गण्डकीमा पूर्वाधार विकासले गति लिएको छ : मुख्यमन्त्री पाण्डे « Khabarhub

गण्डकीमा पूर्वाधार विकासले गति लिएको छ : मुख्यमन्त्री पाण्डे


२७ असार २०८३, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

गोरखा- गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले प्रदेशमा पूर्वाधार विकासका आयोजना निर्धारित समयमै सम्पन्न हुन थालेको भन्दै विकास निर्माणका कामले गति लिएको बताए

गोरखाको शहीद लखन गाउँपालिका–१ र गोरखा नगरपालिका–१२ जोड्ने लुदीखोला मोटरेबल पुलको शनिबार उद्‌घाटन गर्दै मुख्यमन्त्री पाण्डेले समयमै आयोजना सम्पन्न हुनु सुशासनको महत्वपूर्ण आधार भएको उल्लेख गरे।

उहाँले गोरखाको रणनीतिक ग्रामीण सडकअन्तर्गत पर्ने स्याउली बजार–भट्टफाँट–मनकामना सडकखण्डमा निर्माण गरिएको पुल आठ महिनामै सम्पन्न हुनु सकारात्मक उदाहरण भएको बताए।

‘विकास निर्माणका आयोजना वर्षौंसम्म अलपत्र पर्ने परिपाटीका बीच निर्धारित समयभन्दा अघि काम सम्पन्न हुनु निर्माण व्यवसायी, पूर्वाधार विकास कार्यालय, प्राविधिक टोली तथा सबै सरोकारवालाको प्रतिबद्धता, समन्वय र कार्यक्षमताको उत्कृष्ट उदाहरण हो,’ मुख्यमन्त्री पाण्डेले भने। उनले प्रदेश सरकार सुशासन र विकासप्रति प्रतिबद्ध रहेको पनि दोहोर्‍याए।

पूर्वाधार विकास कार्यालय गोरखाले विसं २०८२ असारमा गणेशकुण्ड इन्फ्रास्ट्रक्चर एण्ड बिल्डर्स प्रालिसँग ७ करोड ५१ लाख ३० हजार ८५९ रुपैयाँमा पुल निर्माणको ठेक्का सम्झौता गरेको थियो। त्यसपछि असोजदेखि निर्माण सुरु भएको पुल निर्माण कम्पनीले तोकिएको समयभन्दा १२ महिना अगावै सम्पन्न गरेको हो।

६० मिटर लम्बाइको उक्त मोटरेबल पुल सञ्चालनमा आएपछि गोरखा नगरपालिका र शहीद लखन गाउँपालिकाका बासिन्दाको आवतजावत सहज भएको छ।

स्थानीयका अनुसार पुल निर्माणअघि हिउँदमा मात्रै सवारी सञ्चालन हुने उक्त सडकखण्डमा अब वर्षभरि नै निर्बाध रूपमा सवारी सञ्चालन हुने भएको छ।

प्रकाशित मिति : २७ असार २०८३, शनिबार  ४ : ५९ बजे

बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैङ्कले बुधबारका लागि विदेशी मुद्राको विनिमय

बुधबार श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौँ – २०८३ साल भदौ १० गते बुधबार सन् २०२६

आज २०८३ साल भदौ १० गते बुधबारको राशिफल

काठमाडौँ – २०८३ साल भदौ १० गते बुधबार सन् २०२६

यू–१९ एसिया कप र विश्वकपका लागि नेपालको प्रारम्भिक टोली घोषणा

काठमाडौँ : आसन्न एसिया कप र आउँदो वर्ष आयोजना हुने आइसिसी

विदेश पठाउने भन्दै ठगी गर्ने पाँच जना पक्राउ

काठमाडौँ । प्रहरीले वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न