पाकिस्तानमा विद्यालयको पर्खाल भत्किदा पाँच जनाको मृत्यु « Khabarhub

पाकिस्तानमा विद्यालयको पर्खाल भत्किदा पाँच जनाको मृत्यु


२७ भाद्र २०८३, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– पाकिस्तानको दक्षिणी बन्दरगाह सहर कराचीमा सरकारी विद्यालयको  पर्खाल  भत्किएपछि पाँच जनाको मृत्यु हुनुका साथै अन्य दुई जना घाइते भएको प्रहरी तथा उद्धार अधिकारीहरूले बताएका छन् ।

ओराङ्गी सहरको मोमिनाबाद क्षेत्रमा भएको उक्त घटनामा सात जना भग्नावशेषमुनि फसेको अवस्थाबाट उद्धार गरिएको उद्धार सेवाका प्रवक्ताले बताए।

उनका अनुसार तीन जनाको घटनास्थलमै मृत्यु भएको थियो भने थप दुई जनाको नजिकैको अस्पतालमा उपचारको लागि लैजाँदै गर्दा मृत्यु भएको थियो । 

प्रहरीले प्रारम्भिक अनुसन्धानबाट लागूऔषध दुर्व्यसनीहरू प्रायः पर्खाल नजिकै भेला भई कथित रूपमा यसबाट फलामका रडहरू हटाउने प्रयास गरिरहेको कारण संरचनालाई कमजोर बनाएकाले घटना यो घटेको हुन सक्ने अनुमान गरेको छ ।

प्रकाशित मिति : २७ भाद्र २०८३, शनिबार  १२ : ४० बजे

अवरोध हटे पाँच वर्षमा वस्तु तथा सेवा निर्यात ११२ प्रतिशत बढ्ने

काठमाडौँ– नेपालबाट हुने वस्तु तथा सेवा निर्यातका प्रमुख अवरोध हटाउन

बढ्दो प्रतिस्पर्धाबीच भारतबाट बाहिरियो सेभेन–इलेभेन

नयाँदिल्ली– भारतमा सञ्चालनमा रहेका सेभेन–इलेभेनका सबै कन्भिनियन्स स्टोर बन्द भएका

बाँकेमा एक वर्षमा ४१७ जनाले लिए सुरक्षित गर्भपतन सेवा

नेपालगञ्ज– बाँके जिल्लामा सुरक्षित गर्भपतन सेवा लिनेको सङ्ख्या अघिल्लो आर्थिक

कांग्रेस सभापतिमा गगन थापाको उम्मेदवारी दर्ता

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सभापति पदका लागि गगनकुमार थापाले

दसैँमा देशभर लिङ्गे पिङ निर्माण गर्दै पर्यटन बोर्ड

काठमाडौं– नेपालीहरूको महान् पर्व बडादसैँको अवसरमा मौलिक संस्कृति, परम्परा र