आज २०८२ साल पुस २८ गते सोमबारको राशिफल « Khabarhub

आज २०८२ साल पुस २८ गते सोमबारको राशिफल


२८ पुस २०८२, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


2.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आज २०८२ साल पुस २८ गते सोमबार तदनुसार सन् २०२६ जनवरी १२ तारिख । माघ कृष्ण पक्षको नवमी तिथि । नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। खबरहबका लागि ज्योतिष पण्डित सूर्यनाथ लुइटेलले तयार पार्नुभएको आजको फलादेश:

मेष : दिन राम्रो छ । धनलक्ष्मी योग परेकाले सम्पत्तिको सदुपयोग गर्दा राम्रो हुनेछ । राज्यको तर्फबाट सामाजिक सेवा गर्ने अवसर मिल्नेछ । शिक्षामा मेहनतको खाँचो देखिन्छ । साथीले कुरा काट्ने भएकाले सचेत भएर काम गर्नुपर्नेछ ।

वृष : मन शान्त बन्नेछ । स्वास्थ्यमा भने समस्या हुनसक्छ । शिक्षाको क्षेत्रमा सफलता मिल्नेछ । परिवारको साथमा बसेर रमाइलो गर्ने अवसर मिल्नेछ ।

मिथुन : बोल्दा विवेक प्रयोग गर्नुपर्नेछ । सहकार्यबाट लगानी गरेमा फाइदा हुनेछ । दाजुभाइसँग सहकार्य भए हरेक क्षेत्रमा सफलता मिल्नेछ । स्वास्थ्यमा सुधार हुनेछ । शिक्षाको क्षेत्रमा गरेको प्रयास सफल बन्नेछ ।

कर्कट : परिवारसँग रमाइलो गर्ने अवसर मिल्नेछ । कुरा काट्नेहरु बढ्ने भएकाले बोल्दा ख्याल गर्नुपर्नेछ । पश्चिमको लामो यात्रामा नजानु राम्रो हुनेछ । परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ ।

सिंह : आम्दानीका दृष्टिले दिन राम्रो छ । लगानी गरेको भए फाइदा हुनेछ । शिक्षाको क्षेत्रमा गरेको प्रयास सफल बन्नेछ । सरस्वतीको स्मरण मात्र गरेमा प्रगति हुनेछ । परिवारको सल्लाहमा अगाडि बढ्दा फाइदा हुनेछ ।

कन्या : धनलक्ष्मी योग परेको छ । सदुपयोग गर्नुहोला । कृषि क्षेत्रको व्यापारबाट फाइदा हुनेछ । राज्यका तर्फबाट भयको जोखिम छ । स्वास्थ्यले साथ दिने योग छ । परिवारसँग बसेर रमाइलो गर्ने दिन छ। प्रेम सम्बन्ध सुमधुर बन्ने योग छ ।

तुला : शिक्षाको क्षेत्रमा गरेको लगानीबाट फाइदा हुनेछ । कुरा भन्दा काम बढी गरेर देखाउनुपर्नेछ । बौद्धिक व्यक्तिसँगको भेटले मन शान्त बन्नेछ । स्वास्थ्यमा सुधार हुनेछ । प्रेम सम्बन्ध सुमधुर बन्ने योग छ ।

वृश्चिक : पश्चिमको लामो यात्रा नगर्नु राम्रो हुनेछ । स्वास्थ्यमा समस्या हुनेछ । बिहान उठेर पिपलको दर्शन गरेर दिनको सुरुवात गरेमा मन शान्त बन्नेछ ।

धनु : बोली र व्यवहारमा एकरुपता भएमा आजको काम दीर्घकालीन बन्नेछ । स्वास्थ्यमा सुधार हुनेछ । विपक्षी शान्त रहेकाले काम सहजै बन्नेछ । परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ ।

मकर : मनमा खटपटी बढ्नेछ । शिक्षामा गरेको प्रयास ढिला भए पनि सफल बन्नेछ । ठुलो लगानी आफैं गर्दा घाटा हुने भएकाले सहकर्मी वा परिवारको सदस्यको साथ लिएमा फाइदा हुनेछ ।

कुम्भ : शिक्षामा गरेको प्रयास सफल बन्नेछ । स्वास्थ्यमा सुधार हुनेछ । धार्मिक कार्यमा सहभागी भएर दिनको सुरुवात गरेमा दैनिकी सहज बन्नेछ । परिवारको साथ र सहयोग प्राप्त हुनेछ । प्रेम सम्बन्ध सुमधुर बन्ने योग छ ।

मीन : खर्च बढ्नेछ । खर्च कटौती गर्नुपर्ने समय छ । अनुत्पादक क्षेत्रमा गरेको लगानीबाट घाटा हुनेछ । शनि दशालाई शान्त बनाउन बिहान उठेर गणेशलाई दूबो चढाउनु राम्रो हुनेछ । शिक्षामा गरेको मिहिनेतको फल मिल्नेछ ।

प्रकाशित मिति : २८ पुस २०८२, सोमबार  ५ : २१ बजे

हर्मुजमा इरानद्वारा जहाजमाथि आक्रमण

 एजेन्सी– हर्मुज जलघाँटी हुँदै आवतजावत गर्ने जहाजमाथि इरानले कारबाही थालेपछि अमेरिका–इरान

विकास बैंकहरूको वित्तीय स्थिति : पुँजी पर्याप्तता अनुपात १४.५७ र औसत खराब कर्जा ५ प्रतिशत माथि

काठमाडौं– नेपाल राष्ट्र बैंकद्वारा प्रकाशित विकास बैंकहरूको असार मसान्त २०८३

मध्यावधि निर्वाचनअघि ट्रम्पको ‘५ हजार डलर लाभांश’ घोषणा

एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आगामी नोभेम्बरमा हुने मध्यावधि निर्वाचनमा

भोटेकोशी बाढीपछि वीरगन्ज नाकामा दैनिक ७० प्रतिशतले आयात बढ्यो

बारा– भोटेकोशी बाढीपछि वीरगन्ज नाकाबाट दैनिक ७० प्रतिशत आयात बढेको वीरगन्ज

रसुवा भोर्ले बजारको पहिरो हटाइयो, १७ घण्टापछि खुल्यो नुवाकोट-धुन्चे सडक

रसुवा– रसुवाको नौकुण्ड गाउँपालिका–५ स्थित भोर्ले बजार, बागेश्वरी मन्दिरनजिकै बुधबार