चीनले इरानलाई मिसाइलमा प्रयोग हुने इन्धन बनाउन आवश्यक रसायन पठाएको आशंका « Khabarhub

चीनले इरानलाई मिसाइलमा प्रयोग हुने इन्धन बनाउन आवश्यक रसायन पठाएको आशंका


२९ चैत्र २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- चीनले इरानलाई मिसाइलमा प्रयोग हुने इन्धन बनाउन आवश्यक रसायन पठाएको आशंका गरिएको छ। पछिल्लो समय जारी युद्धका बीच प्रतिबन्धमा परेका इरानका चारवटा जहाज चिनियाँ रसायन बोकेर इरानी बन्दरगाहमा पुगेको दाबी गरिएको छ। समुद्री यातायातको तथ्याङ्क विश्लेषण अनुसार यी जहाजहरूले मिसाइलको ठोस इन्धन बनाउन प्रयोग हुने सोडियम परक्लोरेट’ ढुवानी गरेको हुन सक्ने देखिएको छ।

यी जहाजहरू चीनको झुहाईस्थित गाओलान बन्दरगाहबाट प्रस्थान गरेका थिए। यो क्षेत्र तरल रसायन भण्डारणका लागि चीनकै सबैभन्दा ठुलो केन्द्र मानिन्छ। विज्ञहरूका अनुसार यी जहाजमा रहेका रसायनबाट सयौँ ब्यालिस्टिक मिसाइलहरू तयार पार्न सकिन्छ। अर्को एउटा जहाज पनि इरानी समुद्री क्षेत्र नजिकै तैरिरहेको अवस्थामा फेला परेको छ।

अमेरिका र इजरायलले पाँच हप्तादेखि गरेको तीव्र बमबारीपछि इरानसँग नयाँ हतियार बनाउने क्षमता कति बाँकी छ भन्ने स्पष्ट छैन। तर, अमेरिकी पूर्व अधिकारीहरूका अनुसार यी गतिविधिले इरान आफ्नो मिसाइल इन्धनको अभाव पूर्ति गर्न कडा प्रयास गरिरहेको संकेत गर्दछ। यस घटनाले इरानको सैन्य गतिविधिलाई चीनले गोप्य रूपमा सहयोग गरिरहेको त छैन भन्ने प्रश्न समेत उठाएको छ।

प्रकाशित मिति : २९ चैत्र २०८२, आइतबार  ६ : ११ बजे

पछिल्लो २४ घण्टामा कास्कीको पञ्चासेमा सबैभन्दा बढी वर्षा

काठमाडौं– पछिल्लो २४ घण्टामा कास्कीको पञ्चासे क्षेत्रमा सबैभन्दा बढी १८९

आपत्कालीन अवस्थामा रोकथाम, तयारी र प्रतिकार्य केन्द्रमा राख्नुपर्छ : परराष्ट्रमन्त्री खनाल

काठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनालले महामारी तथा जनस्वास्थ्य आपतकालको रोकथाम, तयारी र

देशभर अधिकांश निर्वाचन क्षेत्रमा आज कांग्रेसको क्षेत्रीय अधिवेशन हुँदै

काठमाडौं– नेपाली कांग्रेसको महाधिवेशनअन्तर्गत आज अधिकांश सङ्घीय निर्वाचन क्षेत्र र

पहिरोले घर पुरिँदा एक जनाको मृत्यु

बागलुङ– बिहीबारदेखि परेको अविरल वर्षाका कारण ताराखोलामा एक जनाको पहिरोमा

उर्लियो कालीगण्डकी, मोदीवेणीमा चेतावनी तह नाघ्यो (तस्बिरहरू)

बागलुङ- निरन्तरको भारी वर्षाका कारण कालीगण्डकी नदीमा पानीको बहाव बढेपछि नदी