विशेष महाधिवेशनकाे कार्यतालिका संशोधन, मंगलबार पनि बन्दसत्र र नाम दर्ता हुने « Khabarhub

विशेष महाधिवेशनकाे कार्यतालिका संशोधन, मंगलबार पनि बन्दसत्र र नाम दर्ता हुने


२८ पुस २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


621
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनको कार्यतालिका संशोधन गरिएको छ। २०८२ पुस २७ र २८ गतेका लागि तय गरिएको विशेष महाधिवेशनमा साेमबारबाट बन्दसत्र सुरु भए पनि विभिन्न प्रतिवेदनहरूमाथिको छलफल लम्बिँदा कार्यक्रम निर्धारित समयमै सम्पन्न हुन नसकेको हो।

विशेष महाधिवेशन सचिवालयद्वारा जारी सूचनाअनुसार अब महाधिवेशन पुस २९ गते बिहान ८ः०० बजेदेखि पुनः सुचारू हुनेछ। संशोधित कार्यतालिकाअनुसार भोलि पनि बन्दसत्र जारी रहनेछ।

साथै, महाधिवेशन प्रतिनिधिहरूको दर्ता प्रक्रिया भोलि समेत निरन्तर रहने सचिवालयले जनाएको छ। महाधिवेशनमा पेश भएका राजनीतिक, सांगठनिकलगायत विभिन्न प्रतिवेदनमाथि प्रतिनिधिहरूबीच गहन छलफल भइरहेको जनाइएको छ।

विशेष महाधिवेशन व्यवस्थापन सचिवालयका संयोजक मनोजमणि आचार्यद्वारा जारी सूचनामा सबै महाधिवेशन प्रतिनिधि तथा सम्बन्धित पक्षलाई संशोधित कार्यतालिकाबारे जानकारी गराइएको छ।

प्रकाशित मिति : २८ पुस २०८२, सोमबार  ९ : ०९ बजे

विभिन्न अस्पताल र बोर्डका लागि अन्तर्वार्ताका लागि छनोट भएकाको सूची सार्वजनिक

काठमाडौँ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले विभिन्न सार्वजनिक निकायका

उच्च जोखिममा खटिने सशस्त्र प्रहरीलाई प्रोत्साहन भत्ता दिइने

काठमाडौँ । नेपाल सरकार मन्त्रिपरिषद्को असार ३० गतेको निर्णयले सशस्त्र

किन भयो प्रतिनिधिसभा बैठकको समय परिवर्तन ?

काठमाडौं । प्रतिनिधिसभाको बुधबार बिहान बोलाइएको बैठकको समय परिवर्तन गरिएको

पूर्वसचिव जोशीको निधन

काठमाडौँ । सहरी योजनाकार तथा नेपाल सरकारका पूर्वसचिव डा जीवगर

नक्कली शरणार्थी प्रकरण : कसलाई कति सजाय ? (सूचीसहित)

काठमाडौं । जिल्ला अदालत काठमाडौंले बहुचर्चित नक्कली शरणार्थी प्रकरणमा मुछिएकामध्ये