पोखरा बसपार्क क्षेत्रका सुकुम्बासी हटाउने प्रक्रिया आइतबारदेखि अघि बढ्दै « Khabarhub

पोखरा बसपार्क क्षेत्रका सुकुम्बासी हटाउने प्रक्रिया आइतबारदेखि अघि बढ्दै


२७ भाद्र २०८३, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


105
Shares
  • change font
  • change font
  • change font

कास्की – पोखरा महानगरपालिकाले पृथ्वीचोकस्थित प्रस्तावित पोखरा बसपार्क क्षेत्रमा लामो समयदेखि बसोबास गर्दै आएका भूमिहीन दलित, भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको व्यवस्थापन प्रक्रिया पुनः अघि बढाउने भएको छ।

महानगरले गरेको छानबिनको अन्तिम प्रतिवेदन अनुसार बसपार्क क्षेत्रमा कुल ५६७ परिवारको बसोबास रहेको छ। जसमा १४४ परिवार भूमिहीन दलित, १८१ परिवार भूमिहीन सुकुम्बासी र २४२ परिवार अव्यवस्थित बसोबासी रहेका छन्। नगर कार्यपालिका बैठकले यी परिवारको विवरण प्रमाणीकरण गरिसकेको छ।

महानगर प्रमुख धनराज आचार्यले बसपार्क क्षेत्रमा रहेका वास्तविक भूमिहीन तथा सुकुम्बासी परिवारलाई वैकल्पिक व्यवस्था गरेर मात्रै साविकको स्थानबाट हटाइने बताए। उनका अनुसार जग्गा व्यवस्थापनका लागि केही स्थान पहिचान भइसकेको छ र जिल्ला भूमि आयोगमार्फत बाँकी प्रक्रिया आउँदो आइतबारदेखि अघि बढाइनेछ।

‘हालै भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीका कारण उद्धार र राहतमा केन्द्रित हुनुपर्दा बस्ती व्यवस्थापनको काम केही दिन रोकिएको थियो,’ प्रमुख आचार्यले भने, ‘अब भने बाँकी निर्णय प्रक्रिया पुनः सुरु हुनेछ।’ उनले मनसुन कमजोर भएसँगै फिर्के खोला सीमांकन तथा मापदण्ड कार्यान्वयनको बाँकी काम पनि सँगै अघि बढाउने जानकारी दिए।

पोखरामा सुविधासम्पन्न बसपार्क निर्माणका लागि २०३२ सालमै जग्गा अधिग्रहण गरिएको थियो। तर, योजना बनेको पाँच दशक बितिसक्दा पनि सुकुम्बासी बस्ती र अतिक्रमणका कारण बसपार्क बन्न सकेको छैन। जसका कारण पृथ्वीचोकको सडकमै गाडी पार्क गरेर यात्रु ओसारपसार गर्नुपर्ने बाध्यता छ।

पछिल्लो समय महानगरले बसपार्कभित्रका अनधिकृत व्यापारिक सटरहरू हटाइसकेको छ। जमिन खाली गराएपछि दक्षिण कोरियाली विकास नियोग (कोइका) को सहयोगमा प्रविधिमैत्री र वातावरणमैत्री बसपार्क निर्माण गर्ने महानगरको योजना छ।

प्रकाशित मिति : २७ भाद्र २०८३, शनिबार  ६ : ४५ बजे

वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध निर्वाचित

काठमाडौं । नेपाली कांग्रेसको वरिष्ठ उपसभापति पदमा विश्वप्रकाश शर्मा निर्विरोध

नवनिर्वाचित कांग्रेस उपसभापति भुसाल भन्छिन्- चुनाव लड्न चाहन्थेँ, साथीहरुले माया गर्नुभयो

काठमाडौं- नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट उपसभापतिमा पुष्पा भुसाल निर्विरोध निर्वाचित

कांग्रेस महाधिवेशनमा मनोनयन सकियो, सहमहान्त्रीमा उम्मेदवारको ताँती

काठमाडौं- राजधानीमा जारी नेपाली कांग्रेसको महाधिवेशनअन्तर्गत मंगलबार विभिन्न पदका लागि

आजका समाचार : कांग्रेस महाधिवेशनमा मनोनयन दर्ता, विश्व र पुष्पा निर्विरोध, टीकाको साइत सार्वजनिक  र भौतिकशास्त्रतर्फ नोबेल पुरस्कार

कांग्रेस सभापतिमा गगन थापाको उम्मेदवारी दर्तानेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सभापति

निजी क्षेत्रलाई नीति निर्माण र कार्यान्वयनको प्रक्रियामा सहभागी गराउनुपर्ने : अध्यक्ष श्रेष्ठ

काठमाडौं– नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष अञ्जन श्रेष्ठले जलवायु परिवर्तनका