विशेष महाधिवेशन पक्षधरको चेतावनी : सभापति नआए भोलि नै नयाँ नेतृत्व घोषणा हुन्छ « Khabarhub

विशेष महाधिवेशन पक्षधरको चेतावनी : सभापति नआए भोलि नै नयाँ नेतृत्व घोषणा हुन्छ


२८ पुस २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


408
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली कांग्रेसको विशेष महाधिवेशन पक्षीय नेताहरूले बहुमत प्रतिनिधिको आवाजलाई सुनेर सभापति शेरबहादुर देउवा नआए भोलि नै नयाँ नेतृत्व घोषणा हुने चेतावनी दिएका छन्।

काठमाडौंमा जारी नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनको दोस्रो दिन बन्द सत्र चलिरहँदा मिडिया सेन्टरमा आयोजित प्रेस ब्रिफिङमा नेता सुवास पोखरेलले यस्तो चेतावनी दिएका हुन् ।

विशेष महाधिवेशनको पक्षमा ६३ प्रतिशत प्रतिनिधि उभिएका बताउँदै उनले उनीहरू आवाजलाई अपनत्व गर्दै सभापति देउवा र कार्यवाहक सभापति पूर्णबहादुर खड्कासहितको नेतृत्व नआए यही मञ्चले नयाँ कार्यसमिति घोषणा गर्ने पोखरेलले बताए ।

सोमबार साँझ महाधिवेशनस्थल भृकुटीमण्डपमा आयोजित नियमित प्रेस ब्रिफिङमा मिडिया सेन्टरका संयोजक पोखरेलले हस्ताक्षर गर्ने महाधिवेशन प्रतिनिधिहरूको संख्या ६३ प्रतिशत पुगेको बताउँदै अब देउवासहित उपस्थित हुनुपर्ने उल्लेख गरे ।

उनले महामन्त्रीद्वय विश्वप्रकाश शर्मा र गगन थापासँगै सभापति देउवा पनि विशेष महाधिवेशनस्थलमा उभिनुपर्नेमा जोड दिए । ‘सभापतिज्यूलाई पनि महामन्त्रीद्वयसँगड्ढै छिट्टै सभामा आउन आउन आह्वान गर्छौँ’, उनले भने, ‘वर्तमान नेतृत्वले बहुमत प्रतिनिधिको आवाजलाई अपनत्व लिन यहाँ नआए भोलि यहीँबाट नयाँ कार्यसमिति चुनिएर अगाडि जान्छ ।’

उनले पार्टीलाई हाम्पन्थी र वाम्पन्थीहरूबाट बचाउन विशेष महाधिवेशन गरिएको पनि प्रष्टीकरण दिएका छन् । ‘वर्तमान नेतृत्वले वामपन्थी र हामपन्थीसँग उठबस गर्‍यो तर पार्टीको नीति मानेन’, उनले भने, ‘नेतृत्वले बाटो बिराउँदा देशमा आक्रोश पोखियो । त्यहीकारण विशेष महाधिवेशन गर्नुपरेको हो ।’

प्रकाशित मिति : २८ पुस २०८२, सोमबार  ६ : ४२ बजे

संसदीय राजनीतिलाई डा. राउतको बिदाइ : ‘पार्टी र साथीको दबाबमा दुई पटक निर्वाचन लडेँ’

काठमाडौँ – जनमत पार्टीका अध्यक्ष डा. सी. के. राउतले संसदीय

प्रि ओपन सेसन : करिब साढे २ अंकको वृद्धि

काठमाडौं– साताको दोस्रो कारोबार दिन साेमबार प्रि ओपन सेसनमा नेपाल

माडी नगरपालिकाद्वारा भूमि वर्गीकरण

चितवन– चितवनको माडी नगरपालिकाले पालिकाभित्र रहेको जमिनको वर्गीकरण गरेको छ

रुपन्देहीमा ११ लाख बढीको सामान बरामद

रुपन्देही– जिल्ला प्रहरी कार्यालय रुपन्देहीले करिव ११ लाखभन्दा बढीको अवैध

जुम्लामा ३३०‌.२८ हेक्टरमा डढेलोबाट वन क्षति

जुम्ला– जिल्लामा गत आर्थिक वर्षभर ३३०.२८ हेक्टरमा डढेलोबाट वन क्षति