अर्थ समाचार : नेप्सेमा छैन उत्साह, कसरी चल्ला हेटौँडा कपडा उद्योग र भारतबाट सागसब्जी आयात घटेपछि स्थानीय उत्पादनको माग बढ्यो « Khabarhub

अर्थ समाचार : नेप्सेमा छैन उत्साह, कसरी चल्ला हेटौँडा कपडा उद्योग र भारतबाट सागसब्जी आयात घटेपछि स्थानीय उत्पादनको माग बढ्यो


२७ श्रावण २०८३, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

आज पनि नेप्से परिसूचक झिनो अंकमै सीमित

धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज झिनो अंकले बढेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)का अनुसार नेप्से परिसूचक शून्य दशमलव ५५ अंकले बढेर दुई हजार छ सय ४२ दशमलव ४० मा पुगेको छ ।

ठूला कम्पनीको कारोबार मापक सेन्सेटिभ परिसूचक एक दशमलव ३९ अंकले बढेर चार सय ६३ दशमलव ६१ मा पुगेको छ । त्यस्तै, फ्लोट परिसूचक शून्य दशमलव २० अंकले बढेर एक सय ८१ दशमलव ५६ तथा सेन्सेटिभ फ्लोट परिसूचक शून्य दशमलव ४८ अंकले बढेर एक सय ५६ दशमलव ९६ मा पुगेको छ ।

आज विभिन्न कम्पनीका ८७ लाख एक हजार नौ सय ४४ कित्ता सेयर तीन अर्ब ५३ करोड २१ लाख पाँच हजार पाँच सय १८ मूल्यमा खरिदबिक्री भएका छन् ।

गत वर्ष १० करोडमा सीमित भएको ज्योति विकास बैंकको नाफा १ अर्ब नाघ्यो

भारतबाट सागसब्जी आयात घटेपछि नेपालगञ्जमा स्थानीय उत्पादनको माग बढ्यो

कालोबजारी गर्ने पेट्रोलपम्प र ग्यास डिलरको इजाजत खारेज गर्न निर्देशन

हेटौँडा कपडा उद्योग कसरी चलाउन उपयुक्त हुन्छ ?

साढे दुई दशकदेखि बन्द अवस्थामा रहेको सरकारी स्वामित्वको हेटौँडा कपडा उद्योगमा केही दिनयता परीक्षण उत्पादन भइरहेको छ । वालेन्द्र शाह नेतृत्वको सरकारको निर्णयसँगै नेपाली सेनाले डेढ महिनादेखि उद्योगको तान (लुम) परीक्षण सफल भएको भनिएको छ ।

उक्त उद्योगलाई पुनः सञ्चालनमा ल्याउने विषयमा विगतका सरकारले पनि पटक–पटक निर्णय गर्दै आएका थिए । तर, ती निर्णय कार्यान्वयनमा आउन सकेका थिएनन् । तर, यसपटक भने नेपाली सेनाले परीक्षण उत्पादन नै सुरू गरेको छ । त्यसैले अब कुनै न कुनै मोडेलमा उद्योग सञ्चालनमा जान्छ कि भन्ने धेरैको अनुमान छ ।

मोन्ट्रा इलेक्ट्रिकद्वारा नेक्स्ट जेनेरेसन इलेक्ट्रिक थ्री-ह्विलर ‘सुपर अटो’ सार्वजनिक

कुमारी बैंकद्वारा शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रलाई आर्थिक सहयोग

ओखलढुङ्गा–रुम्जाटार सडक कालोपत्र गरिँदै

प्रकाशित मिति : २७ श्रावण २०८३, बुधबार  ७ : ०४ बजे

एमालेले स्वीकार्‍यो : जनताको बदलिएको मनोविज्ञान बुझ्न असफल भयौँ

काठमाडौं– नेकपा एमालेले गत फागुन २१ गतेको पछिल्लो निर्वाचनमा आफ्नो

मेसीको भावुक सन्देश- ‘बुवा, तपाईं अब हुनुहुन्न भन्ने विश्वासै लाग्दैन’

 काठमाडौं– अर्जेन्टिनाका स्टार फुटबलर लियोनल मेसीले आफ्ना दिवंगत बुवा जर्ज मेसीलाई

आईजीपी कार्कीको आक्रोश, ‘हामी नै सबैभन्दा काम नलाग्ने मानिस रहेछौँ कि जस्तो लाग्यो’

काठमाडौं– निर्वाचन प्रहरीको पोसाक खरिदमा अनियमितताको उजुरीबारे संसद्को सार्वजनिक लेखा

एमालेकै प्रतिवेदन भन्छ- ओलीलाई नेतृत्वबाट बिदा गरौँ, उमेर हद र दुई कार्यकालको सीमा ब्युत्याऊँ

काठमाडौं– नेकपा एमालेको निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलले पार्टीलाई