दुर्गा प्रसाईँको दाबी : विगतमा भनेका धेरै कुरा मिले, बालेन र सोबिताबारे थप खुलासा गर्ने « Khabarhub

दुर्गा प्रसाईँको दाबी : विगतमा भनेका धेरै कुरा मिले, बालेन र सोबिताबारे थप खुलासा गर्ने


२९ माघ २०८२, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


495
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति, नागरिक बचाउ महाअभियानका अगुवा दुर्गा प्रसाईँले विगतमा आफूहरूले भनेको कुरा मिलेको दाबी गरेका छन् । बिहीबार एक भिडियो सन्देश जारी गर्दै प्रसाईँले विगतमा आफूले भनेको कुरा मिलेको र आगामी फागुन २१ गतेअघि बालेन्द्र शाह र सोबिता गौतमको विषयमा नयाँ खुलासा गर्ने बताएका हुन् ।

प्रसाईँले पहिलो भिडियोमार्फत अमेरिकाको एनईडी नामक संस्थाका तर्फबाट नेपालमा भएको लगानीको भण्डाफोर गरेको भन्दै सो कुरा सत्य प्रमाणित भएको दाबी गरे । त्यस्तै, उनले दोस्रो भिडियोमार्फत बालेन्द्र शाह निश्चल खरेलबाट सञ्चालित रहेको भनेर दाबी गरेको भन्दै यसबारे कसैले खण्डन नगरेको जनाएका छन् ।

साथै, सुमना श्रेष्ठ अमेरिकी डिफेन्स र बीसीजी ग्रुपसँग जोडिएकी छिन् भनेको भन्दै यसबारे पनि कसैले खण्डन नगरेको दाबी गरेका छन् ।

त्यस्तै, दोस्रो भिडियोमा डिजिटल बीआरआई हुवावेको बिलिङ ठेक्का तोडिन्छ भनेर दाबी गरेअनुसार नै तोडिएको पनि प्रसाईँले भिडियोमा भनेका छन् ।

साथै, कांग्रेसमा जबर्जस्ती महाधिवेशन हुने भने अनुसार नै गगन थापाको नेतृत्वमा सो काम भएको उनको दाबी छ । प्रसाईँले कुलमान घिसिङ, जगदिश खरेल र बब्लु गुप्तालाई देखाउँदै सुशीला कार्की नेतृत्वको सरकारका सबै मन्त्री परिचालित हुन् भनेर दाबी गरेकोमा पुष्टि भएको बताएका छन् ।

नेपालमा तिब्बतीहरूको क्याम्प बन्छ भनेर दाबी गरेकोमा पछिल्लो समयमा त्यस्तै गतिविधि देखिएको भन्दै चीनले चेतावनी दिन लागेको र भारत ससंकित भएको दाबी प्रसाईँको भिडियोमा गरिएको छ । साथै, सो सन्दर्भ राख्दै नेपाल आगामी दिनबारे चिन्ता व्यक्त गरिएको छ ।

बालेन र रवि लामिछाने अल्गोरिदमबाट स्थापित गरिएका पात्र भएको र गगन थापा नेपालको कन्ट्याक्ट पोइन्ट भएको दाबी गर्दै भिडियोमा पछिल्लो समयमा एमसीसीसँग जोडिएका स्वर्णिम वाग्ले र यसको आधार तयार गर्ने डा बाबुराम भट्टराई सँगै देखिएको भनिएको छ ।

प्रसाईँले अहिलेको अवस्थामा चुनाव भयो भने कस्तो नतिजा आउला भन्ने कुरामा पनि आफू चिन्तित रहेको बताए । त्यस्तै, भिडियोमा अन्य धेरै दाबी गर्दै आगामी फागुन २१ गते अगाडि बालेन्द्र शाह र सोबिता गौतमको विषयमा नयाँ खुलासा गर्ने र पश्चिमा डिजाइनलाई चुनौती दिने बताइएको छ ।

साथै, भिडियोमार्फत नेपालमा संवैधानिक राजसंस्था आवश्यकता भएको पनि प्रसाईँको भनाइ छ ।

प्रकाशित मिति : २९ माघ २०८२, बिहीबार  ५ : ३२ बजे

भोटेकोशी बाढी : एक हजार ३५७ जनाको शव भेटियो

काठमाडौं– राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले भोटेकोशी बाढी

जेन-जी शहीद दिवस : परिवारका आँखामा आँसु

काठमाडौं– जेन-जी सहिद दिवस विभिन्न कार्यक्रमको आयोजना गर्दै मंगलबार देशभर

चीनबाट चौथो चरणको आपत्कालीन राहत सामग्री काठमाडौं आइपुग्यो

काठमाडौं- चीनले नेपाललाई सहयोगस्वरूप उपलब्ध गराएको आपत्कालीन राहत सामग्रीको चौथो

‘जनताभन्दा सीडीओ–प्रहरी सरुवामा केन्द्रित हुँदा एमालेले जनमत गुमायो’

काठमाडौं- नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले जनतासँगको सम्बन्ध टाढिएका कारण

कांग्रेसले महाधिवेशन असोजमै, राष्ट्रिय सभागृहको हल बुकिङका लागि पत्र

काठमाडौं- नेपाली कांग्रेसले आगामी १५औँ महाधिवेशनका लागि राष्ट्रिय सभागृहको प्रदर्शनी