कोशी प्रदेश सभापतिमा पराजित भएपछि सरिनले छाडिन् रास्वपा « Khabarhub

कोशी प्रदेश सभापतिमा पराजित भएपछि सरिनले छाडिन् रास्वपा


२८ जेष्ठ २०८३, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


477
Shares
  • change font
  • change font
  • change font

सुनसरी- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कोशी प्रदेश समितिको प्रथम अधिवेशनमा सभापति पदमा पराजित भएपछि गोमा तामाङ सरिनले राजनीतिबाट अलग भएको घोषणा गरेकी छन्।

प्रदेश सभापतिमा चन्द्र राई विजयी भएपछि उनले ‘राजनीतिक बिट मारेको घोषणा गरेकी हुन्। उनले फेसबुकमा लेखेकी छन्,‘आजबाट राजनीतिक बिट मारेँ। मतदाता सम्पूर्ण साथीहरूलाई हार्दिक धन्यवाद व्यक्त गर्दछु।’

कोशी प्रदेशको नेतृत्वका लागि भएको निर्वाचनमा जम्मा ७०२ मत खसेको थियो। निर्वाचन कमिटीले अन्तिम मतपरिणम सार्वजनिक गर्नुअघि नै सरिनले राजनीति त्यागेको घोषणा गरेकी हुन् ।

सरिन २०७९ र २०८२ को प्रतिनिधि सभा निर्वाचनमा सुनसरी क्षेत्र नम्बर १ बाट दुई पटक पराजित भइसकेकी छन् । पछिल्लो पटक उनलाई श्रम संस्कृतिका हर्कराज राईले हराए ।

प्रकाशित मिति : २८ जेष्ठ २०८३, बिहिबार  ४ : ५१ बजे

बाइनान्सको क्रिप्टो चोरीमा उत्तर कोरियाली ह्याकर संलग्न : एफबीआई

न्युयोर्क– विश्वकै सबैभन्दा ठूलो क्रिप्टोकरेन्सी एक्सचेन्ज बाइनान्सबाट केही मिनेटमै ६

भारी हिमपातका कारण डोल्पामा ६ भारतीय पर्यटक सम्पर्कविहीन

काठमाडौं– डोल्पाको शे–फोक्सुण्डो गाउँपालिका–८ मा भारी हिमपातका कारण ६ जना

जीवनयापनको खर्च र सार्वजनिक सेवाको अवस्थालाई लिएर युरोपभर प्रदर्शन

म्याड्रिड– जीवनयापनको बढ्दो खर्च, आवास समस्या, सार्वजनिक सेवाको अवस्था र

२० करोड रुपैयाँ असुली प्रकरणमा साक्षीका रूपमा बलिउड अभिनेत्री नोरा फतेहीलाई बोलाइयो अदालत

काठमाडौं– बलिउड अभिनेत्री नोरा फतेही फेरि एकपटक २० करोड भारतीय

सडक सुरक्षा र ट्राफिक नियम पालनाबारे जनचेतनामूलक कार्यक्रम

काठमाडौं– सडक सुरक्षा अभिवृद्धि, ट्राफिक नियमको प्रभावकारी पालना तथा सुरक्षित