रवि ओडले हालेको डिभोर्सको मुद्दाको फैसला- दाबी पुगेन « Khabarhub

रवि ओडले हालेको डिभोर्सको मुद्दाको फैसला- दाबी पुगेन


२९ बैशाख २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


207
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – गायक रवि ओडले दर्ता गरेको डिभोर्सको मुद्दामा कञ्चनपुर जिल्ला अदालतले दाबी नपुग्ने फैसला सुनाएको छ ।

गायक ओडले श्रीमती खिमाकुमारी बिकलाई विपक्षी बनाएर दर्ता गरेको मुद्दामा अदातले उक्त फैसला वैशाख २१ मा सुनाएको हो ।

न्यायाधील सूर्यप्रसाद भण्डारीको इजलासले फैलास गरेको हो । फैसलाको पूर्णपाठ आइपुग्ने अझै केही साता लाग्ने अदालतका राजेन्द्रबहादुर चन्दले खबरहबलाई बताए ।

गायक ओडले ०८१ सालमा श्रीमतिविरुद्ध डिभोर्सको मुद्दा दर्ता गरेका थिए ।

०८० चैतमा मा रविकी श्रीमतीले उनीविरुद्ध वैवाहिक बलात्कार उजुरी दिएकी थिइन् । यस मुद्दामा ०८१ असारमा सफाइ पाएका थिए ।

सोहीकारण ओडले श्रीमतीसँग डिभोर्स गर्ने मनसायले ०८१ फागुनमा अदालतमा मुद्दा दायर गरेको पाइएको छ ।

ओड नेपाल आइडल सिजन २ का विजेता हुन् ।

प्रकाशित मिति : २९ बैशाख २०८३, मंगलबार  ३ : १६ बजे

इरानी आक्रमणमा कुवेत विमानस्थलमा एकको मृत्यु, ६३ घाइते

कुवेत सिटी – इरानले कुवेतको अन्तर्राष्ट्रिय विमानस्थलमा गरेको आक्रमणमा एक

गर्मी छल्न बर्दिबासका विद्यालय बन्द

महोत्तरी – पछिल्ला पाँच दिनयता अचाक्ली बढेको गर्मी छल्न महोत्तरीको

पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो

काभ्रेपलाञ्चोक – वर्षौंदेखि दुई जिल्ला काभ्रेपलाञ्चोक र भक्तपुरको सीमास्थलमा अवस्थित

फिर्के खोला वरपरका १६० संरचना हटायो

कास्की – पोखरा महानगरपालिकाले बजारको मध्य भाग भएर बग्ने फिर्के

वर्षा घटेसँगै देशभर तापक्रम ह्वात्तै बढ्यो, भैरहवामा ४१ डिग्री

काठमाडौ – नेपालमा वर्षा घटेसँगै तापक्रममा ह्वात्तै वृद्धि भएको छ