खाना पकाउने ग्यास आधा सिलिन्डर मात्रै वितरण गरिने « Khabarhub

खाना पकाउने ग्यास आधा सिलिन्डर मात्रै वितरण गरिने


२८ फाल्गुन २०८२, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


330
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल आयल निगमले उपभोक्तालाई अब खाना पकाउने ग्यास आधा सिलिन्डर मात्रै वितरण गर्ने निर्णय गरेको छ।

बिहीबार बसेको निगमको सञ्चालक समितिको बैठकले बजारमा देखिएको अभावलाई ध्यानमा राख्दै यस्तो निर्णय गरेको हो।

निगमका कार्यकारी निर्देशक चण्डीकाप्रसाद भट्टका अनुसार उपभोक्ताले आवश्यकताभन्दा बढी ग्यास सिलिन्डर भण्डारण गर्न थालेपछि बजार व्यवस्थापनका लागि आधा सिलिन्डर मात्रै वितरण गर्ने व्यवस्था लागू गरिएको हो।

पछिल्लो दुई महिनादेखि नेपालि बजारमा ग्यासको अभाव देखिएको छ। पछिल्लो समय मध्यपूर्वमा बढ्दो युद्धको प्रभाव नेपालमा पनि देखिएको हो ।

निगमले इण्डियन आयल निगमबाट ग्यास खरिद गरी नेपालमा बिक्री गर्दै आएको छ।  

प्रकाशित मिति : २८ फाल्गुन २०८२, बिहिबार  ५ : ४९ बजे

चक्रवात ‘अनर्व’को प्रभाव : कोशी, बागमती र नारायणीमा बाढीको जोखिम

काठमाडौं – चक्रवात ‘अनर्व’को सम्भावित प्रभावका कारण यही कात्तिक ११

स्वर्णिमको बचाउमा सांसद खरेल, भने- छिमेकीलाई गाली गरेर नेपाली राष्ट्रियता बलियो हुँदैन

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद जगदीश खरेल (दोलखा)

धर्म प्रचार गरेको आरोपमा पाँच अमेरिकीसहित १० विदेशी पक्राउ

विराटनगर- मोरङको कानेपोखरी गाउँपालिका–७, बरगाछीमा आवश्यक अनुमति नलिई स्वास्थ्य शिविर

पटक–पटक टुटेको अमेरिकी प्रतिबद्धतालाई माफ गर्न सकिँदैन : इरान

तेहरान– इरानको विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बाघाईले  अमेरिकी राष्ट्रपति डोनाल्ड

अछामको विकास निर्माणलाई गति दिन जोड

अछाम– जिल्लास्थित विभिन्न विकास निर्माण आयोजनाका प्रमुख, प्रतिनिधिसभाअन्तर्गतको पूर्वाधार विकास