेपालका कम्युनिष्टहरु अद्र्धबामपन्थ र अर्द्धलोकतन्त्रको चरित्रलाई बोकी हिँडन बाध्य भएको छ । त्यसरी नै नेपाली काँग्रेस पनि अद्र्धबामपन्थको चरित्र बोक्न बाध्य भएको छ । अब चाहेर पनि नेपाली काँग्रेस आफनो मौलिक चरित्रलाई आत्मसात गर्न सक्दैन ।

आम निर्वाचन–२०८२ मा पार्टीले ऐतिहासिक पराजय भोग्न पर्‍यो । पार्टीको अधिकांश दिग्गज नेता चुनावमा पराजित भए । पार्टीको मत प्रतिशतमा पनि ह्रास आयो । ऐतिहासिक पराजयका बाबजुद पार्टीभित्र गुटबन्दी व्याप्त छ । पार्टी तीन भागमा विभाजित देखिन्छ ।

पार्टी सभापति गगनकुमार थापा, पूर्व सभापति शेरबहादुर देउवा र सभापति बन्न इच्छुक डा.शेखर कोइराला पनि पार्टीको नेतृत्व आफ्नो हातमा आएको हेर्न चाहन्छन् । नेपाली काँग्रेस विगतको अनुभववाट केही सिक्न चाहेको छैन । २०८२ फागुन २१ को निर्वाचन परिणाम पश्चात पार्टी एकजुट भएर चुनाव परिणामको समीक्षा गर्नुपर्नेमा पार्टी भित्र विभिन्न गुट समूहको छुटाछुटै कोठे बैठक भएको देखियो ।

नेपाली काँग्रेस विगतको अनुभववाट केही सिक्न चाहेको छैन । २०८२ फागुन २१ को निर्वाचन परिणाम पश्चात पार्टी एकजुट भएर चुनाव परिणामको समीक्षा गर्नुपर्नेमा पार्टी भित्र विभिन्न गुट समूहको छुटाछुटै कोठे बैठक भएको देखियो।

काँग्रेसले आफूलाई सत्ताको स्वाभाविक हकदार ठानेर नै अहिलेसम्म राजनीति गरेको छ । अहिले पनि उसमा यही प्रवृति कायम छ । लोकतन्त्रमा जनता सर्वोपरी हुन्छ । जनताको मतादेशलाई राजनीतिक दलहरुले सहर्ष स्वीकार गर्न सक्नुपर्छ । चुनावमा बहुमत प्राप्त नगरेर अर्थात जनताले सरकार बनाउने किसिमको जनादेश नदिए पनि कथित राष्ट्रिय सहमतिको नाममा येनकेन प्रकरण सरकारमा सहभागी भइहाल्ने नेपाली काँग्रेसको विगत दुई दशकको इतिहासले पनि पार्टीलाई सत्तामुखी दलको रुपमा परिभाषित गर्‍यो ।

काँग्रेस जस्तो पार्टी प्रतिपक्षमा बसेर काम गर्नुको अर्थ लोकतन्त्रलाई बलियो बनाउनु हो । संसदीय व्यवस्था र गणतन्त्रलाई बलियो बनाउनु हो । नेपाली काँग्रेस स्वाभाविक रुपमा ५ वर्ष पछि पुनः सत्तामा आउने नै हो । तसर्थ यसले ५ वर्ष सम्म विपक्षमा रहेर पनि आफ्नो जनाधार विकसित गर्न सक्दछ । नेपाली काँग्रेसलाई एउटा परिपक्व जिम्मेवार र सम्वेदनशील पार्टीको रुपमा नेपाली जनताले विश्वास गर्दै आएका छन् ।

काँग्रेसले यस विश्वासलाई कायम राख्नुपर्छ । जब कुनै संगठन कमजोर वैचारिक धरातलमा उभिएको हुन्छ, अनि त्यसलाई सफलता पाउन कठिन हुन्छ । आफनो गौरवशाली इतिहास, पार्टीका वरिष्ठ एवं सम्मानित नेताहरुको योगदान तथा कार्यकर्ता पंक्तिको सम्मान गर्न नसक्ने संगठन विस्तार विस्तारै कमजोर हुन थाल्छ । समस्या परेको बेलामा आफनो नेताको बचाउ पनि गर्न सक्नुपर्छ ।

काँग्रेसमा नेतृत्व परिवर्तनको त्यतिवेला सर्वाधिक तीब्र भयो, जतिबेला पार्टी सभापतिलाई पार्टी संगठन र कार्यकर्ताको सर्वाधिक सहयोगको आवश्यकता थियो । तात्कालिक पार्टी सभापतिले त आफनो पदबाट राजीनामा गरिसकेकै थिए । कार्यवाहक सभापति पनि उनले नियुक्त गरिसकेका थिए तर पार्टीको युवा पंक्तिलाई युवा नेतृत्वको आवश्यकता थियो ।

