बिहीबार राति ईरानमाथि ठूलो हमला गर्ने ट्रम्पको चेतावनी « Khabarhub

बिहीबार राति ईरानमाथि ठूलो हमला गर्ने ट्रम्पको चेतावनी


२८ जेष्ठ २०८३, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


189
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ईरानविरुद्ध थप सैन्य कारबाहीको चेतावनी दिएका छन् । उनले अमेरिका बिहीबार राति ईरानमाथि ठूलो हमला गर्ने दाबी गर्दै ईरानको अधिकांश सैन्य शक्ति पहिले नै कमजोर भइसकेको बताएका छन् ।

ट्रम्पका अनुसार आगामी दिनमा अमेरिका ईरानको सबैभन्दा ठूलो तेल निर्यात केन्द्र खार्ग आइल्यान्डसहित अन्य महत्वपूर्ण तेल तथा ग्यास संरचनामाथि पनि नियन्त्रण कायम गर्ने योजना बनाइरहेको छ । खार्ग आइल्यान्डलाई ईरानको प्रमुख तेल निर्यात केन्द्रका रूपमा लिइन्छ ।

यसैबीच, ओमान नजिकै भारतीय नाविकहरू सवार जहाजमाथि अमेरिकी आक्रमण भएको विषयमा भारतले कडा आपत्ति जनाएको छ। भारतीय विदेश मन्त्रालयले अमेरिकी नौसेनाले भारतीय चालकदल रहेको तेस्रो जहाज ःजलवीरमाथि पनि आक्रमण गरेको जनाएको छ ।

उक्त जहाजमा रहेका सबै २० जना भारतीय नागरिक सुरक्षित रहेको र उनीहरूलाई उद्धार गर्ने प्रक्रिया जारी रहेको मन्त्रालयले जनाएको छ ।

भारतले यस घटनापछि अमेरिकी राजदूतलाई तलब गरी कडा विरोध जनाएको छ र जहाजमाथि हुने यस्ता आक्रमण तत्काल रोक्नुपर्ने माग गरेको छ ।

प्रकाशित मिति : २८ जेष्ठ २०८३, बिहिबार  ९ : १८ बजे

उत्तर यमनमा साउदी हवाई आक्रमणमा १४ जनाको मृत्यु, १० घाइते

साना – यमनको उत्तरी प्रान्त अल–जौफमा बुधबार भएको साउदी हवाई

पोखरा स्कुल बस दुर्घटना : प्राविधिक खराबी र तीव्र गति

कास्की – पोखरा महानगरपालिका–२८ माझठानास्थित ओख्लेमा गत असोज २३ गते

सरकारद्वारा साइबर सुरक्षा एड्भाइजरी जारी

काठमाडौं – राष्ट्रिय साइबर सुरक्षा केन्द्रले साइबर सुरक्षा एड्भाइजरी गरेको

भौतिक पूर्वाधार निर्माणका लागि चीनद्वारा उपकरण प्रदान

ताप्लेजुङ – चीन सरकारको अनुदान सहयोगस्वरूप ताप्लेजुङको मेरिङदेन गाउँपालिकालाई स्काभेटर

कुरियरमार्फत ल्याइएको गाँजासहित दुई भारतीय पक्राउ

काठमाडौं – लागुऔषध नियन्त्रण ब्यूरो कोटेश्वरको टोलीले अमेरिकाबाट कुरियरमार्फत ल्याइएको