काठमाडौं- नेपाली कांग्रेसको विशेष महाधिवेशन पक्षीय नेताहरूले बहुमत प्रतिनिधिको आवाजलाई सुनेर सभापति शेरबहादुर देउवा नआए भोलि नै नयाँ नेतृत्व घोषणा हुने चेतावनी दिएका छन्।
काठमाडौंमा जारी नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनको दोस्रो दिन बन्द सत्र चलिरहँदा मिडिया सेन्टरमा आयोजित प्रेस ब्रिफिङमा नेता सुवास पोखरेलले यस्तो चेतावनी दिएका हुन् ।
विशेष महाधिवेशनको पक्षमा ६३ प्रतिशत प्रतिनिधि उभिएका बताउँदै उनले उनीहरू आवाजलाई अपनत्व गर्दै सभापति देउवा र कार्यवाहक सभापति पूर्णबहादुर खड्कासहितको नेतृत्व नआए यही मञ्चले नयाँ कार्यसमिति घोषणा गर्ने पोखरेलले बताए ।
सोमबार साँझ महाधिवेशनस्थल भृकुटीमण्डपमा आयोजित नियमित प्रेस ब्रिफिङमा मिडिया सेन्टरका संयोजक पोखरेलले हस्ताक्षर गर्ने महाधिवेशन प्रतिनिधिहरूको संख्या ६३ प्रतिशत पुगेको बताउँदै अब देउवासहित उपस्थित हुनुपर्ने उल्लेख गरे ।

उनले महामन्त्रीद्वय विश्वप्रकाश शर्मा र गगन थापासँगै सभापति देउवा पनि विशेष महाधिवेशनस्थलमा उभिनुपर्नेमा जोड दिए । ‘सभापतिज्यूलाई पनि महामन्त्रीद्वयसँगड्ढै छिट्टै सभामा आउन आउन आह्वान गर्छौँ’, उनले भने, ‘वर्तमान नेतृत्वले बहुमत प्रतिनिधिको आवाजलाई अपनत्व लिन यहाँ नआए भोलि यहीँबाट नयाँ कार्यसमिति चुनिएर अगाडि जान्छ ।’
उनले पार्टीलाई हाम्पन्थी र वाम्पन्थीहरूबाट बचाउन विशेष महाधिवेशन गरिएको पनि प्रष्टीकरण दिएका छन् । ‘वर्तमान नेतृत्वले वामपन्थी र हामपन्थीसँग उठबस गर्यो तर पार्टीको नीति मानेन’, उनले भने, ‘नेतृत्वले बाटो बिराउँदा देशमा आक्रोश पोखियो । त्यहीकारण विशेष महाधिवेशन गर्नुपरेको हो ।’













प्रतिक्रिया