आईपीएल: रोमाञ्चक भिडन्तमा पञ्जाब पराजित, दिल्ली ३ विकेटले विजयी « Khabarhub

आईपीएल: रोमाञ्चक भिडन्तमा पञ्जाब पराजित, दिल्ली ३ विकेटले विजयी


२९ बैशाख २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


258
Shares
  • change font
  • change font
  • change font

नयाँ दिल्ली – माधव तिवारीको उत्कृष्ट अलराउन्ड प्रदर्शनको मद्दतले दिल्ली क्यापिटल्सले इन्डियन प्रिमियर लिग (आईपीएल) मा पञ्जाब किंग्समाथि ३ विकेटको रोमाञ्चक जित हात पारेको छ । पञ्जाबले दिएको २११ रनको विशाल लक्ष्य दिल्लीले ६ बल बाँकी छँदै ७ विकेट गुमाएर पूरा गरेको हो ।

निर्धारित २० ओभरमा पञ्जाब किंग्सले ५ विकेट गुमाउँदै २१० रनको बलियो योगफल खडा गरेको थियो । जवाफी ब्याटिङमा उत्रिएको दिल्लीले सुरुदेखि नै आक्रामक खेल खेलेको थियो । दिल्लीका लागि जित दिलाउन माधव तिवारीले निर्णायक भूमिका खेले । उनले मात्र ८ बलमा विष्फोटक १८ रन जोड्दै टोलीलाई फिनिसिङ लाइन पार गराए ।

दिल्लीको जितमा कप्तान अक्षर पट्टेल र डेभिड मिलरले अर्धशतकीय इनिङ खेले । पट्टेलले ३० बलमा ५६ रन बनाउँदा मिलरले २८ बलमा ५१ रन बनाउँदै विष्फोटक ब्याटिङ गरेका थिए ।

ब्याटिङ अघि बलिङमा पनि तिवारीले महत्वपूर्ण २ विकेट लिए । ४० रन खर्चेर २ विकेट लिनुका उनी ‘प्लेयर अफ द म्याच’ बने ।

पञ्जाबका बलरले अन्तिम ओभरमा लय गुमाउँदा दिल्लीले १९ ओभरमै २१६ रन बनाउँदै खेल आफ्नो पक्षमा पारेको थियो । यो जितसँगै दिल्ली क्यापिटल्स १२ खेलमा १० अंक जोडेर सातौ स्थानमा सीमित छ । ११ खेल खेलेको पञ्जाब १३ अंकसहित चौथो स्थानमा छ ।

प्रकाशित मिति : २९ बैशाख २०८३, मंगलबार  ६ : ०५ बजे

मनास्लु क्षेत्रमा पदयात्रा नगर्न प्रशासनको आग्रह

गोरखा – जिल्ला प्रशासन कार्यालय गोरखाले आगामी तीनदिन मनास्लु क्षेत्रमा

सोमपाल कामी बने ‘म्यान अफ द म्याच’

काठमाडौं – कर्णाली याक्सका कप्तान सोमपाल कामी नेपाल प्रिमियर लिग

कर्णालीले विराटनगरलाई हराउँदा मैदानमा जे देखियो (तस्बिरहरू)

काठमाडौं – तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा कर्णाली

कर्णालीको रोमाञ्चक जित, विराटनगर लगातार दोस्रो खेलमा पराजित

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा कर्णाली

सोमपाल कामीले प्रहार गरे अर्धशतक

काठमाडौं – नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सोमपाल कामीले नेपाल