स्वास्थ्य बीमा प्रभावकारी बनाउन औषधि बल्क खरिद गर्ने सरकारको तयारी « Khabarhub

स्वास्थ्य बीमा प्रभावकारी बनाउन औषधि बल्क खरिद गर्ने सरकारको तयारी


२८ फाल्गुन २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


102
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– स्वास्थ्य तथा जनसंख्यामन्त्री डा. सुधा गौतमले स्वास्थ्य बीमा कार्यक्रमलाई प्रभावकारी बनाउन र नागरिकलाई सस्तो दरमा औषधि उपलब्ध गराउन सरकारले स्वदेशी उद्योगहरूबाट एकमुष्ट (बल्कमा) औषधि खरिद गर्ने नयाँ नीति ल्याउने घोषणा गरेकी छन् ।

बिहीबार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै मन्त्री गौतमले औषधिको मूल्य र खरिद प्रक्रियामा रहेको विद्यमान अन्योल अन्त्य गर्न सरकारले उत्पादकहरूसँग सिधै औषधि किन्ने योजना अघि सारेको जानकारी दिइन् ।

हाल बजारमा सर्वसाधारणले महँगोमा औषधि किन्नुपरेको र अर्कोतर्फ कच्चा पदार्थको मूल्य बढे पनि उत्पादकहरूले उचित मूल्य नपाएको गुनासो आएपछि मन्त्री गौतमले दुवै पक्षलाई फाइदा हुने समाधान खोजिएको बताइन् ।

भारतमा सञ्चालित ‘प्रधानमन्त्री जनऔषधि कार्यक्रम’ को उदाहरण दिँदै उनले नेपालमा पनि ८० प्रतिशतसम्म छुटमा औषधि उपलब्ध गराउन सकिने मोडल लागू गर्ने तयारी भइरहेको उल्लेख गरिन् ।

यस विषयमा निजी क्षेत्रका औषधि उत्पादकहरूसँग छलफल भइसकेको र उनीहरूले निश्चित परिमाण र समय पहिल्यै थाहा भएमा सस्तोमा गुणस्तरीय औषधि दिन सकिने प्रतिबद्धता जनाएको उनले जानकारी दिइन् ।

मन्त्री गौतमका अनुसार सरकारले सिधै उद्योगबाट ठूलो मात्रामा औषधि खरिद गर्दा उद्योगीहरूको बजारीकरण (मार्केटिङ) र कमिसन खर्च जोगिनेछ, जसका कारण सरकारले सस्तोमा औषधि प्राप्त गर्नेछ । यसरी खरिद गरिएका औषधिको गुणस्तर सरकारी प्रयोगशालाबाट प्रमाणित गरी स्वास्थ्य बीमा कार्यक्रममार्फत जनतालाई सुलभ रूपमा वितरण गरिने उनले स्पष्ट पारिन् । 

खरिद प्रक्रियामा हुने गरेको प्राविधिक र कानुनी जटिलताका कारण कर्मचारीहरू निलम्बनमा पर्ने जस्ता समस्यालाई समाधान गर्न पनि यो नयाँ खरिद मोडेल सहयोगी हुने उनले विश्वास व्यक्त गरिन् ।

प्रकाशित मिति : २८ फाल्गुन २०८२, बिहीबार  १२ : ३२ बजे

विमानस्थलबाट एक महिनामा सुनसहित ४५ पक्राउ

काठमाडौँ – त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट प्रहरीले एक महिनाको अवधिमा एक

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा भयो १४ अर्ब ५६ करोड

काठमाडौं । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पछिल्लो २४ घण्टामा

युक्रेनमाथि रुसको आक्रमण

काठमाडौँ । रुसी सेनाले बुधबार राति युक्रेनमा ठुलो मात्रामा आक्रमण

अनेरास्ववियुका चेतन अयडीको हत्या प्रकरण : ६ जनालाई जन्मकैद, १८ जनालाई सफाइ

काठमाडौँ । बाजुराका चेतन अयडीको हत्या आरोपमा ६ जनालाई जन्म

बागमतीमा १३४ दरबन्दी घटाउने मन्त्रिपरिषद्को निर्णय

हेटौँडा – बागमती प्रदेश सरकारले प्रदेशअन्तर्गतका कार्यालय तथा निकायको सङ्गठन