स्वास्थ्य बीमा बोर्डले माग्यो विभिन्न पदमा कर्मचारी « Khabarhub

स्वास्थ्य बीमा बोर्डले माग्यो विभिन्न पदमा कर्मचारी


२८ पुस २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


135
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल सरकार अन्तर्गतको स्वास्थ्य बीमा बोर्डले करार सेवामा विभिन्न पदका लागि जनशक्ति माग गरेको छ । 

बोर्डले एक सुचना जारी गर्दै केन्द्रीय कार्यालय, प्रदेश शाखा कार्यालय तथा जिल्ला सम्पर्क शाखा कार्यालयका लागि कर्मचारी आवश्यक परेको जनाएको छ । 

सूचना अनुसार मेडिकल अधिकृत ६ जना, चार्टर्ड एकाउन्टेन्ट १ जना, हेल्थ इकोनोमिस्ट १ जना, जनस्वास्थ्य अधिकृत १ जना, एक्चुअरियन अधिकृत १ जना, सूचना प्रविधि सहायक ३ जना तथा दर्ता अधिकारी ६० जना गरी जम्मा ७३ जना कर्मचारी करार सेवामा पदपूर्ति गरिनेछ ।

इच्छुक तथा योग्य नेपाली नागरिकले सूचना प्रकाशित मितिले १५ दिनभित्र दरखास्त पेश गर्नुपर्नेछ । बोर्डका अनुसार स्वास्थ्य बीमा कार्यक्रमलाई थप प्रभावकारी बनाउन आवश्यक जनशक्ति व्यवस्थापन गर्न यो भर्ना प्रक्रिया अघि बढाइएको हो ।

प्रकाशित मिति : २८ पुस २०८२, सोमबार  १२ : १५ बजे

लागूऔषधसहित सात जना पक्राउ

बाँके– प्रहरीले बाँकेका दुई अलग–अलग स्थानबाट ६३ दशमलव ८९ ग्राम

भोटेकोशी बाढी : जुम्लाका ६३ जना अझै सम्पर्कविहीन

जुम्ला– भोटेकोशीमा बाढीमा परेर जुम्लाका ६३ जना अझै सम्पर्कविहीन रहेका

आज विश्वकर्मा पूजा र वास्तु दिवस मनाइँदै

काठमाडौँ – कालिगढले आज विश्वकर्माको पूजाआराधना गरी वास्तु दिवस एवम्

प्रतिनिधिसभाको बैठक बस्दै : के छ कार्यसूची ?

काठमाडौँ – सङ्घीय संसद्, प्रतिनिधिसभाको बैठक आज बस्दैछ । अपराह्न

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर