स्कटल्यान्डविरुद्ध सन्दीपको सनसनीपूर्ण बलिङ : लिए चार विकेट « Khabarhub

स्कटल्यान्डविरुद्ध सन्दीपको सनसनीपूर्ण बलिङ : लिए चार विकेट


२९ बैशाख २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


315
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ अन्तर्गत मंगलबार नेपालले स्कटल्यान्डसँग प्रतिस्पर्धा गरिरहेको छ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा स्कटल्यान्डले टस जितेर पहिला ब्याटिङ गरेको हो ।

सुरुमा बलिङ गरेको नेपालका लागि सन्दीप लामिछानेले चार विकेट हात पारेका छन् । २१ औँ ओभरमा दुई विकेट लिएका सन्दीपले २३ औँ ओभरको अन्तिम बलमा तेस्रो र २५ औँ ओभरको दोस्रो बलमा चौथो विकेट लिएका हुन् ।

नेपालका लागि सन्दीप लामिछानेले स्कटल्यान्डका ओपनर जर्ज मुन्सेको पहिलो विकेट हात पारे भने २१ औं ओभरको अन्तिम बलमा अर्का ओपनर फिनले म्याकक्रियाथको विकेट लिए । ६२ बलमा ७५ रन बनाएका मुन्सेलाई सन्दीपको बलमा दीपेन्द्रसिंह ऐरीले क्याच आउट गराए भने ६२ बलमा ३५ रन बनाएका फिनलेलाई एलबीडब्ल्यू धरापमा पारे ।

नेपाललाई सफलता दिलाउन आक्रामक देखिएका सन्दीपले व्यक्तिगत तेस्रो विकेटका रुपमा २३ ओभरको अन्तिम बलमा म्याकमुलेनलाई आउट गरे। नौ बलको सामना गरेका उनी सात रन बनाएर आउट भएका हुन् ।

चौथो विकेटका रुपमा सन्दीपले २५ ओभरको दोस्रो बलमा स्कटल्यान्डका रिची बेरिंगटनलाई एलबीडब्ल्यू धरापमा पारे । रिची १२ बलमा पाँच रन बनाएर आउट भएका हुन् । अहिले स्कटल्यान्ड २६ ओभरको समाप्तिमा चार विकेटको क्षतिमा १३२ रन बनाएर खेलिरहेको छ ।

२० औं ओभरसम्म विकेट विहीन बनेको नेपालका लागि पाँच ओभरमा सन्दीपले महत्त्वपूर्ण सफलता दिलाएका हुन् ।

प्रकाशित मिति : २९ बैशाख २०८३, मंगलबार  ११ : २५ बजे

इलामको देउमाईमा जिप पल्टिँदा चालकको घटनास्थलमै मृत्यु

इलाम – इलामको देउमाई नगरपालिका–१ साधुगाउँमा बोलेरो जिप दुर्घटना हुँदा

बसाइँसराइ रोक्न रणनीति फेर्दै छथर : दुहुना गाईको साटो अब ‘सुरक्षित आवास’

धनकुटा – गाउँमा बसाइँसराइ गरेर आउने परिवारलाई टिकाइराख्न धनकुटाको छथर

एसियाली खेलकुद भलिबलः नेपाल आज इन्डोनेसियाविरुद्ध भिड्दै

काठमाडौँ – जापानमा जारी २० औँ संस्करणको एसियाली खेलकुदमा नेपाली

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै

ललितपुर – नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै छ

मेसिन र औजारको पूजा पछाडि के छ रहस्य ? यस्तो छ विश्वकर्मा पूजाको धार्मिक कथा

काठमाडौँ – नेपालमा हरेक वर्ष असोज १ गते विश्वकर्मा पूजा