कोशी प्रदेश सभापतिमा पराजित भएपछि सरिनले छाडिन् रास्वपा « Khabarhub

कोशी प्रदेश सभापतिमा पराजित भएपछि सरिनले छाडिन् रास्वपा


२८ जेठ २०८३, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


477
Shares
  • change font
  • change font
  • change font

सुनसरी- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कोशी प्रदेश समितिको प्रथम अधिवेशनमा सभापति पदमा पराजित भएपछि गोमा तामाङ सरिनले राजनीतिबाट अलग भएको घोषणा गरेकी छन्।

प्रदेश सभापतिमा चन्द्र राई विजयी भएपछि उनले ‘राजनीतिक बिट मारेको घोषणा गरेकी हुन्। उनले फेसबुकमा लेखेकी छन्,‘आजबाट राजनीतिक बिट मारेँ। मतदाता सम्पूर्ण साथीहरूलाई हार्दिक धन्यवाद व्यक्त गर्दछु।’

कोशी प्रदेशको नेतृत्वका लागि भएको निर्वाचनमा जम्मा ७०२ मत खसेको थियो। निर्वाचन कमिटीले अन्तिम मतपरिणम सार्वजनिक गर्नुअघि नै सरिनले राजनीति त्यागेको घोषणा गरेकी हुन् ।

सरिन २०७९ र २०८२ को प्रतिनिधि सभा निर्वाचनमा सुनसरी क्षेत्र नम्बर १ बाट दुई पटक पराजित भइसकेकी छन् । पछिल्लो पटक उनलाई श्रम संस्कृतिका हर्कराज राईले हराए ।

प्रकाशित मिति : २८ जेठ २०८३, बिहीबार  ४ : ५१ बजे

देशका हिमाली र पहाडी भूभागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

कांग्रेस उपसभापतिमा चन्द्रकान्त भण्डारी (६४३) र मधु आचार्य (३६२) अगाडि

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधवेशन अन्तर्गत पदाधिकारीलगायत केन्द्रीय सदस्यका लागि

झिलिमिली बत्तीले सिङ्गारिए काठमाडौँका मठमन्दिर तथा शक्तिपीठ

काठमाडौँ– दसैँ, तिहारलगायतका चाडपर्वको रौनक बढेसँगै काठमाडौँ उपत्यकाका विभिन्न मठमन्दिर

बडादसैँ आजदेखि सुरु, घटस्थापना गरी जमरा राखिँदै

काठमाडौँ– प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि विधिवत् आरम्भ गरिने नेपालीको

आइतबारका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण