काठमाडौं – नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनको कार्यतालिका संशोधन गरिएको छ। २०८२ पुस २७ र २८ गतेका लागि तय गरिएको विशेष महाधिवेशनमा साेमबारबाट बन्दसत्र सुरु भए पनि विभिन्न प्रतिवेदनहरूमाथिको छलफल लम्बिँदा कार्यक्रम निर्धारित समयमै सम्पन्न हुन नसकेको हो।
विशेष महाधिवेशन सचिवालयद्वारा जारी सूचनाअनुसार अब महाधिवेशन पुस २९ गते बिहान ८ः०० बजेदेखि पुनः सुचारू हुनेछ। संशोधित कार्यतालिकाअनुसार भोलि पनि बन्दसत्र जारी रहनेछ।
साथै, महाधिवेशन प्रतिनिधिहरूको दर्ता प्रक्रिया भोलि समेत निरन्तर रहने सचिवालयले जनाएको छ। महाधिवेशनमा पेश भएका राजनीतिक, सांगठनिकलगायत विभिन्न प्रतिवेदनमाथि प्रतिनिधिहरूबीच गहन छलफल भइरहेको जनाइएको छ।
विशेष महाधिवेशन व्यवस्थापन सचिवालयका संयोजक मनोजमणि आचार्यद्वारा जारी सूचनामा सबै महाधिवेशन प्रतिनिधि तथा सम्बन्धित पक्षलाई संशोधित कार्यतालिकाबारे जानकारी गराइएको छ।














प्रतिक्रिया