मध्यपूर्व युद्धको प्रभाव : भारतीय रेस्टुरेन्टमा ग्यास संकट « Khabarhub

मध्यपूर्व युद्धको प्रभाव : भारतीय रेस्टुरेन्टमा ग्यास संकट


२८ फाल्गुन २०८२, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

बेङ्गलुरु– मध्यपूर्वमा चर्किएको युद्धको प्रभाव भारतसम्म पुगेको छ । इरानसँगको द्वन्द्वका कारण आपूर्ति अवरुद्ध भएपछि खाना पकाउने ग्यास अभाव हुँदा भारतका रेस्टुरेन्टहरू मेनु घटाउने, सेवा सीमित गर्ने र वैकल्पिक इन्धन खोज्ने अवस्थामा पुगेका छन् ।

दक्षिण भारतको प्रविधि केन्द्र बेङ्गलुरुस्थित म्याडको रेस्टुरेन्टले ग्यास बचत गर्न लोकप्रिय परिकारहरू हटाउने निर्णय गर्नुपरेको जनाएको छ । रेस्टुरेन्टका निर्देशक सन्तोष अब्राहमका अनुसार ग्यास बचत गर्न खाजा सेवा पनि अस्थायी रूपमा बन्द गरिएको छ ।

उनले सम्भावित संकटको संकेत पहिले नै देखिए पनि यसको असर यति चाँडै देखिने अपेक्षा नगरेको बताए। भारत विश्वको दोस्रो ठूलो तरलीकृत पेट्रोलियम ग्यास (एलपिजी) आयातकर्ता हो, जसको करिब ९० प्रतिशत आपूर्ति होर्मुज जलडमरूमध्य हुँदै आउँछ । हाल युद्धका कारण यो मार्गको ढुवानी गम्भीर रूपमा प्रभावित भएको छ ।

भारतका लाखौँ रेस्टुरेन्टहरू खाना पकाउन ग्यास सिलिन्डरमा निर्भर छन् । प्रदूषण नियन्त्रणका कारण सरकारले धेरै ठाउँमा कोइला र दाउरा प्रयोग हुने भाँडाकुँडा प्रयोग नगर्न निर्देशन दिएको छ ।

आयात प्रभावित भएपछि भारत सरकारले घरपरिवार र अत्यावश्यक क्षेत्रलाई प्राथमिकता दिँदै ग्यास वितरण कडा बनाएको छ । यसले रेस्टुरेन्ट, उद्योग र विद्युत् उत्पादन क्षेत्रमा दबाब बढाएको छ ।

बेङ्गलुरुको ‘गुरिल्ला डाइनर’ नामक बर्गर रेस्टुरेन्टका सुस शेफ ध्रुव थपलियालले अहिले व्यवसाय टिकाइराख्न नै सङ्घर्ष भइरहेको बताए। उनका अनुसार रेस्टुरेन्टमा जम्मा साढे दुई सिलिन्डर ग्यास मात्र बाँकी छ । यदि ग्रिल चलाइयो भने डेढ दिन मात्र पुग्ने र फ्रायर मात्रै चलाए चार दिनसम्म टिक्न सक्ने उनले बताए।

यसबीच प्रधानमन्त्री नरेन्द्र मोदीले नागरिकलाई ‘आत्तिनु आवश्यक छैन’ भन्दै ग्यास आपूर्ति बढाउने विषयमा अध्ययन गर्न समिति गठन गरिएको जानकारी दिए।

तर उद्योग प्रतिनिधिहरूले संकट थप गम्भीर हुन सक्ने चेतावनी दिएका छन् । नेसनल रेस्टुरेन्ट एसोसिएसन अफ इन्डियाका बेङ्गलुरु शाखा प्रमुख अनन्त नारायणका अनुसार ग्यास सिलिन्डरको कालोबजारी मूल्य सामान्यभन्दा करिब दोब्बर पुगेको छ । उहाँले सरकारले कडा कदम चाल्नुपर्ने माग गरे।

