जिब्रोको स्वादभन्दा शरीरलाई स्वस्थ बनाउने खानामा ध्यान दिन आग्रह « Khabarhub

जिब्रोको स्वादभन्दा शरीरलाई स्वस्थ बनाउने खानामा ध्यान दिन आग्रह


२९ माघ २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आहारविद् तथा योग प्रशिक्षक डा राजु अधिकारीले जिब्रोको स्वादभन्दा शरीरलाई स्वस्थ बनाउने खानामा ध्यान दिन आग्रह गरेका छन् । उनले स्वादिष्ट भोजनभन्दा शरीरलाई तन्दुरुस्त बनाउने खानेकुरामा जोड दिनुमै सबैको हित रहेको बताए ।

समाचार समिति (रासस) को ६५ औँ वार्षिकोत्सवका अवसरमा आज राष्ट्रिय कर्मचारी सङ्घ, राससद्वारा केन्द्रीय कार्यालयमा आयोजित ‘सन्तुलित भोजन, स्वास्थ्य जीवन’ विषयक कार्यक्रममा डा अधिकारीले स्वास्थ्य रहन सन्तुलित भोजन र स्वास्थ्य जीवनशैली अपनाउनुपर्ने सल्लाह दिए ।

उनले सकारात्मक भाव पैदा गर्ने खानामा दिन सबैले जोड दिन र खानाप्रतिको दृष्टिकोण परिवर्तन गर्न आवश्यक रहेको बताए । डा अधिकारीले भने, ‘कम्तीमा दैनिक सात हजार पाइला हिँड्न आवश्यक छ । पत्रु खाना मात्र होइन, पत्रु जीवनशैली नै त्याग्नुपर्छ । ध्यान र योग स्वास्थ्य जीवनशैलीका लागि आवश्यक छ । विषादीजन्य खानेकुराले पार्ने नकारात्मक असरबारे सबै सचेत बन्नुपर्छ ।’

विषादी र प्रदूषणले आहारविहारमा असर पारेकाले योग, व्यायाम र सकारात्मक सोच नै स्वस्थ्यकर जीवनशैलीको मूलमन्त्र रहेकामा कार्यक्रममा चर्चा गरिएको थियो ।

सञ्चारकर्मीका लागि स्वजागरण

वार्षिकोत्सवकै अवसरमा रासस कर्मचारी युनियनले बुधबार ‘सञ्चारकर्मीका लागि स्वजागरण’ कार्यक्रम आयोजना गरेको थियो । कार्यक्रममा जीवनविज्ञानका प्रशिक्षकहरू डा आरती रेग्मी र कलाकार निर्मला खड्काले स्वजागरण एवं ध्यानका विषयमा प्रस्तुतीकरण तथा अभ्यास गराएका थिए । 

प्रकाशित मिति : २९ माघ २०८२, बिहीबार  ६ : २८ बजे

भोटेकोशी बाढी : एक हजार ३५७ जनाको शव भेटियो

काठमाडौं– राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले भोटेकोशी बाढी

जेन-जी शहीद दिवस : परिवारका आँखामा आँसु

काठमाडौं– जेन-जी सहिद दिवस विभिन्न कार्यक्रमको आयोजना गर्दै मंगलबार देशभर

चीनबाट चौथो चरणको आपत्कालीन राहत सामग्री काठमाडौं आइपुग्यो

काठमाडौं- चीनले नेपाललाई सहयोगस्वरूप उपलब्ध गराएको आपत्कालीन राहत सामग्रीको चौथो

‘जनताभन्दा सीडीओ–प्रहरी सरुवामा केन्द्रित हुँदा एमालेले जनमत गुमायो’

काठमाडौं- नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले जनतासँगको सम्बन्ध टाढिएका कारण

कांग्रेसले महाधिवेशन असोजमै, राष्ट्रिय सभागृहको हल बुकिङका लागि पत्र

काठमाडौं- नेपाली कांग्रेसले आगामी १५औँ महाधिवेशनका लागि राष्ट्रिय सभागृहको प्रदर्शनी