हारले राजनीति सकिँदैन, नयाँ सिराबाट अघि बढ्छु : गुरुराज घिमिरे « Khabarhub

हारले राजनीति सकिँदैन, नयाँ सिराबाट अघि बढ्छु : गुरुराज घिमिरे


२६ आश्विन २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसका निवर्तमान महामन्त्री गुरुराज घिमिरेले महामन्त्री पदमा पराजित हुँदैमा आफ्नो राजनीतिक यात्रा समाप्त नहुने बताएका छन् । उनले नयाँ सिराबाट अघि बढ्दै पार्टीभित्र पुस्तान्तरण, रूपान्तरण र समयानुकूल परिवर्तनको आवाज उठाइरहने बताएका हुन् ।

नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा महामन्त्री पदमा पराजित भएपछि खबरहबसँग कुरा गर्दै घिमिरेले हारलाई आफूले दुःखका रूपमा नलिएको बताए । उनले आगामी दिनमा पनि पार्टीलाई युवाको भावना समेट्ने र पुस्तान्तरणको एजेन्डा बोकेको संगठन बनाउन भूमिका खेल्ने उल्लेख गरे।

‘हारले मेरो राजनीति समाप्त पार्दैन । मैले हारलाई दुःख मानेको छैन । नयाँ सिराबाट राजनीति अगाडि बढाउनुपर्ने चुनौती छ’, घिमिरेले भने, ‘नेपाली कांग्रेसमा हाम्रो कारण पुस्तान्तरण, रूपान्तरण र परिवर्तनशील पार्टी बनाउने आवाज बलियो भएको छ । त्यसमा हामीले गौरव गर्नुपर्छ । मेरो हारले सबैथोक सकियो भन्ने होइन, म नयाँ ढङ्गले अगाडि बढ्छु ।’

उनले नयाँ ढङ्गले अघि बढ्नुको अर्थ पार्टी छाड्नु नभएको स्पष्ट पार्नुभयो । पार्टीभित्र रहेरै सशक्त रूपमा रूपान्तरण र समयअनुकूल परिवर्तनको पक्षमा आवाज उठाउने उनको भनाइ छ ।

‘जहाँ रहेर भए पनि कांग्रेसलाई बलियो बनाउन र जरादेखि बिग्रिएको कांग्रेसलाई उकास्न हामी निरन्तर खट्छौँ’, घिमिरेले भने।

महाधिवेशनबाट निर्वाचित नेतृत्वसामु पनि कांग्रेसलाई तल्लो तहदेखि नै सुधार गरेर अघि बढ्ने चुनौती रहेको उनले बताए। महाधिवेशन उल्लासमय रूपमा सम्पन्न भए पनि पार्टीका सामु थुप्रै चुनौती रहेकाले तिनलाई सम्बोधन गर्न मेहनत आवश्यक रहेको उनको भनाइ छ ।

गत पुसको अन्तिम साता भएको कांग्रेसको विशेष महाधिवेशनबाट महामन्त्री निर्वाचित घिमिरे १५औँ महाधिवेशनमा भने पराजित भएका हुन् । विशेष महाधिवेशनबाट महामन्त्री बनेका अर्का नेता प्रदीप पौडेलले भने १५औँ महाधिवेशनमा पुनः महामन्त्री पदमा विजय हासिल गरेका छन् ।

कांग्रेसभित्र पुस्तान्तरण र रूपान्तरणको आवाज उठाउँदै आएका घिमिरेले निर्वाचनमा पराजित भए पनि पार्टीप्रतिको आफ्नो जिम्मेवारी कमजोर नहुने बताए । उनले आगामी दिनमा पनि कांग्रेसलाई बलियो बनाउन र समयानुकूल परिवर्तनका लागि निरन्तर सक्रिय रहने प्रतिबद्धता जनाएका छन् ।

प्रकाशित मिति : २६ आश्विन २०८३, सोमबार  १ : ३५ बजे

देश दुःखमा पर्दा हामीलाई पनि आँसु आउँछ: गौतम दाहाल

काठमाडौँ – नेपाली कांग्रेसको १५ औँ महाधिवेशनमा सहभागी हुन अमेरिकाबाट

विशेष प्रकृतिका विद्यालयलाई शिक्षा ऐनमा समेट्नुपर्नेमा जोड

काठमाडौँ– विशेष प्रकृतिका विद्यालयलाई शिक्षा ऐनमा समेट्दै स्वायत्त र प्रभावकारी

लिस्ट वितरण हुँदा कांग्रेसभित्र अस्वस्थ प्रतिस्पर्धा भयो : गुरुराज घिमिरे

नेपाली कांग्रेसमा विशेष महाधिवेशनका लागि हस्ताक्षर अभियान चलाउने तथा पार्टीमा

विगतका तिक्तता बिर्सेर कांग्रेसलाई एकताबद्ध बनाउँछु : प्रदीप पौडेल

काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले विगतका तिक्तता बिर्सेर पार्टीलाई

उपभोग्य वस्तुमा कृत्रिम अभाव र मूल्यवृद्धि नगर्न प्रशासनको आग्रह

ताप्लेजुङ- जिल्ला प्रशासन कार्यालय ताप्लेजुङले चाडपर्वका बेला दैनिक उपभोग्य वस्तुको कृत्रिम