अर्थमन्त्रीको सम्पत्ति : चार ठाउँमा घर र अपार्टमेन्ट, बैंकमा झण्डै दुई करोड मौज्दात « Khabarhub

अर्थमन्त्रीको सम्पत्ति : चार ठाउँमा घर र अपार्टमेन्ट, बैंकमा झण्डै दुई करोड मौज्दात


२९ चैत्र २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


627
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको नाममा चारवटा घर तथा अपार्टमेन्ट रहेको खुलेको छ । सरकारले सार्वजनिक गरेको सम्पत्ति विवरणअनुसार ललितपुरको सानेपामा २ करोड मूल्यको अपार्टमेन्ट र ललितपुरकै भैँसेपाटीमा ५ करोड मूल्यको घर रहेको छ ।

त्यसैगरी, काभ्रेको धुलीखेलमा ३ करोड ७५ लाख बराबरको अपार्टमेन्ट र आफ्नो गृहजिल्ला तनहुँमा २ करोड मूल्यको घर रहेको उनले स्वघोषणा गरेका छन् ।

यी अचल सम्पत्ति जोड्नका लागि उनले मुख्य स्रोतका रूपमा अन्तर्राष्ट्रिय क्षेत्रको रोजगारीलाई उल्लेख गरेका छन् । यसका साथै निजी निवासको बिक्रीबाट प्राप्त रकम, विभिन्न बैंकबाट लिएको ऋण तथा व्यक्तिगत सापटीलाई पनि सम्पत्तिको आधार देखाइएको छ ।

नगद मौज्दाततर्फ अर्थमन्त्री वाग्लेको विभिन्न बैंक खाताहरूमा गरी कुल १ करोड ९० लाख रुपैयाँ मौज्दात रहेको विवरणमा खुलाइएको छ ।

प्रकाशित मिति : २९ चैत्र २०८२, आइतबार  ८ : ०१ बजे

दियालो बङ्गला अवलोकनबाट २४ लाख राजश्व सङ्कलन

चितवन– गत आर्थिक वर्षमा २५ हजार ४२५ जनाले चितवनस्थित दियालो

लोमान्थाङमा यार्तुङ पर्वको रौनक

मुस्ताङ– उपल्लो मुस्ताङको ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक यार्तुङ पर्व लोमान्थाङमा

यी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

प्रतिनिधिसभाको बैठक बस्दै : के छ कार्यसूची ?

काठमाडौँ – सङ्घीय संसद, प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बिहान

बाढी र पहिरोले म्याग्दीका जलविद्युत् आयोजना प्रभावित, २० मेगावाट विद्युत् उत्पादन ठप्प

म्याग्दी — बाढी र पहिरोका कारण म्याग्दीका निर्माणाधीन जलविद्युत् आयोजनाको