अस्थायी दरबन्दीका स्वास्थ्यकर्मीलाई अन्यत्र नखटाउन मधेश सरकारको निर्देशन « Khabarhub

अस्थायी दरबन्दीका स्वास्थ्यकर्मीलाई अन्यत्र नखटाउन मधेश सरकारको निर्देशन


२७ भदौ २०८३, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


90
Shares
  • change font
  • change font
  • change font

जनकपुर– मधेश प्रदेश सरकारले अस्थायी दरबन्दीमा कार्यरत स्वास्थ्यकर्मी तथा कर्मचारीलाई तत्काल अन्यत्र जिम्मेवारी नदिन स्वास्थ्य निकायलाई निर्देशन दिएको छ। 

प्रदेश मन्त्रिपरिषद्को निर्णय कार्यान्वयन गर्दै स्वास्थ्य मन्त्रालयले आर्थिक वर्ष २०८३/०८४ को अस्थायी दरबन्दी स्वीकृत नभएसम्म यस्तो व्यवस्था गर्न पत्राचार गरेको हो। 

गत आर्थिक वर्षको अस्थायी दरबन्दीमा रहेका चिकित्सक, स्वास्थ्यकर्मी तथा कर्मचारीलाई अन्य कार्यालयमा हाजिर गराउने वा कामकाजमा खटाउने कार्यसमेत रोक्न भनिएको छ।

मन्त्रालयले निर्णयअनुसार प्रक्रिया अघि बढाउन सम्बन्धित स्वास्थ्य निकायलाई निर्देशन दिएको जनाएको छ।

प्रकाशित मिति : २७ भदौ २०८३, शनिबार  २ : २३ बजे

शरद् ऋतुमा ४४ हिमाल आरोहण गर्न ७६ देशका आरोहीलाई अनुमति

काठमाडौँ– शरद् ऋतुमा नेपालका ४४ हिमाल आरोहण गर्न ७६ देशका

दसैँमै फुल्यो तिहारलाई लगाएको सयपत्री, चिन्तामा किसान (तस्बिरहरू)

तनहुँ– तिहार आउन दुई साता बाँकी छँदै तनहुँका किसानको खेतमा सयपत्री

सशस्त्र प्रहरी बल र भारतीय सशस्त्र सीमा बलबीच बैठक

काठमाडौँ– सशस्त्र प्रहरी बल नेपाल र भारतीय सशस्त्र सीमा बलबीच

मुलुकलाई जोगाउन आन्दोलनको विकल्प छैन: अध्यक्ष ओली

काठमाडाैँ – नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले

परराष्ट्रमन्त्री खनालसँग नेपालका लागि फ्रान्सका राजदूत पुइगिन्जाको शिष्टाचार भेट

काठमाडौँ – परराष्ट्रमन्त्री शिशिर खनालसँग नेपालका लागि फ्रान्सकी नवनियुक्त राजदूत