संरक्षणको प्रतीक्षामा तिलौराकोटका ऐतिहासिक जोडी स्तूप « Khabarhub

संरक्षणको प्रतीक्षामा तिलौराकोटका ऐतिहासिक जोडी स्तूप


२७ भाद्र २०८३, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

कपिलवस्तु- शान्ति, करुणा र अहिंसाको सन्देशमार्फत विश्व मानव समुदायलाई मार्गदर्शन गरेका भगवान् गौतम बुद्धको बाल्यकाल र युवावस्थासँग जोडिएका तिलौराकोटका ऐतिहासिक जोडी स्तूप संरक्षणको प्रतीक्षामा छन्।

पुरातात्त्विक दृष्टिले महत्वपूर्ण तिलौराकोट दरबार क्षेत्रलाई बुद्धत्व प्राप्त गर्नुअघि सिद्धार्थ गौतमले २९ वर्ष बिताएको स्थानका रूपमा लिइन्छ। यही कारण तिलौराकोट विश्वभरका बौद्ध धर्मावलम्बी तथा पर्यटकका लागि महत्वपूर्ण ऐतिहासिक एवं धार्मिक तीर्थस्थलका रूपमा परिचित छ।

तिलौराकोट दरबार क्षेत्रको उत्तर–पश्चिम भागमा रहेका दुई ऐतिहासिक स्तूप भने लामो समयदेखि संरक्षणको अभावमा छन्। तीमध्ये एउटा ठूलो र अर्को तुलनात्मक रूपमा सानो आकारको छ। पुरातात्त्विक अध्ययनका आधारमा यी स्तूप बुद्धका पिता राजा शुद्धोधन र माता मायादेवीको स्मरणमा निर्माण गरिएको हुन सक्ने अनुमान गरिएको छ।

कपिलवस्तुमा बुद्धसँग सम्बन्धित ऐतिहासिक तथा पुरातात्त्विक महत्वका थुप्रै सम्पदा छन्। तर उचित संरक्षण र व्यवस्थापनको अभावमा कतिपय सम्पदा जीर्ण बन्दै गएका छन्। केही पुरातात्त्विक स्थल ढिस्कोका रूपमा मात्र अस्तित्वमा छन् भने उत्खनन भइसकेका कतिपय संरचनाको समेत व्यवस्थित संरक्षण हुन सकेको छैन।

स्थानीय शिवशङ्कर कान्दुले पुरातत्व विभाग, लुम्बिनी विकास कोष तथा स्थानीय तहले समयमै यस्ता सम्पदाको संरक्षणमा ध्यान दिनुपर्ने बताए। 

“यस्ता महत्व बोकेका सम्पदालाई समयमा संरक्षण गरिएन भने भविष्यमा खोजेर वा निर्माण गरेर पनि पुनः बनाउन सकिँदैन,” उनले भने।

खुला आकाशमुनि रहेका जोडी स्तूप घाम, पानीलगायत प्राकृतिक कारणले क्रमशः क्षतिग्रस्त हुँदै गएको स्थानीय पथप्रदर्शक राजकुमार यादवले बताउनुभयो। उनका अनुसार स्तूपमाथि छानो निर्माण गर्नुका साथै वरिपरि तारबार लगाउने र नियमित सरसफाइको व्यवस्था गर्न आवश्यक छ।

जोडी स्तूपको संरक्षणका लागि चालु आर्थिक वर्षमै स्तूप वरिपरि सुरक्षा पर्खाल निर्माण गर्ने योजना रहेको लुम्बिनी विकास कोष, तिलौराकोटका प्रमुख दामोदर सापकोटाले बताए। उनले स्तूप क्षेत्रको नियमित सरसफाइका लागि आवश्यक जनशक्तिको अभाव रहेको जानकारी दिए ।

पुरातत्व विभागले जोडी स्तूपको उत्खनन सन् १९६८ र १९६९ मा गरेको थियो। पुरातत्वविद्हरूका अनुसार ठूलो स्तूप चौथो शताब्दीमा निर्माण भएको मानिन्छ। पुरातात्त्विक अध्ययनअनुसार ठूलो स्तूप चार चरणमा निर्माण गरिएको थियो भने सानो स्तूप एकै चरणमा निर्माण गरिएको देखिएको छ।

ऐतिहासिक तथा पुरातात्त्विक दृष्टिले महत्वपूर्ण यी स्तूपको संरक्षण हुन सकेमा तिलौराकोटको ऐतिहासिक महत्व थप उजागर हुनुका साथै बौद्ध पर्यटन प्रवर्द्धनमा समेत योगदान पुग्ने स्थानीयवासीको अपेक्षा छ।

प्रकाशित मिति : २७ भाद्र २०८३, शनिबार  १२ : २९ बजे

अवरोध हटे पाँच वर्षमा वस्तु तथा सेवा निर्यात ११२ प्रतिशत बढ्ने

काठमाडौँ– नेपालबाट हुने वस्तु तथा सेवा निर्यातका प्रमुख अवरोध हटाउन

बढ्दो प्रतिस्पर्धाबीच भारतबाट बाहिरियो सेभेन–इलेभेन

नयाँदिल्ली– भारतमा सञ्चालनमा रहेका सेभेन–इलेभेनका सबै कन्भिनियन्स स्टोर बन्द भएका

बाँकेमा एक वर्षमा ४१७ जनाले लिए सुरक्षित गर्भपतन सेवा

नेपालगञ्ज– बाँके जिल्लामा सुरक्षित गर्भपतन सेवा लिनेको सङ्ख्या अघिल्लो आर्थिक

कांग्रेस सभापतिमा गगन थापाको उम्मेदवारी दर्ता

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सभापति पदका लागि गगनकुमार थापाले

दसैँमा देशभर लिङ्गे पिङ निर्माण गर्दै पर्यटन बोर्ड

काठमाडौं– नेपालीहरूको महान् पर्व बडादसैँको अवसरमा मौलिक संस्कृति, परम्परा र