सरकारले निजी क्षेत्रलाई पत्र लेखेरै भन्यो- ‘कामदारलाई एक महिनाको पारिश्रमिक बराबर चाडपर्व खर्च दिनू’ « Khabarhub

सरकारले निजी क्षेत्रलाई पत्र लेखेरै भन्यो- ‘कामदारलाई एक महिनाको पारिश्रमिक बराबर चाडपर्व खर्च दिनू’


२६ आश्विन २०८३, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


90
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सरकारले निजी क्षेत्रका छाता संगठनहरूलाई पत्र लेखेरै श्रमिकलाई चाडपर्वमा एक महिना बराबरको पारिश्रमिक उपलब्ध गराउन भनेको छ । 

श्रम तथा व्यवसायजन्य सुरक्षा विभागले प्रचलित कानुनबमोजिम श्रमिकहरूलाई चाडपर्व खर्च उपलब्ध गराउन विभिन्न रोजगारदाता, उद्योग-व्यवसाय तथा निजी शैक्षिक क्षेत्रका छाता सङ्गठनहरूलाई निर्देशन दिएको हो । 

पत्रमार्फत विभागले श्रम ऐनको कानुनी व्यवस्थालाई प्रभावकारी रूपमा कार्यान्वयन गराउन सम्बद्ध संस्थाहरूको ध्यानाकर्षण पनि गराएको छ ।

विभागका अनुसार श्रम ऐन, २०७४ को दफा ३७ मा प्रचलित धर्म, संस्कृति तथा परम्परानुसार मनाइने चाडपर्वका लागि प्रत्येक श्रमिकले आफूले खाईपाई आएको एक महिनाको आधारभूत पारिश्रमिक बराबरको रकम प्रत्येक वर्ष चाडपर्व खर्चका रूपमा पाउने व्यवस्था रहेको छ । उक्त कानुनी व्यवस्थाको प्रभावकारी कार्यान्वयनका लागि सम्बद्ध रोजगारदाता तथा प्रतिष्ठानहरूलाई आवश्यक जानकारी गराई प्रत्येक श्रमिकलाई कानुनबमोजिम चाडपर्व खर्च उपलब्ध गराउने व्यवस्था मिलाउन पत्रमा भनिएको छ ।

विभागले नेपाल उद्योग वाणिज्य महासङ्घ, नेपाल उद्योग परिसङ्घ, नेपाल चेम्बर अफ कमर्स, निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) र राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (एन-प्याब्सन) लाई पत्राचार गर्दै सम्बद्ध रोजगारदाताहरूलाई जानकारी गराई चाडपर्व खर्च उपलब्ध गराउन निर्देशन दिएको छ ।

प्रकाशित मिति : २६ आश्विन २०८३, सोमबार  १२ : ३६ बजे

पृथ्वी राजमार्ग भोलि ६ घण्टा बन्द हुने

काठमाडौं- त्रिशूली नदीको कटानका कारण सडक भासिएपछि धादिङको गलौँदी क्षेत्रमा पृथ्वी

एल निनोका कारण समुद्री तापक्रममा नयाँ रेकर्ड, सन् २०२७ मा विश्वव्यापी तापक्रम बढ्ने चेतावनी

पेरिस- शक्तिशाली एल निनोका कारण प्रशान्त महासागरको प्रमुख निगरानी क्षेत्रको समुद्री

आर्थिक कूटनीतिमार्फत लगानी र प्रविधि भित्र्याउने पाण्डेको प्रतिबद्धता

काठमाडौं– भारतका लागि प्रस्तावित राजदूत डा. निश्‍चल नाथ पाण्डेले नेपालमा

उपत्यकाबाट चोरी भई फेला परेका ५० मोटरसाइकल र स्कुटर धनीलाई हस्तान्तरण

काठमाडौं–  काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट

पाकिस्तानमा इमरान खानको पार्टीका २७८ सदस्य पक्राउ

पेशावर- पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तमा आपत्कालीन शासन लागू गरिएपछि जेलमा रहेका