आखिर हतार–हतारमा पार्टीले विशेष महाधिवेशन पनि गर्‍यो, नयाँ नेतृत्व पनि ल्यायो । पार्टीको केन्द्रीय समितिमा पनि बढी नयाँ–नयाँ अनुहार देखिए । तर चुनाव परिणाम भने अपेक्षित आएन । यसले के सावित ग¥यो भने नेपाली काँग्रेसले आफनो मौलिक पहिचानलाई गुमाइसकेको छ ।

आखिर हतार–हतारमा पार्टीले विशेष महाधिवेशन पनि गर्‍यो, नयाँ नेतृत्व पनि ल्यायो । पार्टीको केन्द्रीय समितिमा पनि बढी नयाँ–नयाँ अनुहार देखिए । तर चुनाव परिणाम भने अपेक्षित आएन ।

काँग्रेसले २०८२ फागुन २१ को आम निर्वाचनमा प्रत्यक्षतर्फ १८ र समानुपातिक तर्फको २० गरी कुल ३८ जित्न सफल रह्यो । यो प्रदर्शन साढे तीन वर्षअघि भएको निर्वाचन परिणाम ८८ भन्दा निकै कम थियो । पार्टीले साढे तीन वर्षकै अवधिमा ५० सिट गुमाउनु प¥यो । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारको सारथी भएर सरकारमा खेलेको भूमिकाको कारण नेपाली काँग्रेस पनि एमाले जति नै अलोकप्रिय भएको थियो । जेनजी आन्दोलनमा एमाले भन्दा बढी नै बदनामी नेपाली काँग्रेसको भएको थियो ।

काँग्रेसको विगत साढे तीन दशकका निर्वाचन परिणामको समीक्षा गर्ने हो भने यसको प्रदर्शन मिश्रित देखिएको छ । एक चुनावमा राम्रो प्रदर्शन तर अर्को चुनावमा खराब प्रदर्शन गरेको यसको परम्परा नै रहेको छ । २०४८ सालको आम निर्वाचनमा नेपाली काँग्रेसले ३७.७५ प्रतिशत मतसहित ११० सिट जितेको थियो । स्वतन्त्र रुपमा निर्वाचित २–३ सांसद पनि नेपाली काँग्रेसमै प्रवेश गरेका थिए । तर पार्टीको आन्तरिक कलहका कारण नेपाली काँग्रेसका गिरिजाप्रसाद कोइराला नेतृत्वको त्यो बहुमतको सरकार पनि सबा तीन वर्षमै पतनको शिकार भयो ।

मध्यावधि निर्वाचन २०५१ मा नेकपा एमाले प्रतिनिधिसभामा सबैभन्दा ठलो दलको नाताले सरकारको नेतृत्व त हात पा¥यो तर सत्तामा पुगेपछि मनपरी गर्न थाल्यो । फलस्वरुप सारा विपक्षी दलहरु एकजुट भई एमाले नेतृत्वको सरकार माथि अविश्वास प्रस्ताव लगाए । आखिर ९ महिनामै एमालेको सरकार पनि अपदस्थ हुन पुग्यो । २०५१ सालको मध्यावधि निर्वाचनमा नेपाली काँग्रेसले ३३.३८ प्रतिशत मत र ८३ सिटमै चित्त बुझाउनु प¥यो । पार्टीको मतमा चार प्रतिशतको ह्रास आयो ।

२०६३ को आम निर्वाचनमा पार्टी एकजुट भएर चुनाव लड्यो । पार्टीले ३७.२९ प्रतिशत मत र १११ सिट जित्न सफल रहयो । यो वि.सं.२०५१ सालको चुनावको तुलनामा २८ सिट बढी थियो । ४ प्रतिशत मतको अन्तर हुँदा २८ सिटको उतार–चढाव हुने रहेछ । दुर्भाग्य, नेपाली काँग्रेसले तीन वर्षमा तीन नेतालाई प्रधानमन्त्री बनाए पनि राजनीतिक स्थायित्व प्रदान गर्न सकेन र २०५९ सालको असोजमा तात्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिनिधिसभालाई विघटन गरी मध्यावधि निर्वाचनको सिफारिस गरे । देउवाको यही निर्णयले तात्कालीन राजा श्री ५ ज्ञानेन्द्रलाई सक्रिय भूमिकामा आउन उत्प्रेरित गर्‍यो । तात्कालीन राजाको यही महत्वाकांक्षा नेपालबाट राजतन्त्रको विदाइको जग बसाल्ने काम पनि गर्‍यो ।

