निर्वाचनमार्फत मुलुकको परिवर्तन गर्नसक्ने नेतृत्व चयन गर्न सञ्चारमन्त्रीको आह्वान « Khabarhub

निर्वाचनमार्फत मुलुकको परिवर्तन गर्नसक्ने नेतृत्व चयन गर्न सञ्चारमन्त्रीको आह्वान


२८ पुस २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले निर्वाचनमार्फत मुलुकको परिवर्तन गर्नसक्ने नेतृत्व चयन गर्न आह्वान गरेका छन् । 

सोमबार काठमाडौंमा नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को साधारणसभा उद्घाटन गर्दै मन्त्री खरेलले राजनीतिक दल र नेताको दास, अन्धभक्त र हनुमानको रुपमा प्रस्तुत नभई निर्वाचनमार्फत मुलुकको परिवर्तन गर्न सक्ने नेतृत्व चयन गर्न आह्वान गरेका छन् ।

मुलुकले परिवर्तन खोजेको अवस्थामा परिवर्तनका लागि मतदान गर्न उनले आग्रह गरे । सञ्चारमन्त्री खरेलले मुलुकको राजनीति आफ्नो परिवार र गुटका साथै सत्तामा पुग्न गठबन्धनमा केन्द्रित भएका कारण देश बन्न नसकेको बताए  । उनले आगामी फागुन २१ गते प्रतिनिधिसभाको निर्वाचन भएपछि सहज रुपमा नयाँ सरकारलाई सत्ता हस्तान्तरण गर्ने उल्लेख गरे । 

उनले पदमा कति समय रहने भन्ने भन्दा पनि पदमा रहेर गरेको कामको महत्त्व बढी हुने बताए । आफू छोटो समय सरकारमा रहे पनि आफ्नो कर्मलाई प्रभावकारी बनाउन ध्यान दिएको उनको भनाइ छ ।

प्रकाशित मिति : २८ पुस २०८२, सोमबार  १ : ५९ बजे

‘भूमिसम्बन्धी समस्या समाधानका लागि सहकार्य जरुरी’

काठमाडौँ– नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेलले भूमिहीन, सुकुम्वासी तथा

भोटेकोशी बाढी प्रभावितलाई काठमाडौँ विश्वविद्यालयको ८५ लाख सहयोग

काभ्रे– भोटेकोशी बाढीबाट प्रभावितको राहत तथा उद्धारका लागि काठमाडौँ विश्वविद्यालयले

राफिन्हाको ह्याट्रिकमा बार्सिलोनाको फराकिलो जित, रेसिङ सान्टान्डर ७-२ ले पराजित

काठमाडौँ – स्पेनिस ला लिगामा बार्सिलोनाले रेसिङ सान्टान्डरमाथि ७-२ को

मनसुनी वायुको प्रभाव, केही भूभागमा भारी वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

नेपाल र बंगलादेशबीच टि-२० शृंखला कीर्तिपुरमा हुँदै, पहिलोपटक टेस्ट राष्ट्र नेपालको मैदानमा

काठमाडौँ – नेपालले पहिलोपटक घरेलु मैदानमा टेस्ट मान्यता प्राप्त राष्ट्र