वाल्मीकि विद्यापीठको नक्कली पत्रबाट ८ विदेशीलाई अध्ययन भिसा, दुईजना पक्राउ « Khabarhub

वाल्मीकि विद्यापीठको नक्कली पत्रबाट ८ विदेशीलाई अध्ययन भिसा, दुईजना पक्राउ


२८ जेठ २०८३, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– वाल्मिकी विद्यापीठको नक्कली पत्र प्रयोग गरी आठ विदेशी नागरिकले अध्ययन भिसा लिएको घटना सार्वजनिक भएको छ।

अध्यागमन विभागका अनुसार वाल्मिकी विद्यापीठमा अध्ययनरत रहेको भन्दै १० विदेशी नागरिकका लागि शिक्षा तथा खेलकूद मन्त्रालयमा कागजात पेश गरिएको थियो।

ती कागजातका आधारमा मन्त्रालयले गत जेठ २१ गते अध्यागमन विभागलाई अध्ययन भिसाका लागि सिफारिस गरेको थियो। अध्यागमन विभागका निर्देशक एवम् प्रवक्ता टीकाराम ढकाल ले घटनाबारे थप अनुसन्धान भइरहेको जानकारी दिएका छन्।

सिफारिस गरिएका १० जनामध्ये विभागले यसअघि नै आठ जनालाई अध्ययन भिसा जारी गरिसकेको थियो। भिसा प्राप्त गर्नेमा छ जना चिनियाँ, एक कोरियाली र एक रुसी नागरिक रहेका छन्।

अध्यागमनको अभिलेखअनुसार उनीहरू यसअघि विभिन्न समयमा पर्यटक भिसामा नेपाल आउजाउ गर्दै आएका थिए। कतिपय विदेशी विगत सात वर्षदेखि नै नेपाल आउने गरेको देखिएको छ।

बाँकी दुई जनाको भिसा जारी गर्ने क्रममा कागजातमाथि शंका लागेपछि थप जाँच गर्दा वाल्मीकि विद्यापीठको नाममा पेश गरिएको पत्र नक्कली रहेको खुलेको विभागले जनाएको छ।

नक्कली पत्रमा ती विदेशी नागरिकहरू वाल्मिकी विद्यापीठको संस्कृत साहित्य विषयको दुईवर्षे आचार्य तहमा भर्ना भएको उल्लेख गरिएको थियो।

घटनामा संलग्न रहेको आरोपमा पर्साको वीरगञ्ज महानगरपालिका–९ निवासी सुबोध शुक्ल र चिनियाँ नागरिक वाङ जिनकाओ बिहीबार पक्राउ गरिएको छ।

पक्राउ परेकी चिनियाँ नागरिकबाट नेपाल संस्कृत विश्वविद्यालयको नाममा जारी गरिएको ‘संस्कृत साहित्य प्रशिक्षण शुल्क’ उल्लेख भएको आम्दानी भरपाइसमेत बरामद भएको विभागले जनाएको छ।

प्रारम्भिक अनुसन्धानका क्रममा शुक्लले यसअघि पनि विदेशी नागरिकलाई भिसा सिफारिस गराएर नेपाल ल्याउने गरेको स्वीकार गरेका छन्। उनका माध्यमबाट जारी भएका अन्य सिफारिसहरूको आधिकारिकताबारे थप अनुसन्धान भइरहेको विभागले जनाएको छ।

अध्यागमन विभागले यसअघि जारी भइसकेका आठ अध्ययन भिसा रद्द गर्ने प्रक्रिया अघि बढाएको छ। साथै भिसा लिइसकेका अन्य विदेशी नागरिकहरूको खोजी तथा थप अनुसन्धान जारी रहेको जनाएको छ।

अनुसन्धानबाट थप कसुर पुष्टि भएमा सम्बन्धित विदेशी नागरिकमाथि पक्राउ, जरिवाना, निष्कासन तथा भविष्यमा नेपाल प्रवेशमा रोक लगाउनेसम्मको कारबाही हुन सक्ने विभागले जनाएको छ।

नेपाली नागरिकको हकमा भने सरकारी कागजात किर्ते सम्बन्धी कसुरमा अनुसन्धान र कानुनी कारबाही अघि बढाइने बताइएको छ।

प्रकाशित मिति : २८ जेठ २०८३, बिहीबार  ६ : ०१ बजे

कृष्णभीरमा सडक भासिएपछि वैकल्पिक मार्गबाट सवारीसाधन सञ्चालन

काठमाडौं– पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा सडक भासिएपछि काठमाडौँबाट बाहिरिने सवारीसाधनका

बाढी प्रभावित बोकेको बस दुर्घटना, ३२ जना घाइते

बर्दिया– रसुवाको भोटेकोशी नदीमा गएको बाढीपछि उद्धार गरिएका बाढी प्रभावित

बेत्रावतीबासी भन्छन्- सानोतिनो बाढी पहिला पनि आउँथ्यो, यसरी सबै लैजाला भनेर सोचेका पनि थिएनौँ

बेत्रावती– नुवाकोटका आकाशमा छिनछिनमा हेलिकप्टर उडिरहेछन् । भोटेकोशी–त्रिशुलीमा आएको विनाशकारी बाढीले

त्रिशूलीको बाढीले घ्याल्चोकको पुल बगायो

गोरखा– त्रिशूलीमा आज आएको बाढीले गोरखाको गण्डकी गाउँपालिका–८ घ्याल्चोक र

बालेनले समन्वय नगरेपछि रविको सक्रियता : स्थानीय सरकारसँग संवादलगत्तै भेटे बागमतीका मुख्यमन्त्री

काठमाडौं– गत बुधबार गएको बाढीको चार दिनपछि राष्ट्रिय स्वतन्त्र पार्टी