रेस्टुरेन्ट उद्योगले ग्यास बचत गर्न विभिन्न उपाय अपनाउन थालेको छ । लामो समय उमाल्नुपर्ने, गहिरो तल्नुपर्ने वा ढिलो पकाइने परिकार घटाउन र पकाउने समय कम गर्न सामग्री पहिले नै भिजाएर तयार पार्ने सुझाव दिइएको छ ।

मुम्बईको चिनियाँ रेस्टुरेन्ट जिप्सीले बाफमा पकाइने डिम सम परिकार मेनुबाट हटाएको छ । रेस्टुरेन्ट सञ्चालक अदिति लिमये कामतका अनुसार एक भाग बनाउन आठदेखि १० मिनेटसम्म ग्यास निरन्तर चलाउनुपर्ने भएकाले त्यस्ता परिकार हटाइएको हो ।

कतिपय रेस्टुरेन्टले पुराना इन्धन स्रोत प्रयोग गर्न थालेका छन् । बेङ्गलुरुको ‘द पिज्जा बेकरी’ का सञ्चालक गुरुदत्तका अनुसार पहिले हप्तामा करिब ३०० किलो दाउरा प्रयोग हुन्थ्यो भने अहिले ४५० देखि ६०० किलोसम्म प्रयोग भइरहेको छ । ग्यास बर्नर बन्द गरेर ओभन तताउन दाउराको प्रयोग बढाइएको उनले बताए।

पर्यटक गन्तव्य गोवास्थित मोन पेटिट फ्रेरे क्याफेका मालिक डेनियल रोड्रिग्सले सरकारको हस्तक्षेप आवश्यक रहेको बताए। उनका अनुसार ग्यास अभावका कारण आमलेट र प्यानकेक जस्ता साधारण परिकार तयार पार्न पनि कठिन हुन थालेको छ ।

यस संकटको प्रभाव छिमेकी श्रीलंकामा पनि देखिएको छ । त्यहाँ इन्धन मूल्य बढेको एक दिनपछि एलपिजीको मूल्य आठ प्रतिशतले बढाइएको छ ।

श्रीलंकाको क्यान्टिन मालिक सङ्घका प्रवक्ता असेला सम्पतका अनुसार ग्यास अभावको डरले धेरै व्यवसायीले बिजुली स्टोभ र राइस कुकर खरिद गर्न थालेका छन् । उनले अहिलेका लागि अतिरिक्त खर्च आफैँले व्यहोर्नु परेको बताउँदै अन्यथा ग्राहक गुम्ने जोखिम रहने उल्लेख गरे ।

प्रकाशित मिति : २८ फाल्गुन २०८२, बिहीबार  ४ : ४४ बजे

तापक्रम ह्वात्तै घट्यो, देशका विभिन्न स्थानमा भारी वर्षा

काठमाडौं – मौसम बदली भई देशका विभिन्न क्षेत्रमा वर्षा भएकाले

सुडानमा ड्रोन आक्रमणमा परी २३ जनाको मृत्यु

खार्तुम – सुडानको रणनीतिक शहर एल–ओबेदमा ड्रोन आक्रमणमा परी २३

सवारी चालक अनुमतिपत्रको परीक्षाबाट नक्कली परीक्षार्थी पक्राउ

काठमाडौं – ट्राफिक प्रहरीले सवारी चालक अनुमतिपत्र (लाइसेन्स)को ट्रायल परीक्षामा

स्वास्थ्य मन्त्रालयद्वारा क्यान्सरको औषधिसहज उपलब्ध बिरामीलाई गराउने

काठमाडौं – स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले क्यान्सरको उपचारका लागि

काठमाडाैंमा विश्वकपका खेल प्रदर्शन गर्न अनुमति लिनुपर्ने

काठमाडौं – फिफा विश्वकप फुटबल-२०२६ का खेल काठमाडौँ जिल्लाभित्र सामूहिक