विश्वकपमा आज इटालीसँग भिड्दै नेपाल « Khabarhub

विश्वकपमा आज इटालीसँग भिड्दै नेपाल


२९ माघ २०८२, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आईसीसी टी-२० पुरुष विश्वकप क्रिकेटको दोस्रो खेलमा नेपालले बिहीबार (आज) इटालीसँग प्रतिस्पर्धा गर्दैछ। पहिलो खेलमा इंग्ल्यान्डसँग चार रनको हारको सामना गरेको नेपाल दोस्रो खेलमा जित निकाल्ने लक्ष्यका साथ मैदानमा हुनेछ ।

नेपाल र इटालीको खेल भारतको मुम्बईस्थित वानखेडे स्टेडियममा बिहीबार दिउँसो ३:१५ बजे सुरु हुँदैछ। पहिलो खेलमा इंग्ल्यान्डले दिएको १८५ रनको लक्ष्य पछ्याएको नेपाल चार रनले चुकेको हो। नेपालले २० ओभरको समाप्तिमा ६ विकेटको क्षतिमा १८० रन बनाएको हो।

भारत र श्रीलंकाले संयुक्त रुपमा आयोजना गरेको अईसीसी टी–२० विश्वकप क्रिकेट २०२६ को समूह चरणका चार खेल नेपालले भारतमै खेल्दैछ। अहिलेसम्म विश्वकपमा जितबिहीन नेपालले इटालीलाई पराजित गर्दै पहिलो जित दर्ता गर्ने लक्ष्य राखेको छ।

नेपालले सन् २०१४ मा बंगलादेशले आयोजना गरेको विश्वकपमा पहिलोपटक स्थान पक्का गरेको थियो। नेपालले दोस्रोपटक विश्वकप खेल्न १० वर्ष लगायो। सन् २०२४ को विश्वकपमा नेपालले दक्षिण अफ्रिका र बंगलादेशविरुद्ध उत्कृष्ट प्रदर्शन गरी विश्व क्रिकेटमा आफूलाई केन्द्रित बनाएको छ। अघिल्लो विश्वकपमा दक्षिण अफ्रिकासँग नेपाल एक रनले पराजित भएको थियो।

यसअघि दुईपटक विश्वकप खेलेको नेपाल समूह चरणभन्दा माथि जान सकेको छैन। नेपाल लगातार रोहितकुमार पौडेलको कप्तानीमा विश्वकप खेल्दै छ। सोमपाल कामी तीनपटक विश्वकप खेल्ने पहिलो नेपाली खेलाडी हुन्। विश्वकपमा नेपालका सबै खेल मुम्बईको वानखडे रंगशालामा हुँदैछन्।

विश्वकपको समूह ‘सी’मा रहेको नेपालले इंग्ल्यान्डसँग खेल्दै विश्वकपको सुरुवात गरेको हो। समूह सीमा नेपालसहित दुई पटकको विश्व विजेता वेस्ट इन्डिज, एक पटकको विजेता इंग्ल्यान्डसँगै स्कटल्यान्ड र इटाली छन्।

बंगलादेशले भारतमा विश्वकप खेल्न अस्वीकार गरेपछि आईसीसी रेङ्किङका आधारमा स्कटल्यान्डले अवसर पाएको हो।

विश्वकपमा नेपाली टिम

रोहित पौडेल (कप्तान), दीपेन्द्रसिंह ऐरी (उपकप्तान), सोमपाल कामी, करण केसी, नन्दन यादव, सन्दीप लामिछाने, कुशल भुर्तेल, आसिफ शेख, सन्दीप जोरा, आरिफ शेख, बसिर अहमद, गुल्सन झा, ललित राजवंशी, शेर मल्ल र लोकेश बम।

इटाली क्रिकेट टिम कस्तो हो ?

युरोपको भूमि इटाली फुटबलको गर्विलो इतिहाससँगै क्रिकेट इतिहास बनाइरहेको टिम हो। इटालीको फुटबल इतिहासले क्रिकेटलाई छायामा पारेको छ। २०२६ को क्रिकेट विश्वकपमा इटालीले डेब्यु गर्दैछ। तीन पटक विश्वकप खेलिसकेको नेपाल भन्दा इटाली नयाँ छ।

यो विश्वकपमा नेपाल र इटाली दुवै टिमले पहिलो खेलमा हारको सामना गरेका छन्। नेपाल इंग्ल्यान्डसँग चार रनले पराजित हुँदा इटाली पहिलो खेलमा स्कटल्यान्डसँग ७३ रनको पराजय भोगेको छ। दुवै टिमका लागि दोस्रो खेल जित्नैपर्ने दबाब छ।

समूह सीमा वेस्ट इन्डिज चार अंकसहित शीर्ष स्थानमा छ भने स्कटल्यान्ड र इंग्ल्यान्ड समान दुई अंकसहित क्रमश दोस्रो र तेस्रो स्थानमा छन् । अंकबिहीन नेपाल र इटाली चौथो र पाँचौं स्थानमा छन्। नेपालले समूहको तेस्रो खेल फागुन ३ गते वेस्ट इन्डिज र फागुन ५ गते स्कटल्यान्डसँग खेल्ने छ।

प्रकाशित मिति : २९ माघ २०८२, बिहीबार  ७ : १३ बजे

स्वास्थ्य बीमावापत एक लाख रुपैयाँ बराबरको उपचार सेवा यथावत्

काठमाडौं– स्वास्थ्य बीमा बोर्डले बीमितले पाउँदै आएको एक लाख रुपैयाँ

दुई हजार बढी सहकारीलाई दर्ता अभिलेखीकरण

काठमाडौं– राष्ट्रिय सहकारी नियमन प्राधिकरणले करिब दुई हजार ३०० सहकारीलाई

प्रदेश आयुर्वेद चिकित्सालय दमौलीबाट १६ हजार बढीले लिए सेवा

तनहुँ– प्रदेश आयुर्वेद चिकित्सालय दमौलीबाट छ महिनाको अवधिमा १६ हजार

निर्वाचन आचारसंहिता उल्लंघन गर्नेलाई कारबाहीका लागि प्रेस काउन्सिललाई पत्राचार

काठमाडौं– निर्वाचन आचारसंहिता, २०८२ उल्लङ्घनको उजुरी परेका सञ्चारमाध्यम र पत्रकारबारे

क्षेत्रीय सहयोग आवश्यक होइन अनिवार्य छ : परराष्ट्र सचिव राई

काठमाडौं– नेपालले बदलिँदो विश्व परिवेशमा क्षेत्रीय सहयोग आवश्यक मात्र नभई