सिँचाइ समस्या समाधान गर्न बोरिङ जडान « Khabarhub

सिँचाइ समस्या समाधान गर्न बोरिङ जडान


२८ फाल्गुन २०८२, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कञ्चनपुर– कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–३ का किसानले लामो समयदेखि भोग्दै आएको सिँचाइ अभावको समस्या समाधान गरिएको छ ।

जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय धनगढीले यहाँ अटोजन (ट्युवेल) बोरिङ जडान गरेपछि स्थानीय किसानलाई सिँचाइ सुविधा उपलब्ध भएको हो । विगतमा सिँचाइको भरपर्दो व्यवस्था नहुँदा खेतबारी बाँझै राख्नुपर्ने बाध्यता थियो । 

४० लाखमा सञ्चालित उक्त योजनामार्फत करिब ६० बिघा जमिनमा सिँचाइ सुविधा पुर्‍याउने लक्ष्य राखिएको छ ।

‘“यसअघि खेतमा सिँचाइ गर्नका लागि किसानले खोला तथा नदीबाट पम्पसेटको सहायताले पानी तान्नुपर्ने अवस्था थियो,’ वडा नं ३ का वडाध्यक्ष नरेन्द्रप्रसाद चौधरीले भने, ‘त्यसका लागि धेरै खर्च लाग्ने भएकाले किसान आर्थिक रूपमा मारमा परेका थिए ।’

स्थानीय किसान मोहन चौधरीले बोरिङ जडान भएपछि सिँचाइका लागि खोला–नदीबाट पानी तान्ने झन्झटिलो प्रक्रियाबाट मुक्ति पाइएको बताए।  बोरिङ जडानले यस क्षेत्रका तीन सय बढी किसान प्रत्यक्ष रूपमा लाभान्वित हुने भएका छन् । 
 

प्रकाशित मिति : २८ फाल्गुन २०८२, बिहिबार  २ : ०५ बजे

यस्तो छ, पोखरा र सुदूरपश्चिमको प्लेइङ इलेभेन

काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आजको खेलमा पोखरा

फ्लेभियो बोल्सोनारो र परिवारलाई अमेरिकाले भिसा दिने

एजेन्सी-ब्राजिलको राष्ट्रपति निर्वाचनमा लुइज इनासियो लुला दा सिल्भासँग पराजित फ्लेभियो

भारत–पाकिस्तान युद्ध रोक्न २५० प्रतिशत भन्सार शुल्कको धम्की दिएको ट्रम्पको दाबी

एजेन्सी अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारत र पाकिस्तानबीचको सैन्य द्वन्द्व

टस जितेको सुदूरपश्चिमले बलिङ रोजेपछि पहिले ब्याटिङ गर्दै पोखरा

काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आजको खेलमा पोखरा

मुख्य धानखेत बगरमा परिणत

रसुवा– उत्तरगया गाउँपालिका वडा नं ४ र ५ को मुख्य