बस अनियन्त्रित भई पल्टिँदा चालकसहित ७ जना घाइते « Khabarhub

बस अनियन्त्रित भई पल्टिँदा चालकसहित ७ जना घाइते


२६ आश्विन २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नवलपरासी पश्‍चिम बर्दघाट नगरपालिका-४, यस मोड नजिक पूर्व-पश्चिम राजमार्गमा बस अनियन्त्रित भई पल्टिँदा चालक र सहचालकसहित ७ जना घाइते भएका छन् ।

सोमबार बिहान करिब ७:३० बजे काठमाडौंबाट धनगढीतर्फ जाँदै गरेको सुदूरपश्चिम यातायातको सु.प्र.०१-००१ ख २३३० नम्बरको बस अनियन्त्रित भई सडकमा पल्टिएको थियो । 

बसमा करिब ४०-४५ जना सवार रहेकोमा घाइते भएका ७ जनालाई उपचारका लागि बर्दघाट नगर अस्पताल, चिसापानी पठाइएको छ ।

घाइते हुनेमा दार्चुलाको मालिकार्जुन गाउँपालिका–२ का ५२ वर्षीय पुष्कर सिंह धामी, अछामको साँफेबगर नगरपालिका–५ की २६ वर्षीया मौसमी ओढ, दार्चुलाको मार्मा गाउँपालिका–३ का ३० वर्षीय भगवती अवस्थी, ४८ वर्षीय धनञ्जय जोशी, कैलालीको लम्कीचुहा नगरपालिका–८ की २९ वर्षीया निर्मला खड्का, गौरीगंगा नगरपालिका–१० का ३९ वर्षीय बसचालक इन्द्र विक र गोदावरी नगरपालिका–१ का ४६ वर्षीय सहचालक मोहन जोशी घाइते भएका छन् ।

घाइतेमध्ये मौसमी ओढको अवस्था मध्यम रहेको छ भने अन्य सबैको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।

 
बस पल्टिने क्रममा सोही दिशाबाट आउँदै गरेको भारतीय ट्रक नम्बर एचआर३९ जी २८७६ मा समेत सामान्य ठक्कर लाग्दा ट्रकको पछाडिको भागमा क्षति पुगेको छ ।

घटनाको जानकारी प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय बर्दघाटबाट प्रहरी निरीक्षकको कमान्डमा ट्राफिक प्रहरीसहित ११ जनाको टोली घटनास्थलमा खटिएको थियो ।

दुर्घटनापछि पनि पूर्व-पश्चिम राजमार्गमा यातायात पूर्ण रूपमा सञ्चालनमा रहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २६ आश्विन २०८३, सोमबार  १ : २५ बजे

उपभोग्य वस्तुमा कृत्रिम अभाव र मूल्यवृद्धि नगर्न प्रशासनको आग्रह

ताप्लेजुङ- जिल्ला प्रशासन कार्यालय ताप्लेजुङले चाडपर्वका बेला दैनिक उपभोग्य वस्तुको कृत्रिम

स्कुल बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

नवलपुर– नवलपरासी (बर्दघाट-सुस्तापूर्व)को गैँडाकोटमा स्कुल बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

बाढीबाट बचेका सामान निकाल्दै स्याउली बजारका बासिन्दा (तस्बिरहरू)

काठमाडौं– त्रिपुरासुन्दरी गाउँपालिका–२, स्याउली बजारका बासिन्दा बाढीबाट जोगाउन सफल भएका

चुम उपत्यका पुगेका पर्यटक अलपत्र

गोरखा– भ्रमणका क्रममा चुम उपत्यका पुगेका पर्यटकहरू अलपत्र परेका छन्