स्कटल्यान्डविरुद्ध ओपन कुशल भुर्तेल आउट : विनोद र अर्जुनलाई निरन्तर अवसर « Khabarhub

स्कटल्यान्डविरुद्ध ओपन कुशल भुर्तेल आउट : विनोद र अर्जुनलाई निरन्तर अवसर


२९ बैशाख २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


165
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ अन्तर्गत मंगलबार नेपालले स्कटल्यान्डसँग प्रतिस्पर्धा गर्दैछ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा स्कटल्यान्डले टस जितेर पहिला ब्याटिङ गर्दैछ ।

नेपालले निरन्तर ओपनिङमा देखिने नेपाली आक्रामक ब्याट्सम्यान कुशल भुर्तेललाई आराम दिएर अर्जुन कुमाललाई अवसर दिएको छ । अर्जुनसँगै अनुभवी ओपनर एवम् विकेट किपर विनोद भण्डारीलेसमेत निरन्तर अवसर पाएका छन् ।

स्कटल्यान्डविरुद्धको आजको खेलका लागि नेपालको प्लेयिङ ११ सार्वजनिक भएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने यस खेलका लागि घोषित टोलीमा रोहित पौडेलले कप्तानी सम्हाल्नेछन् ।

रोहित पौडेल (कप्तान), दीपेन्द्रसिंह ऐरी (उपकप्तान), विनोद भण्डारी (विकेटकिपर), आसिफ शेख, अर्जुन कुमाल, आरिफ शेख, गुलशन झा, करण केसी, नन्दन यादव, सन्दीप लामिछाने र ललित राजवंशी नेपाली टिममा परेका छन् ।

प्रकाशित मिति : २९ बैशाख २०८३, मंगलबार  ९ : ४५ बजे

इलामको देउमाईमा जिप पल्टिँदा चालकको घटनास्थलमै मृत्यु

इलाम – इलामको देउमाई नगरपालिका–१ साधुगाउँमा बोलेरो जिप दुर्घटना हुँदा

बसाइँसराइ रोक्न रणनीति फेर्दै छथर : दुहुना गाईको साटो अब ‘सुरक्षित आवास’

धनकुटा – गाउँमा बसाइँसराइ गरेर आउने परिवारलाई टिकाइराख्न धनकुटाको छथर

एसियाली खेलकुद भलिबलः नेपाल आज इन्डोनेसियाविरुद्ध भिड्दै

काठमाडौँ – जापानमा जारी २० औँ संस्करणको एसियाली खेलकुदमा नेपाली

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै

ललितपुर – नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै छ

मेसिन र औजारको पूजा पछाडि के छ रहस्य ? यस्तो छ विश्वकर्मा पूजाको धार्मिक कथा

काठमाडौँ – नेपालमा हरेक वर्ष असोज १ गते विश्वकर्मा पूजा