बालेनले संसदीय मर्यादा भुल्दा रास्वपा चुपचाप, राजावादीदेखि जेन-जी अभियन्तासम्म विरोधमा उत्रिए « Khabarhub

बालेनले संसदीय मर्यादा भुल्दा रास्वपा चुपचाप, राजावादीदेखि जेन-जी अभियन्तासम्म विरोधमा उत्रिए


२९ बैशाख २०८३, मंगलबार  

पढ्न लाग्ने समय : 3 मिनेट


102
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सोमबार आफ्नै सरकारको तर्फबाट संसद्मा आगामी आर्थिक वर्ष २०८३/०८४ नीति तथा कार्यक्रम पेस गर्दा प्रधानमन्त्री बालेन्द्र शाह ‘बालेन’ले संसदीय इतिहासमै नभएको अस्वभाविक व्यवहार देखाए ।

जुन व्यवहारलाई लिएर राष्ट्रिय स्वतन्त्र पार्टीका नेता तथा कार्यकर्ता चुपचाप देखिएका छन् । उता वर्तमान संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थालाई अस्वीकार गर्नेदेखि गणतन्त्रवादीसम्मले विरोध गरेका छन् ।

प्रधानमन्त्री बालेनले संसद्मा देखाएको व्यवहार अमर्यादित र अस्वभाविक भनेर धेरैले टिप्प्णी गरेका छन् । बालेनले देखाएको व्यवहारलाई स्वीकार गर्न नसकिने धेरैको भनाइ छ ।

सोमबार संघीय संसद्को संयुक्त बैठकमा सरकारको तर्फबाट राष्ट्रपति रामचन्द्र पौडेलले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए ।

उक्त कार्यक्रममा प्रधानमन्त्री बालेनले केही अस्वभाविक व्यवहार देखाएको धेरैको टिप्पणी छ । संसद्मा नीति तथा कार्यक्रम प्रस्तुत गर्ने दिनलाई संसदको विशेष दिनको रूपमा लिने गरिन्छ । तर, प्रधानमन्त्री बालेन त्यही दिन संसदमा राष्ट्रिय पोसाकको मापदण्डमा नपर्ने लुगा लगाएर प्रवेश गरे ।

त्यस्तै, राष्ट्रपति पौडेललाई प्रधानमन्त्री बालेनले नीति तथा कार्यक्रमको दस्तावेज उपलब्ध गराउँदा पनि उस्तै व्यवहार देखाए । राष्ट्रपति पौडेल आशनबा उठ्नसमेत नभ्याउँदै उनले उक्त पुस्तिका टेबलमा राखेर हिँडे । उनले त्यतिमात्रै गरेनन्, आफ्नै सरकारको तर्फबाट प्रस्तुत गरिएको नीति तथा कार्यक्रम राष्ट्रपतिले प्रस्तुत गर्दा–गर्दै बैठक छाडेर हिँडिदिए ।

बालेनले प्रधानमन्त्रीको तर्फबाट संसदमा देखाएको व्यवहार नेपालको संसदीय इतिहासमा नौलो र अस्वभाविक भनेर धेरैले टिप्पणी गरेका छन् ।

तर, राजनीतिक सल्लाहकार असिम शाहले भने सोमबार साँझ नै प्रधानमन्त्रीको अस्वभाविक व्यवहारको बचाउ गर्दै प्रधानमन्त्रीको स्वास्थ्यमा असहजता देखिएपछि केही समय विश्राम लिएको भन्दै फेसबुकमा लेखेका थिए । जुन स्टाटस नै अस्वभाविक र झुट भएको भन्दै आलोचना भएपछि उनले तत्कालै हटाए ।

वैचारिक हिसाबले आफूलाई राजतन्त्रको पक्षमा राख्दै आएका राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता तथा कमल थापाले बालेनले राष्ट्रिय पोसाकको उपेक्षा गर्नु परिवर्तन वा क्रान्तिकारिता नभएको बताएका छन् ।

उनले संघीय संसद्मा राष्ट्रपतिबाट सरकारको नीति तथा कार्यक्रम प्रस्तुत भइरहँदा र राष्ट्रपतिको बिदाइका अवसरमा प्रधानमन्त्री अनुपस्थित हुनुलाई स्वभाविक मान्न नसकिने बताएका छन्।

राप्रपा संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले प्रधानमन्त्रीले राष्ट्रपति नै संसद्मा रहेका बेला बाहिरिँदा आफ्नै सरकारले बनाएको नीति तथा कार्यक्रम मन परेन कि भनेर टिप्पणी गरेका छन् ।

