म्यान्मारको चुनावमा चिनियाँ स्वार्थ « Khabarhub

म्यान्मारको चुनावमा चिनियाँ स्वार्थ


२८ पुस २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- म्यान्मारमा धुमधामसँग चुनावको आयोजना गरिएपनि सबैभन्दा ठूलो शहर याङ्गुनमा मतदानको उत्साह खासै थिएन । सन् २०२० पछि पहिलो पटक म्यान्मारमा निर्वाचन भएको हो ।

यसका लागि अन्य अन्तर्राष्ट्रिय मिडियाजस्तै बेलायती अखबार द टेलिग्राफलाई पनि पहुँच दिइएको थियो । पाँच वर्षभन्दा लामो गृहयुद्धपछि म्यान्मारको सैन्य शासनले शान्ति, स्थीरता र ‘अनुशासित लोकतन्त्र’ को प्रवद्र्धनका लागि भन्दै चुनावको आयोजना गरेको हो ।

यद्यपि यसमा थोरै मात्रै आशावादी देखियो । सैन्य सरकारको नियन्त्रणमा रहेका याङगुन र माण्डलेजस्ता ठूला शहरमा मतदाताको सङ्ख्या न्यून देखिन्थ्यो ।

यसका विपरीत सन् २०२० मा आयोजित निर्वाचनमा अझै पनि प्रिय नेतृको छवि बनाएकी आङ सान सूकीलाई निर्वाचित गराउन मतदातामाझ ठूलो उत्साह देखिन्थ्यो ।

डिसेम्बर २८ देखि जनवरी २५ सम्म तीन चरणमा आयोजना हुने निर्वाचनले ठूलो परिवर्तन ल्याउने अपेक्षा भने कम छ । तर, म्यान्मारको सैन्य सरकारलाई निकट साझेदार चीनको भरपूर समर्थन छ । उत्तरी छिमेकी चीनसँग म्यान्मारको १ हजार ३ सय माइल लामो सीमा कायम छ ।

अमेरिकाको प्रभावक्षेत्रमा भेनेजुएला भएजस्तै चिनियाँ प्रभावक्षेत्रमा म्यान्मार अवस्थित छ । मेकङ क्षेत्रमा बढ्दो अस्थीरताले चीनको आर्थिक हितमा असर पारिरहेको छ । म्यान्मारको सीमाक्षेत्रमा कायम कानुनहिनताले चिनियाँ नागरिक र सरकारलाई सतर्क बनाएको छ ।

यस निर्वाचनले नयाँ मोड ल्याउने चीनको अपेक्षा छ । तर, अवस्था भने त्यति सजिलो देखिँदैन । भेनेजुएलाजस्तै म्यान्मारबाट दशौँ लाख नागरिक विस्थापित भएका छन् भने जीवन बिताउन समेत म्यान्मारका नागरिकहरु संघर्षरत छन् ।

प्रकाशित मिति : २८ पुस २०८२, सोमबार  ३ : ०२ बजे

नेपाली युवा बक्सर घिमिरे बने विश्व च्याम्पियन

काठमाडौं– किक बक्सिङको इतिहासमा नेपाली युवा बक्सर अविरल घिमिरे ‘हिमालयन

भोटेकोशी बाढीको एघारौं दिन : विद्युत् पूर्वाधार र सुरुङ उद्धार अभियानलाई तीव्र पारियो

काठमाडौं– भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण विद्युत् पूर्वाधारमा ठूलो

खुलामञ्चमा गौरा पर्व, सुदूरपश्चिम र कर्णालीका युवा सहभागी

काठमाडौं– सुदूरपश्चिम तथा कर्णाली क्षेत्रको मौलिक एवं प्रमुख सांस्कृतिक पर्व

भारतीय दूतावासमा चलचित्र ‘पेन्सन पट्टा’ को ट्रेलर प्रदर्शन

काठमाडौं– प्रदर्शनका क्रममा रहेको चलचित्र ‘पेन्सन पट्टा’ को ट्रेलर काठमाडौँस्थित

भक्तपुर पर्यटनको ३२ वर्ष : ५२ लाखभन्दा बढी पर्यटक घुमे

भक्तपुर– भक्तपुरको पर्यटनको इतिहास ३२ वर्ष नाघेको छ । भक्तपुर