२०६४ मा संविधानसभाका लागि भएको निर्वाचनमा नेपाली काँग्रेसले २१.१४ प्रतिशत मत सहित प्रत्यक्षमा ७३ र समानुपातिकमा ३७ सिट जित्न सफल रहयो । पार्टीलाई मनोनितको ५ सिट पनि प्राप्त भएको थियो । २०७० मा मधेसी दलहरुमा विभाजन र नेकपा माओवादीको घट्दो जनाधारले नेपाली काँग्रेसलाई पुनः देशको सबैभन्दा ठूलो दलको रुपमा स्थापित ग¥यो । नेपाली काँग्रेसले २९.८० प्रतिशत मतसहित प्रत्यक्षतर्फ १०५, समानुपातिकका ९१ र मनोनित १० गरी २०६ सिट प्राप्त गर्न सफल रहयो । पार्टीको मत प्रतिशतमा ८ प्रतिशतको बृद्धि हुँदा प्रत्यक्ष तर्फ ३२ र समानुपातिक तर्फ ५४ सिटको लाभ हुन पुगेको थियो ।

२०६४ मा संविधानसभाका लागि भएको निर्वाचनमा नेपाली काँग्रेसले २१.१४ प्रतिशत मत सहित प्रत्यक्षमा ७३ र समानुपातिकमा ३७ सिट जित्न सफल रहयो । पार्टीलाई मनोनितको ५ सिट पनि प्राप्त भएको थियो ।

२०७४ मा वामगठबन्धन र मधेसी दलहरुले मिलेर बनेको मधेसी गठबन्धन गरी चुनावमा त्रिपक्षीय भीडन्त हुँदा नेपाली काँग्रेसलाई हानी हुनु स्वाभाविकै थियो । काँग्रेसको मत १२ प्रतिशतले ह्रास आयो । प्रत्यक्ष तर्फ पार्टीले ३२ र समानुपातिकमा ५७ सिट जित्न सफल रह्यो । २०७९ को निर्वाचनमा नेपाली काँग्रेसले ५ दलसँग मिलेर चुनावमा गयो । सबैभन्दा बढी सिट त पार्टी जित्यो तर नेकपा माओवादी र एमालेको धूत्र्याइका कारण पार्टी कि त प्रतिपक्षमा बस्नु पर्‍यो कि त सत्ताको सहयोगीको रुपमा रहनु प¥यो । तर आरोप भने सबैभन्दा बढी यसैले झेल्नु पर्‍यो ।

२०८२ फागुनमा भएको निर्वाचनमा पार्टीको मत प्रतिशतमा ९ प्रतिशतको ह्रास आयो । चुनावमा नेपाली काँग्रेसले ठूलो पराजय भोग्नु प¥यो तर मुख्य प्रतिपक्षमा भने अवश्य पनि छ । पार्टीले संसदमा विपक्षको भूमिका निर्वाह गर्न सक्नुपर्छ । संसदमा रहेका एमाले, श्रम संस्कृति पार्टी राप्रपा र नेकपासित मिलेर एउटा मोर्चा बनाई प्रतिनिधिसभामा सशक्त विपक्षको भूमिका निर्वाह गर्नुपर्छ । दुई तिहाई बहुमतको सरकार रास्वपाले बनाएको छ तर यो अनुभवहीनको भीड पनि हो ।

उत्साहमा आएर बालेन सरकारले एक पछि अर्को गल्ती गर्दै जानेछ । डेढ महिनामै यस सरकारको निर्णयका कारण जनता सडकमा आउन पुगे । एउटा गल्तिलाई सच्चाउन, यसले फेरि अर्को नयाँ गल्ति गर्नेछ । त्यसैले नेपाली काँग्रेसको भूमिका बढी महत्वपूर्ण हुनेछ तर यसको निम्ति सर्वप्रथम यो पार्टी एकजुट हुनु आवश्यक छ । पार्टी भित्रको आन्तरिक मतभेद हटाउनु आवश्यक छ ।

प्रकाशित मिति : २८ जेठ २०८३, बिहीबार  ८ : ५६ बजे

महालेखाको प्रतिवेदन देखाउँदै ज्ञानेन्द्रले साँधे अर्थमन्त्री स्वर्णिममाथि निशाना

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले अर्थमन्त्री

बीपी क्यान्सर अस्पताल नेतृत्वका लागि सात चिकित्सक प्रतिस्पर्धामा

काठमाडौं– स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले वीपी कोइराला मेमोरियल क्यान्सर

अर्थमन्त्रीको चुनौती- करमा बदमासी गरेको प्रमाणित भए सार्वजनिक जीवन त्याग्न तयार छु

काठमाडौं– अर्थमन्त्री डा स्वर्णिम वाग्लेले विद्युतीय सवारीसाधनसम्बन्धी कर निर्धारणमा सूचना

आत्मनिर्भर बन्दै रौतहटका महिलाहरू

चन्द्रपुर– चन्द्रपुर नगरपालिका–७ वनबहुअरीकी दुखनी थरुनीलाई हिजोआज तरकारी टिप्न र

हर्कको पुरानै अडान : प्रधानमन्त्रीले सदनमा आएर माफी माग्नै पर्छ

काठमाडौं- श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईले प्रतिनिधि सभाको बिहीबार