आफूलाई राजावादी कित्तामै उभ्याउँदै आएका पूर्वपत्रकार तथा नेता रवीन्द्र मिश्रले समेत बालेनको व्यहारलाई अराजक भनेर टिप्पणी गरेका छन् । उनले भ्रष्टाचारभन्दा अराजकता खतरनाक हुने भन्दै जसको परिणाम गणतन्त्रवादीहरू ट्वाँ परेर हेर्न बाध्य भएको भन्दै कटाक्ष व्यक्त गरेका छन् ।

पत्रकार विजयकुमार पाण्डेले प्रधानमन्त्री बालेनले संसदमा देखाएको व्यवहारका निम्ति राष्ट्रपतिले सचेत गराउनुपर्ने वा आफ्नो पद त्याग गरी पदको लाज जोगाउनुपर्ने टिप्प्णी गरेका छन् ।

सामाजिक सञ्जाल फेसबुकमा लेख्दै उनले ‘बधाई छ, प्रिय बालेन शाह–घण्टी पार्टी र अरू पार्टीका कायर, लोभी, सिद्धान्तहीन र नामर्दहरूको जत्थालाई एकैपटक ऐना देखाइदिएकोमा बधाई छ’ भनेर कटाक्ष गरेका छन् ।

कान्तिपुरका पूर्वपत्रकार नारायण वाग्लेले त बालेनको व्यवहारलाई लिएर ‘मैमत्त प्रधानमन्त्री’ शीर्षकमा सेतोपाटीमा लामो आलेख नै लेखेका छन् । उनले लेखमार्फत् संसद् के बालेन शाहको तमासा प्रदर्शन गर्ने थलो हो भन्दै प्रश्न गरेका छन्। वाग्लेले बालेनको शैली सनकमा आधारित हो भने उनी लोकतन्त्रका लागि खतरा भएको टिप्पणी पनि गरेका छन् ।

जेन–जी अभियन्ता तनुजा पाण्डेले बालेनलाई अब लफंगा शैलीमा हिँड्ने छुट नभएको भन्दै आफ्नो विचार अभिव्यक्त गरेकी छन् । उनले सामाजिक सञ्जालमार्फत बालेनलाई जनमतको अलिकति भए पनि सम्मान गर्न सिक्न, राज्यव्यवस्था रवाफले नभएर विधि मर्यादाले चल्ने बताएकी छन् ।

सोसियल इन्फुल्यन्सर दिल निशानी मगरले प्रधानमन्त्री बालेन्द्रप्रति कटाक्ष व्यक्त गर्दै सुधार केन्द्रमा बस्नेहरू सिंहदरबारमा बसेको भनेर टिप्पणी गरेका छन् ।

संसदको प्रतिपक्षमा रहेका कांग्रेस, एमाले र नेकपा लगायत सबै दलका धेरै नेता तथा कार्यकर्ताले पनि प्रधानमन्त्री बालेनले सोमबार संसद्मा प्रदर्शन गरेको व्यवहारको विरोध गरेका छन् । मंगलबार पनि सांसदहरूले विरोध गरिरहेका छन् । कांग्रेस सचेतक बासना थापाले बालेनको जवाफ मागेकी छन्।

प्रकाशित मिति : २९ बैशाख २०८३, मंगलबार  १ : ५४ बजे

मोरक्कोसँग भिड्दै ब्राजिल : समर्थकको मन जित्न सफल होलान् त भिनिसियस ?

काठमाडौं – पाँच पटकको विश्व विजेता ब्राजिलले फिफा विश्वकप २०२६

सुर्खेतको हिरासतमा अचेत भेटिएका २१ वर्षीय युवकको मृत्यु

कर्णाली – जिल्ला प्रहरी कार्यालय सुर्खेतको हिरासतमा रहेका एक थुनुवाको

बङ्गलादेशमा मे महिनामा यातायातसम्बन्धी दुर्घटनाबाट ६७१ जनाको मृत्यु

ढाका – गत मे महिनामा बङ्गलादेशमा सडक, रेल र जलमार्ग

यस वर्ष कामपाका १२८ स्थान डुबानको जोखिममा

काठमाडौं – यस वर्षको मनसुनमा काठमाडौँ महानगरपालिले १२८ ठाउँमा डुबानको

दुर्गम जिल्लामा कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिकको म्याद असार ७ सम्म थप

काठमाडौं । नेपाली कांग्रेसले पार्टीको १५औं महाधिवेशनलाई लक्षित गर्दै क्रियाशील